नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि ठुला पार्टीमाथि शासन गर्न खोजेपछि सत्ता च्युत गरेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
‘उहाँले म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिनुभयो,’ महासचिव पोखरेलले भने,‘ठुला दल माथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेका हौँ।’ उनले कांग्रेस एमाले मिल्नु भनेको शासन गर्नको लागि मात्र नभई देशलाई सङ्कटबाट माथि उठाउनु रहेको बताए। उनले भने, ‘अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निशालाई चिर्नको लागि हामी मिलेका हौँ ।’