सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने निर्णय गरेको छ।
फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। साथै, सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने निर्णयसमेत गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सरकारका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गरिएको छ।
यस्ता छन् सरकारका निर्णयहरु:
१. भारतको जयपुरमा फागुन १९-२१ गते आयोजना हुने "High-Level 12 Regional 3R and Circular Economy Forum in the Asia and the Pacific" कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंहलाई सहभागी हुन स्वीकृति।
२. थाइल्याण्डको बैंककमा फागुन १९-२१ गते आयोजना हुने "Asia and the Pacific Regional Preparatory Meeting for the 2 United Nations Food Systems Summit Stocktaking Moment (UNFSS±4)" कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति।
३. संयुक्त राज्य अमेरिकाको हार्वर्ड युनिभर्सिटी, केम्ब्रिज म्यासाचुसेट्समा वैशाख १४-१७ गते आयोजना हुने "Harvard Ministerial Leadership Forum" कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति।
४. आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भए पनि भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको लागि अर्थ मन्त्रालयलाई व्यवस्था मिलाउन निर्देशन।
५. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट "Bridges Improvement and Maintenance Program" अन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता तथा कार्यक्रम दस्तावेज अन्तिम रूप दिन वार्ता टोली गठन र वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी।
६. खानेपानी तथा सरसफाइ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न भारतमा फागुन १८-२२ गते आयोजना हुने कार्यक्रममा खानेपानी मन्त्रीलाई सहभागी हुन स्वीकृति।
७. २०८० वैशाख १ गतेयता मनसुनजन्य विपद्मा बेपत्ता भएकाहरूको परिवारलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने।
८. झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्ता सम्बन्धी (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत।
९. फागुन २७-२८ मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने "Annual Transforming Transportation Conference" मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति।
१०. फागुन २१-२३ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने "World Sustainable Development Summit (WSDS)" मा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई सहभागी हुन स्वीकृति।
११. मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति।
१२. आदिवासी जनजाति आयोग र चीनको "National Ethnic Affairs Commission (NEAC)" बीच समझदारीपत्रमा हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी।
१३. कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत।