प्रधानमन्त्रीसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिद्वारा शिष्टाचार भेट
१२ फागुन २०८१
•
२ मिनेट पाठ
प्रधानमन्त्रीसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिद्वारा शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले शिष्टाचार भेट गरेको छ ।




प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले युवा आदानप्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्र राष्ट्रका सेनासँको आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताए । उनले यस्ता कार्यक्रमले आपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरुको अझ बढी बुझाइ र कदर सृजना गर्ने भएकाले आपसी सम्बन्धलाई अझ सुमधुर बनाइ सम्पूर्ण संसार एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरु अनुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गरेका थिए ।

कार्यक्रमअन्तर्गत विभिन्न देशका युवाहरुलाई एकत्रित गरेर उनीहरुलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रुपमा रुपान्तरण गर्ने काम गरिन्छ । एनसिसीले युवाहरुमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्त गुणहरु विकास तथा प्रवद्र्धन समेत गर्दै आएको छ ।

उक्त ३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन ९ गते नेपाल आएको हो । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी थिए । 
अर्को समाचार
प्रधानमन्त्रीज्यू, लुतो हैन, ‘भ्रष्टमन्त्री’ फालौँ
०१ साउन २०८२
•
३ मिनेट पाठ
प्रधानमन्त्रीज्यू, लुतो हैन, ‘भ्रष्टमन्त्री’ फालौँ
सांकेतिक तस्बिर
आज साउने सङ्क्रान्ति। नेपाली पात्रोअनुसार असारपछि आउने महिनाको पहिलो दिन शास्त्रीय हिसाबले पनि विशेष रहन्छ। साउन कृषिप्रधान समाजमा विशेष मानिन्छ।




साउने सङ्क्रान्तिमा परम्परागत रूपमा लुतो फाल्ने चलन छ। एक किसिमको धार्मिक प्रतीक जसका शरीरमा लागेको फोहर, रोग, नकारात्मक शक्ति वा मानसिक सङ्कटलाई सशक्त सांस्कृतिक सङ्केत मार्फत टाढा फालिन्छ तर अहिले नेपाली समाजलाइ घाउखटिराभन्दा भ्रष्टाचार, बेथिति र अकर्मण्यको लुतोले बढी सताएको छ।

भ्रष्टाचार र बेथिति नेपाली राजनीतिमा कुनै नौलो रोग होइन तर पछिल्लो समय यो बल्झेको छ। हाम्रो समाज लामो समयदखि लुतोले ग्रसित छ । तर यो शारीरिक लुतो होइन, नैतिक र संस्थागत लुतो हो। बर्सौदेखिको भ्रष्टाचार, पहुँचका आधारमा हुने अवसर वितरण, नीतिगत भ्रष्टाचार, शक्ति–सत्ता केन्द्रित सोच र सेवाग्राही होइन, सत्ताधारी केन्द्रित प्रणालीको जरा गहिरो छ। समाजमा सुधार ल्याउने भनिएका संस्थाहरूमा समेत लुतो लागेको कतिपय बताउँछन्। केन्द्रीय, प्रदेश, स्थानीय सरकार- सबै तहमा ठेक्कापट्टा, कर्मचारी सरुवा, बजेट बाँडफाँटदेखि नीतिनिर्माणसम्म पहुँच र प्रभावकै आधारमा निर्णय हुने अवस्था छ।

भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्रीको मन्त्रीमण्डलमा समेत भ्रष्टाचारको लुतो फैलिएको देखेपछि कतिपयले व्यङ्ग गर्न थालेका छन्। लुतोको एलर्जीले अहिले दुई मन्त्रीलाई सताएको देखिए पनि यो समस्या धेरैमा रहेको सर्वविदित छ। एक मन्त्रीले मङ्गलवार राजिनामा दिइसकेका छन् तर अर्का एक मन्त्री पनि भ्रष्टाचारको आहालमा फसेको सार्वजनिक हुँदै छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ओली सरकारका विवादित मन्त्रीतर्फ सङ्केत गर्दै तिखो व्यङ्ग कसेका छन्। शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ’भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भनेको कुरा स्मरण गराउँदै ’मन्त्रिपरिषद्को बैठकमा उल्टो फर्केर बस्नुभयो कि कसो?’ भनेर भनेका छन्।

’भ्रष्टाचारीको मुख पनि हेर्दैन भन्थे प्रधानमन्त्रीज्यूले,’ शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीज्यू उल्टो फर्केर बस्नुभयो कि क्या हो?’

नेपाली संस्कृति र लोक विश्वासअनुसार साउने सङ्क्रान्तिमा लुतो फाल्नु शुद्धीकरणको प्रक्रिया हो। यसलाई शारीरिक मात्र होइन, मानसिक र सामाजिक अशुद्धीबाट मुक्त हुने प्रतीकका रूपमा बुझिन्छ। यो परम्परा कहिले र किन सुरु भयो भन्नेमा निश्चित प्रमाण नभए पनि यसको उद्देश्य भने प्रस्ट छ, बिगार्ने, रोग फैलाउने कुरालाई शरीरबाट हटाउनु। आजको सन्दर्भमा भने यो परम्परा सांस्कृतिक दृष्टिकोणभन्दा बढी प्रतीकात्मक सन्देश बोकेर आएको छ, सरकार र सत्तामा चरम रूपमा फैलिएको भ्रष्टाचारको लुतो।

नेपाली परम्परामा शुद्धीकरण भनेको बाह्य सरसफाइ मात्र होइन, आत्मालोचनाको प्रक्रिया पनि हो। साउने सङ्क्रान्तिमा लुतो फाल्नु भनेको आफूमा लागेको ‘अशुभ’ हटाउनु हो। आज यो समाजले पनि आत्मालोचना गर्नुपर्छ। हामीले किन यस्ता प्रवृत्तिलाई मौन समर्थन गर्यौ?

साउनको लुतो त एक दिन  फालिन्छ। तर भ्रष्टाचारको लुतो त पुस्तौँ पुस्तासम्म हामीले पालेको, पोसेको अनि कहिलेकाहीँ गर्व पनि गरेको छौँ। त्यो लुतो फाल्न हामी किन तयार छैनौँ? हामीले अब शारीरिकभन्दा मानसिक, व्यक्तिगतभन्दा सामाजिक लुतो फाल्नुपर्ने समय आएको छ। साउने सङ्क्रान्तिमा शरीरको लुतो फालेर हामी स्फूर्ति महसुस गर्छौ। तर हाम्रो चेतना, समाज र राष्ट्र प्रणालीमा रहेको लुतो अझै बल्झिएको छ।

हामीले आज पनि ‘लुतो’को नाममा परम्परागत अनुष्ठान गर्यौ भने त्यो शरीरको छाला मात्र सफा हुन्छ। तर हामीले समाज, राष्ट्र र नेतृत्वमा लागेको लुतो हटाउने हो भने, त्यो सांस्कृतिक चेतना र राजनीतिक शुद्धीकरणको आन्दोलनबाट मात्र सम्भव छ। त्यसैले प्रधानमन्त्रीज्यू, आज साउने सङ्क्रान्तिको दिनबाटै मन्त्रीपरिषदमा रहेका बाँकी लुतोहरू अर्थात् भ्रष्टमन्त्री फ्याक्ने कि?  साउने सङ्क्रान्तिको शुभकामना!
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस