नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेसको राप्ति सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफुले लिने बताएका हुन । नेता डा.कोइरालाले भने, ’ढुक्क भएर संगठन गर्नुस, समयमै सदस्यता नविकरण गराउनुस ।’
सबै तहका कांग्रेस कार्यकर्ताहरु पार्टीको विधान अनुसार अघि बढन निर्देशन समेत दिए । ब्यक्ति बलियो होईन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए ।
निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा आइपुगेका हुन् । उनीे नेपाल रिपब्लिक मिडिया लिमिटेडले सोमबार बिहान आयोजना गर्ने म नागरिक म बनाउँछु नेपाल कार्यक्रममा सहभागी हुनेछन् ।