नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन फागुन १६ देखि १९ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको छ।
महाधिवेशनलाई सफल बनाउन नेपाल क्रान्तिकारी मजदुर संघ जिल्ला समिति भक्तपुरले शनिबार विशेष कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रममा बागमती प्रदेश सांसद तथा पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईंले महाधिवेशन सफल बनाउन सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे।
गोसाईंले देश र जनताको निस्वार्थ सेवा गर्दै समाजवादी आचरणलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकतामा जोड दिए।
उनले विश्वका क्रान्तिकारी आन्दोलनहरूबाट सिक्दै समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नु आजको आवश्यकता भएको बताए।
उनले नेपाल मजदुर किसान पार्टीले ५१ वर्षदेखि समाजवादी विचारधारालाई कायम राख्न सफल भएको उल्लेख गर्दै मजदुर वर्गको सशक्त राजनीतिक सङ्गठनलाई जनताको घरदैलोमा पुर्याउनु कम्युनिष्ट कार्यकर्ताको मुख्य दायित्व भएको बताए।
देशमा शैक्षिक बेरोजगारीको अवस्था भयावह बनेको उल्लेख गर्दै उनले शिक्षित जनशक्ति बिदेसिन बाध्य भइरहेको सुनाए।
‘डाक्टर, इन्जिनियर, नर्स, वकिल, पत्रकार जस्ता बौद्धिक मजदुरहरू बिदेसिनुमा पुँजीवादी सरकारको अदूरदर्शी नीति जिम्मेवार छ,’ उनले भने।
उनले विदेशी दलालहरूको भूमिकाले नेपाली मजदुरहरूको जीवन अन्योलग्रस्त बनेको भन्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।
साथै, उनले साम्राज्यवादी अमेरिकाको युद्धले प्यालेस्टाइन र युक्रेनका जनजीवन तहसनहस भएको भन्दै एमसिसी जस्ता विदेशी लगानी भएका संस्थाहरूले नेपालको सार्वभौमसत्तामाथि खतरा उत्पन्न गरिरहेको बताए।
महाधिवेशन फागुन १६ देखि १९ गतेसम्म भक्तपुरमा हुनेछ। भक्तपुर र काठमाडौंको कोटेश्वर दुई ठाउँबाट उद्घाटन जुलुस निकालिनेछ भने उद्घाटन समारोह भक्तपुरको सल्लाघारी खुला चौरमा हुने जनाइएको छ।