एमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको छ : बस्नेत
०६ फागुन २०८१
•
१ मिनेट पाठ
एमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको छ : बस्नेत
पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता महेश बस्नेतले एमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको टिप्पणी गरेका छन्।




'एमसीसी सम्झौता पछाडि नेपालमा कथित राष्ट्रवादी र राष्ट्र विरोधी एक अर्कामा समर्थक र आलोचक बनेर निकै नै बहस र विवाद गरेर नेपाली समाज विभाजित गरे। आज अमेरिकाले एमसीसी खारेज गरे पछाडि कथित राष्ट्रवादको खोल च्यातिएको छ,' बस्नेतले आफ्नो फेसबूक ह्यान्डलमा लेखेका छन्।

उनले अगाडि भनेका छन्, 'हिजो महाकाली सन्धिलाई राष्ट्रघाती भन्नेहरू भारतले कार्यान्वयन गर्न ढिला गरे पछाडि त्यो सन्धि पनि राष्ट्रघाती होइन रहेछ भन्ने पुष्टि भएको छ। तसर्थ, अनावश्यक बौद्धिक विलासिताका जीवनहरू बिताइरहेका, आफ्नो कमाउधन्दा गरिरहेका, नियन्त्रित अराजकतावादी तत्त्वहरूले देशलाई भड्काउ र द्वन्द्वमा लग्न चाहने तत्त्वहरूले सोसल मिडियामा एमसीसी पक्षधरहरूलाई आलोचना गर्दै खुइल्याउँदै रोइलो गर्दैछन्। त्यसको खासै अर्थ र महत्त्व छैन। ट्रेन हेरेर भाइरल बन्ने रोगबाट ग्रसितहरूको अभियान हो।'

आजै अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गरेर एमसीसी रोकिएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार यसबारे २ फागुन २०८१ मा आधिकारिक इमेल प्राप्त भएको थियो।

नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

एमसीसी परियोजना स्थगित
अर्को समाचार
महेशको चेतावनी: ‘विद्या कमरेड’का नाममा पार्टी कमजोर पार्ने काम बन्द गरौँ
०३ साउन २०८२
•
१ मिनेट पाठ
महेशको चेतावनी: ‘विद्या कमरेड’का नाममा पार्टी कमजोर पार्ने काम बन्द गरौँ
नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीलाई कमजोर पार्ने काम बन्द गर्न चेतावनी दिएका छन्। एमालेको जारी पोलिटब्युरो बैठकमा शनिबार आफ्ना कुरा राख्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्। 




‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ,’ बस्नेतले भने । उनले आफूले बैठकमा राखेको धारणा फेसबुकमार्फत सार्वजनिक पनि गरेका छन्।

‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनुभएको व्यक्ति हो। सक्रिय पार्टी पङतिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत  गल्ती गर्नुहुन्न,’ बस्नेतले भनेका छन्, ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’ 

यस्तै भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ? भनेर प्रश्न पनि गरेका छन्। ‘नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन ? यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्दछ,’ बस्नेतले भनेका छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस