शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन आलटाल
०६ फागुन २०८१
•
८ मिनेट पाठ
शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन आलटाल
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना सरकारका नाममा ल्याउन आलटाल गरिएको छ। नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन र भूमि व्यवस्थापन विभागको पत्र नुवाकोट मालपोत कार्यालयमा पुगेको करिब एक महिना हुँदासम्म जग्गा सरकारका नाममा ल्याइएको छैन। 




भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत केही कर्मचारीका कारण शेरा दरबार क्षेत्रको जग्गा सरकारका नाममा ल्याउन ढिलाइ भएको हो। माघ १० गते भूमि व्यवस्थापन तथा अभिलेखन विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनले दिएको निष्कर्ष, भूमि व्यवस्था मन्त्रालयले गरेको अनुसन्धानको निष्कर्ष र मन्त्रालयका निर्णयहरूसहितको पत्र नुवाकोट मालपोत पठाए पनि त्यहाँका प्रमुखले प्रक्रिया अघि बढाएका छैनन्। ‘मन्त्रालयले आवश्यक कागजात नुवाकोट मालपोत कार्यालयमा पठाएको छ । त्यहीँबाट जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु हुन्छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो। 

तर एक महिना बित्दा पनि जग्गा फिर्ता प्रक्रिया सुरु भएको छैन। भूमि व्यवस्था मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेका अनुसार अहिलेसम्म मालपोत कार्यालयले शेरा दरबारले चर्चेको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया अघि बढाएको जानकारी मन्त्रालयलाई छैन। ‘मन्त्रालयको भूमि व्यवस्थापन महाशाखामार्फत अनुसन्धान प्रतिवेदनको निष्कर्ष नुवाकोट मालपोत कार्यालयमा पठाइएको छ। त्यहाँ के भइरहेको छ भन्ने कुनै जानकारी छैन,’ वाग्लेले भने। निजी कम्पनीका नाममा गएको शेरा दरबार क्षेत्रले चर्चेको जग्गा सरकारका नाममा ल्याउन मन्त्रालयले प्रक्रिया थाल्ने क्रममा नुवाकोट मालपोत कार्यालयमा माघ १० मा अनुसन्धान प्रतिवेदन पठाइएको हो। सुरु नापीमै कैफियत औंल्याइएपछि मन्त्रालयको टोली नुवाकोट पुगेर स्थलगत निरीक्षण गरी फर्केपछि अनुसन्धान प्रतिवेदन पठाइएको थियो। 

माघको पहिलो सातातिरै भूमि व्यवस्थाले शेरा दरबार क्षेत्रले चर्चेको जग्गाको थप प्रमाण र विवरण लिन मन्त्रालयको तीन सदस्यीय टोली नुवाकोट पुगेको थियो। सिआइबीले सुरु नापीमै कैफियत औंल्याउँदै शेरा दरबारको जग्ग सरकारका नाममा ल्याउन सिफारिस गरेपछि मन्त्रालयले थप अध्ययनका लागि मालपोत कार्यालय नुवाकोटबाट कागजपत्र लिएको थियो। तर त्यहाँका मालपोत अधिकृतले आफू असुरक्षित रहेको भन्दै जग्गा फिर्ता ल्याउने निर्णय गर्न असमर्थ रहेको जनाएका थिए। आफूलाई विभिन्न माध्यमबाट धम्की आएको भन्दै निर्णय गर्न असमर्थ रहेको जनाएपछि मन्त्रालयले मालपोत अधिकृतको सरुवा गरिसकेको छ। 

‘भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले शेरा दरबार क्षेत्रले चर्चेको जग्गा राष्ट्रियकरण गर्ने प्रक्रिया अघि बढाइरहेको छ। त्यसका लागि मन्त्रालयले अन्तिम तयारी गरिरहेको छ। त्यसक्रममा अन्नपूर्ण फर्मिङलाई जग्गा धनीको प्रमाण पेस गर्न दिने समयसीमा दिने तयारी भइरहेको छ। यसका लागि मालपोत कार्यालय नुवाकोटले प्रक्रिया सुरु गर्नेछ,’ मन्त्रालय स्रोतले भन्यो। स्रोतका अनुसार मालपोत कार्यालय नुवाकोटले अहिलेसम्म म्याद जारी गरेको छैन। 

सिआइबीले जग्गा नापी प्रक्रियामा औंल्याएका कमजोरी र कानुनी पक्ष तथा अनुसन्धान र सिफारिसलाई आधार मानेको छ। फार्मिङका नाममा कुनै पनि काम नभएको र सुरुमा जग्गा हदबन्दीमा जाँदा कम्पनीको नाममा जग्गा नापी गर्ने आधार केही पनि नलिएकाले सुरु नापीमै कैफियत रहेको सिआइबीको ठहर थियो। यो विषयमा मन्त्रालयका प्रतिनिधि र सिआइबीले प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई पनि ब्रिफ्रिङ गरिसकेका छन्। ‘सिआइबीको अनुसन्धान प्रतिवेदन मन्त्रालयमा बुझाइसकेका छौं, जग्गा फिर्ता ल्याउने काम मालपोत कार्यालयको हो। यसको प्रक्रिया उतैबाट हुन्छ,’ सिआइबीका प्रमुख एआइजी दीपक थापाले भने।

मालपोत कार्यालयको स्रेस्तामा केरमेट गरी गौरीशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाइएको विषयमा पनि सिआइबीले थप अनुसन्धान गरिरहेको छ। ‘पछिल्लो पटक जो सेयरधनीका रूपमा देखा परे, ती व्यक्तिले पनि हबन्दीको जग्गा हो भन्ने राम्रो जानकारी पाएका छन्। मालपोत कार्यालयमै हदबन्दीको सूचना टाँस गरिएको छ,’ सिआइबीका प्रमुख एआइजी थापाले भने। उनका अनुसार विकेश श्रेष्ठ र उनको परिवारले पनि कृषि फार्म सञ्चालन गर्छु भनेको पाइएको तर सोअनुरूप भोगचलन नगरेको पाइएको छ। मन्त्रालयले पनि यही विषयमा थप अनुसन्धान गर्न सिआइबीलाई आग्रह गरिसकेको छ। विकेश श्रेष्ठ तिनै व्यक्ति हुन् जो नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य र अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिवलाय सदस्य थिए। उनले हदबन्दीमा रहेको जग्गामा लगानी गरेका थिए।

यसअघि भूमि व्यवस्थामन्त्री आफैं शेरा दरबार क्षेत्रको अवकोलनका लागि नुवाकोट पुगेका थिए। ‘मन्त्री आफैं पनि आउनुभएको थियो नुवाकोट मालपोत कार्यालयको निरीक्षण भ्रमणमा आएको बहानमा उहाँले शेरा दरबार र त्यसले चर्चेको जग्गाका बारेमा चासो राख्नुभएको थियो,’ नुवाकोट मालपोत कार्यालयका एक कर्मचारीले बताए। कात्तिक ४ गते मन्त्री बलराम अधिकारी शेरा दरबार घुमेका थिए। हेलन शाहले नेपाली सेना बस्न बनाएको क्वार्टरमा पुगेर ब्रिफिङ सुनेका थिए। ‘मन्त्री बलराम अधिकारी आएर यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो,’ मालपोत कार्यालय नुवाकोटका ती अधिकारीले भने। मन्त्री अधिकारी फर्केपछि नै सिआइबीले अनुसन्धानलाई द्रुत गतिमा टुंग्याएको थियो। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबिच आवश्यक समन्वय गरेर अघि बढ्ने निर्णय भइसकेको अवस्थामा पनि सो जग्गा सरकारका नाममा ल्याउन भइरहेको ढिलाइबारे भूमि मन्त्रालय मौन छ। 

मन्त्रालयका सचिव अर्जुन पोखरेल, जग्गा प्रशासन महाशाखा प्रमुख श्रवण पोखरेल, भूमि व्यवस्था तथा अभिलेख विभागका प्रमुख शिवप्रकाश रेग्मीबीच आवश्यक परामर्श भएर नै नुवाकोट मालपोत कार्यालयमा अनुसन्धान प्रतिवेदनको निष्कर्ष मन्त्रालयको पत्र पठाइएको थियो। त्यसक्रममा मन्त्रालयका अधिकारीहरूले महान्यायाधिवक्ता रमेश बडालसँग पनि परामर्श गरेका थिए। साथै मन्त्रालयका कानुनविद्ले पनि आफ्नो राय प्रस्तुत गरिसकेका छन्। त्यसमा सिआइबीले अनुसन्धान सिध्याएर पेस गरेका विषयहरूमाथि छलफल गरी कानुनी आधारमा टेकेर सरकारीकरण गर्ने प्रक्रियामा मन्त्रालय अघि बढिसकेको बताइएको थियो। ‘प्रक्रिया अघि बढाएको एक महिना पुग्न लागिसक्यो नुवाकोट मालपोत कार्यालयमा फाइल थन्किएर बसेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने। 

सिआइबीले खासगरी जग्गा सरकारी गर्नुपर्नेमा सुरुमा सरकारकै नाममा रहेको जग्गा पछि हेलेन र जयन्ती शाहका नाममा लैजानु र उनीहरूले पनि हदबन्दीभन्दा बढीको जग्गा कम्पनीको नाप्न तत्कालीन मालपोत कार्यालयको कुनै पनि स्वीकृति नलिनुले पनि कैफियत रहेको निष्कर्ष निकालेको छ। हेलेन शाह र जयन्तीको नाममा सबै जग्गा नहुनु, हदबन्दीको नाममा जग्गा राखेर हडप्नु, सुरुमै हदबन्दीभन्दा बढीको जग्गा कम्पनीले नाप्ने अनुमति नलिनु, कम्पनीको नाममा जग्गा राखेर आफू बाहिरिनु, लामो समय जग्गा प्रयोजनविपरीत रहनु, फार्मिङका नाममा सेयर कारोबार शंकास्पद हुनु, हदबन्दीको नियमन गरी पाऊँ भनेर भर्खरै मात्र निवेदन दिनु, सुरुमा जग्गा खरिद नहुनु, कम्पनीको नाममा जग्गा हुनु तर सेयर कारोबार मात्रै हुनुजस्ता विषयलाई आधारका रूपमा प्रस्तुत गरिएको छ।

‘सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३ –०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ,’ सिआइबीले दिएको रिपोर्टमा उल्लेख छ, ‘जग्गा भूमिसुधार ऐनपश्चात् हदबन्दीको कारण शेरा दरबार र शेरा दरबारले चर्चेको जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिका नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङका नाममा नापी गराइनु नै दूषित हो।’

सुरुमै सरकारका नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र सिआइबीले प्रश्न उठाएर सो जग्गा सरकारका नाममा ल्याउन लागिएको छ। शेरा दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि फार्मिङको सञ्चालक र सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। गौरीशंकर फार्मिङ नामको संस्था मिति २०२७ फागुन २८ स्थापित भएकोमा सो संस्था मिति २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ। २०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहका नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिएको छ। 

‘यहीँनेर कमजोरी देखिएको छ,’ सिआइबी स्रोतले भन्यो। २०५२ मा हेलेन शाह र जयन्ती शाहका नाममा रहेका सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ र सोहिनी श्रेष्ठ चार जनाका नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ गते सेयर दाखिला खारेजको निणर्यले विकेश श्रेष्ठ सेयर कित्ता संख्या पाँच लाख ६७ हजार पाँच सयको मूल्य पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा अर्को सेयर रहेको छ। सेयर कित्ता संख्या चार लाख ६० हजार चार सय १० को मूल्य चार करोड ६० लाख ४१ हजारमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट विदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठको सेयर कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकको कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाखसमेत गरी चार जनाका नाममा ११ करोड १७ लाख ९१ हजार रूपैयाँमा सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठको छोरो मनोबल श्रेष्ठ सेयर कित्ता संख्या ९० हजारको मूल्य ९० लाख रूपैयाँमा नयाँ सेयर धनी ल्याइएको थियो। 

हाल सेयरधनी तीन जना मात्रै छन्। यसको सेयर कारोबारमा पनि शंकास्पद रहेको सिआइबीको ठहर छ। सरकारले पुरातात्विक महत्वको जग्गा र दरबारको विषयमा खोजतलास गर्दा नै शेरा दरबारको जग्गा कम्पनी र व्यक्तिका नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो सिआइबीले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गसिसकेको छ। सिआइबीका प्रमुख एआइजी थापाका अनुसार मालपोत अधिकृत, भूमिसुधार विभाग र तत्कालीन समयमा मन्त्रालयमा कार्यरत कर्मचारीको संलग्नताबारे थप अनुसन्धान गर्न अख्तियारलाई पनि पत्राचार गरिएको हो।
अर्को समाचार
शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन सिफारिस
१२ पौष २०८१
•
३ मिनेट पाठ
शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन सिफारिस
नुवाकोटस्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा सरकारको नाममा हुनुपर्ने निष्कर्ष निकालिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सो निष्कर्ष निकाल्दै सरकारको नाममा ल्याउन सिफारिस गरेको हो ।




सिआइबीका प्रमुख एआइजी दीपक थापाले अनुसन्धानको क्रममा देखिएका तथ्यहरू स्थापित गर्दै सरकारको नाममा ल्याउन सिफारिस गरेको हुन् । अनुसन्धानले १६३ रोपनी जग्गा सरकारको नाममा आउनुपर्ने देखिन्छ, सबै तथ्य र प्रमाणले यही पृथ्वीनारायण शाहको शीतकालीन दरबारको चर्चामा रहेको नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा हुनुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

त्यसका लागि थप अनुसन्धान गर्न र कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्रचार गरेको पनि एआइजी थापाले जानकारी दिए । ‘थप कारबाहीका लागि अख्तियारलाई समेत अनुरोध गरेका छौँ’, थापाले भने ।  

सिआइबीले नेकपा (माओवादी केन्द्र) का नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो । 'सिआइबीको अनुसन्धानबाट १६३ रोपनी जग्गा सरकारको हुने ठहर्छ’, सिआइबीका एआइजी थापाले भने । 

निजी कम्पनीमार्फत जग्गा प्लटिङ गरेर बेच्ने प्रकृया सुरु भएपछि सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । ‘प्रहरीको अनुसन्धान प्रतिवेदन र सिफारिस बुझाइसकिएको छ, यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाइएको छ’, सिआइबीका उच्च अधिकारीले भने ।

माओवादीका पूर्व केन्द्रीय सदस्य र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवसमेत रहेका श्रेष्ठले अन्नपूर्ण फार्मिङको नामको सबै शेयर खरिद गरेका थिए । सबै जग्गासमेत गरेर कुल १६४ रोपनी १३ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको ९ आलिकान्लासहित १७५ रोपनी ८ आना २ दाम र आसपासको गरी अर्को ९ रोपनी गरी हाल १८४ रोपनी जग्गा विसं. २०३५ सालमा नापी हुदाँ गौरीशंकर फार्मिङ प्रालीको नामम कायम थियो ।

सोही जग्गाको दर्ता श्रेष्तामा विसं २०४४ साल असार ११ को निर्णयअनुसार सो प्रालिको सट्टामा अन्नपूर्ण फार्मिङ प्राली कायम गरेको भनेर २०४४ असार १८ को मितिमा उल्लेख गरिएको छ । सो अन्नपूर्ण फार्मिङ प्रालिको नाममा कायम भएको ती जग्गाहरू बिदुर नगरपालिका वडा नं. २ स्थित कित्ता ८२ ,८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५,९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालिको नामबाट उक्त प्रालीको खरिद-बिक्री भएर रानीको दरबारको रूपमा रहेको जग्गाहरूको प्रालिसँगै कारोबार भएको पाइएको मालपोत कार्यालयबाट प्राप्त भएका कागाजातमा उल्लेख छ ।

दरबारसहितको फार्मिङ कम्पनीको नाममा बनाइएको जग्गाहरू आवादी ३ कित्ता मात्र रहेको छ भने प्रति (सरकार) जग्गा ५ कित्ता, ३ कित्ता जग्गा पोखरी, १ कित्ता जग्गा केरा र १ कित्तामा बगैँचा रहेको जग्गाधनी श्रेष्ता किताबमा नै उल्लेख छ । प्रति, पोखरी, केरा र बगैँचा भएका जग्गाहरू स्वतः सरकारी जग्गा हुने भएपनि ती जग्गाहरूसमेत फर्मिङ प्रालिको नाममा नापी भएको पाइएपछि राज्यको सम्पत्ति दुरुपयोग भएको भूमिसुधार मन्त्रालयले जनाएको छ ।

त्यसैगरी रानीको दरबारको रूपमा चर्चिएको जग्गाहरु कित्ता ७९, ८० र ८१ ९८१ नं. को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बाइएको छ भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को सयुक्त नाममा करीब २० रोपनी जग्ग्गाहरू बिक्री गरेको पाइएको छ ।

उक्त जग्गाधनीहरूले ८१ नं. को कित्ता टुक्राएर वर्षा बस्नेतको दाइ तादी गाँउपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने बसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते ९ आना जग्गा रू. पाच लाखमा बिक्री गरेको पाइएको छ । ८१ नं. को कित्ताबाट टुक्राएपछि बाँकी ६ रोपनी जग्गाहरू बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को सयुक्त नाममा किता नं. १७५३ बनाएर राखिएको छ 

यो पनि पढ्नुहोस्

शेरा दरबार कब्जामा माओवादीकै संलग्नता
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस