नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद् विघटनको तयारीमा रहेको दाबी गरेका छन्। शनिवार भोजपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले प्रधानमन्त्रीको चाहना मध्यावधि चुनाव रहेको दाबी गर्दै सचेत रहन नेपाली कांग्रेसका नेतालाई आग्रह गरेका हुन्।
‘लोकतान्त्रिक प्रणाली र संसद्जस्ता लोकतान्त्रिक संस्थाहरू ओलीजीलाई मन पर्दैनन् । विगतमा पनि संसद् विघटन गर्नुभएको थियो,’ पुनले भने, ‘त्यसलाई हामीले सडकबाट असफल पारेका थियौँ । उहाँको मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने छ ।’
यसमा सचेत रहन कांग्रेस नेतालाई उनले आग्रह गरे । ‘म कांग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु । उहाँले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, यसमा सचेत रहनुहोला,’ उनले भने।