२३ वर्षीय नेसपा केन्द्रीय सदस्य अमित भन्छन्- युवा पनि उच्च राजनीतिक चेत राख्छन् भन्ने पुष्टि गर्न चाहन्छु
०२ फागुन २०८१
•
३ मिनेट पाठ
२३ वर्षीय नेसपा केन्द्रीय सदस्य अमित भन्छन्- युवा पनि उच्च राजनीतिक चेत राख्छन् भन्ने पुष्टि गर्न चाहन्छु
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले फागुन १ गते ११ सदस्यीय पदाधिकारीसहित ९० केन्द्रीय सदस्य (नौ जना मनोनीत हुन्छन्) निर्वाचनमार्फत चयन गर्‍यो। जहाँ, २३ वर्षीय अमित खनाल पनि समेटिए।




रुपन्देहीको बुटवलमा जन्मिएका अमित अहिले भारतको महाराष्ट्र कोहलपुरमा इन्जिनियरिङ पढिरहेका छन्। उनी नयाँ शक्तिको महाधिवेशनकै लागि काठमाडौं आए।

१८ वर्षको हुँदादेखि विद्यार्थी राजनीतिमा जोडिएका अमितले नयाँ शक्तिको आइटी विभागमा समेत काम गरिसकेका छन्। केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि हामीले उनलाई अबका योजना के छन् भनेर सोध्यौँ। उनले मुख्यत: दुईवटा योजना सुनाए। त्योभन्दा अगाडि उनले युवाहरूले पनि उच्च राजनीतिक चेत राख्दोरहेछन् भन्ने पुष्टि गर्न चाहेको बताए।

पाका नेताहरूले युवाहरू; त्यसमा पनि जे-जी पुस्ता अराजकता मच्चाउने, अध्ययन नगर्ने, अनुभव नभएको सोच्ने गरेको उल्लेख गर्दै उनले भने, 'उहाँहरूले हामीलाई कलिलै सोच्नुहुन्छ। सिद्धान्त थाहा छैन भनेर सोच्नुहुन्छ। तर, युवाहरू पनि अध्ययन गर्छन्। उनीहरूलाई पनि स्टालिन थाहा छ, स्टालिन प्रवृत्ति थाहा छ। अराजक छैनन्। उच्च राजनीतिक चेत राख्छन्। म यही पुष्टि गर्न चाहन्छु।'

यसपछि उनले आफ्ना मुख्य दुई योजना सुनाए। उनको पहिलो योजना छ- युवा तथा विद्यार्थीका समस्या सुन्ने, उनीहरूकै लागि राजनीति गर्ने। यो कसरी हुन्छ ? अमितले बेलिविस्तार गराए, 'इन्टर्‍याक्सन जेन-जी नामको कार्यक्रम बनाउँदै छु। महिना दुईपटक इन्टर्‍याक्सन हुन्छ। त्यहाँ विद्यार्थी तथा युवाहरू सहभागी हुनुहुन्छ र उहाँहरूले समस्या राख्नुहुन्छ। कस्ता समस्याहरू हुन्छन्, ती समस्याहरूको सम्बोधन गर्न प्रयास गर्ने हो। सबै सकिँदैन होला। तर, सक्दो गर्ने।'

उनी थप्छन्, 'युवाको समस्या युवाले नै बुझ्छन्। सबै दलहरूले युवाका लागि राजनीति गर्ने, काम गर्ने भन्छन्। तर, त्यो कागजमा मात्रै देखिन्छन्। अब नेसपाले चाहिँ गर्छ, मचाहिँ गर्छु।'

अमित खनाल।
उनको दोस्रो योजनाचाहिँ पार्टीलाई डिजिटल्ली बलियो बनाउने हो। गठन भएको पाँच महिना नपुग्दै प्रतिनिधि सभामा २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदाहरण दिँदै उनी भन्छन्, 'रास्वपाको कार्यकर्ता छैनन्। कुनै जनवर्गीय सङ्गठनहरू छैनन्। तर, सोसल मिडियाहरूमा उनका मान्छेहरू छन्। एआईको दुनियाँ हो, त्यसमा पार्टीको सहभागिता दह्रो रहन्छ अब।'

भौतिक सङ्गठन मूलभूत कुरा भए पनि डिजिटल रूपमा पनि अब पार्टीहरूले विचार तथा कार्यक्रमहरू समप्रेषण गर्नुपर्ने बुझाइ अमितको छ। र, त्यसमा नयाँ शक्ति कमजोर नहुने उनले बताए।

अध्यक्षलाई सुझाव

अमित पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईलाई सरल भाषामा भाषण गर्न सुझाउँछन्। आफूलगायतका युवा पिँढीले बुझ्ने भए पनि पार्टी तथा बाहिर रहेका अघिल्लो पुस्ताका मान्छेलाई अध्यक्षको भाषण बुझ्न गाह्रो पर्ने उनको ठम्याइ छ।

बाबुराम भट्टराई।
'उहाँले त देश विदेशमा पढ्नुभएको छ। उहाँले जसरी पनि बोल्न सक्नुहुन्छ, जेमा पनि बोल्न सक्नुहुन्छ, भाषण गर्न सक्नुहुन्छ। तर, पार्टीमै रहेका वा बाहिरै रहेका अघिल्लो पुस्ता, जसले पर्याप्त मात्रामा पढ्नुभएको छैन। देश विदेश घुम्नुभएको छैन, उहाँहरूलाई बुझ्न सहज हुँदैन।'

बाँकी बाबुरामको विज्ञता, जोश र अभुनव देखेर उनलाई खुसी लाग्छ। 
अर्को समाचार
बाबुरामको निजी सचिवालयमा २३ वर्षीय केन्द्रीय सदस्य अमित
११ फागुन २०८१
•
१ मिनेट पाठ
बाबुरामको निजी सचिवालयमा २३ वर्षीय केन्द्रीय सदस्य अमित
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी सचिवालयमा २३ वर्षीय अमित खनाललाई नियुक्त गरेका छन्। अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निजी सचिवालयमा प्रेस तथा आइटी विभागमा अमितलाई नियुक्त गरेको जानकारी दिएका हुन‍्।




भट्टराईले अमितलाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आइटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, 'युवा Mechatronics Engineer तथा Digital Creator अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा IT विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुसी छु। नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु।'
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस