नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सबैभन्दा बढी बहस पैदा गर्ने आन्दोलन माओवादी आन्दोलन भएको बताएका छन्।
बिहीबार (आज) खोटाङमा आयोजित '३०औं जनयुद्ध दिवस'को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
'सबैभन्दा बढी बहस पैदा गर्ने आन्दोलन माओवादी जनयुद्ध हो। यो इतिहास हो। यो आन्दोलनले नेपालको रिजिम चेन्ज गरेको हो,' उनले भने।
अगाडि उनले भने, 'नेपालको समाजलाई घच्घच्याउने, अर्थतन्त्रलाई उथलपुथल गर्ने काम पनि जनयुद्धले गरेको हो। ०६२/६३ अगाडि ७ हजार महिलाहरू निजामती सेवामा थिए तर, गणतन्त्रपछि २८ हजारभन्दा बढी निजामती सेवामा छन्।'