छोरी शिक्षाबाट बालविवाह नियन्त्रण सम्भव छः मुख्यमन्त्री सिंह
३० माघ २०८१
•
२ मिनेट पाठ
छोरी शिक्षाबाट बालविवाह नियन्त्रण सम्भव छः मुख्यमन्त्री सिंह
वालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवम् बालबालिकासँग मुख्यमन्त्री सिंह । तस्बिर : सुरेन्द्र यादव/नागरिक
मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका प्रदेशका बहुसंख्यक जनताको छोरीको बिवाह गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे ।




बुधबार जनकपुरधामको मधेस भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका वालविवाहमुक्त नेपालका लागि काम गरिररहेका अभियन्ताहरुसँग मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र प्राप्तिबाटै वालविवाह रोकिने हुँदा बालिका शिक्षित हुँदा धेरै दाइजो दिनुपर्ने र त्यसकारण वालविवाहमा वृद्धि भएको गलत भाष्य स्थापित नगर्न आग्रह गरे ।

उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पुरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्न पछिल्ला समयमा देखापरेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने मुख्यमन्त्री सिंहले सुझाए । उनले सामुदायिक विद्यालयमा बालिकाको संख्यात्मक उपस्थिति उल्लेख्य रहेको तथा उच्चशिक्षा प्राप्त गरी चिकित्सा, इन्जिनियरिङ आदि पेसागत क्षेत्रमा बालिकाहरूले अब्बल प्रदर्शन गरिरहेको स्थिति उत्साहजनक भएको टिप्पणी गरे ।

बाबुआमाको हेरचाहमा छोराभन्दा छोरीले बढी गरिरहेको विषय स्थापित भइसकेको भन्दै शिक्षाका माध्यमबाट छोरीलाई विभिन्न सरकारी लगायतका अवसरमा सहभागिता एवम् प्रतिनिधित्व सुनिश्चित गराउन बालिका शिक्षामा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले उमेर नपुगी र शिक्षा प्राप्ति नसकिँदासम्म छोरीको विवाह नगर्न सचेतना जागरणमा दात्री निनकाय, गैरसरकारी संस्था लगायत सरोकारवालाहरू थप सक्रिय हुनुपर्ने औंल्याए ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षण रहेको भन्दै छोरीलाई शिक्षार्जन गरी प्रतिस्पर्धात्मक बाटोबाट अवसर प्राप्त गर्न प्रदेशमा सहज रहेको चर्चा गरे ।

सो अवसरमा मुख्यमन्त्री सिंहले वालविवाहविरुद्धको प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका छन् । प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले वालविवाह समाप्त गर्ने प्रतिबद्धता उल्लेख छ ।
अर्को समाचार
आवास निर्माणमा घोटाला : १४ करोड गैरकानुनी निकासा, खाता रोक्का
०७ साउन २०८२
•
३ मिनेट पाठ
आवास निर्माणमा घोटाला : १४ करोड गैरकानुनी निकासा, खाता रोक्का
मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय बाराले सञ्चालन गरेको जनता आवास निर्माणका लागि प्राप्त १४ करोड बजेट रकमलाई गैरकानुनी रूपले निकासा गरेको पाइएको छ।




प्रदेश सरकारबाट प्राप्त गरिब, अल्पसंख्यक, विपन्न, असहाय आदिका लागि आएको आवास निर्माणको रकमलाई गैरकानुनी रूपले निलम्बित पूर्वाधार विकास कार्यालय बाराका तत्कालीन निमित्त प्रमुख राजेन्द्र साह र आवास निर्माण उपभोक्ता समितिका अध्यक्षको संयुक्त खातामा १४ करोड रकमलाई पूर्वाधार विकास कार्यालय बाराले निकासा गरेको भेटिएको छ।

गत आर्थिक वर्षमा जिल्लाका जनता आवास, निधि आवास र मदन आवासअन्तर्गत २५० भन्दा बढी आवासको निर्माण कार्य गरिएको पूर्वाधार विकास कार्यालय बाराले जनाएको छ। ती आवासका लागि प्राप्त लगभग १४ करोड बजेट रकम निलम्बित निमित्त कार्यालय प्रमुख साह र विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूको नामबाट राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखामा खोलिएको १४ वटा खाताहरूमा १४ करोड जति निकासा गरिएको छ।

२०८१ साल चैत २४ गतेको मितिमा खाता सिफारिस देखाएर २०८२ असार २२ गते गंजभवानीपुर, वीरगंज र निजगढमा रहेको राष्ट्रिय वाणिज्य बैंकका शाखाहरूमा १४ वटा खाता खोलिएका थिए। वाणिज्य बैंकको वीरगंज शाखामा रहेको श्री दुर्गा माइ मदन आवास समितिको खातामा ८० लाख, विपन्न आवास समिति खातामा ७६ लाख, बाबा मदन निर्माण समितिको खातामा ८० लाख ६४ हजार, कृष्ण मदन समितिको खातामा १ करोड ८० हजार, श्री मदन आवास समितिको खातामा १ करोड ४ लाख, मदन आवास निर्माण समितिको खातामा ४८ लाख, निजगढ शाखामा रहेको जय मा मदन आवास समिति खातामा १ करोड ४९ लाख रहेको छ।

त्यसैगरी सघुवाघट्ट मदन आवास समितिको खातामा १ करोड ५३ लाख, त्यस्तै गंजभवानीपुरको वाणिज्य बैंकको शाखामा मदन आवास निर्माण समिति खातामा ८४ लाख, तेलकुवा मदन आवास निर्माण समिति खातामा ८८ लाख ७० हजार, मदन आवास निर्माण समितिको खातामा १ करोड ४५ लाख, श्री महेन्द्र नारायण निधि आवास इटहरको खातामा २ करोड ५५ लाख, जय श्रीराम मदन आवास निर्माण समिति खातामा २ करोड ४९ लाख ९५ हजार, महादेव मदन आवास समितिको खातामा शून्य रहेको छ।

जनता आवास, निधि आवास र मदन आवास निर्माणका लागि प्राप्त लगभग १४ करोड बजेट रकम निलम्बित निमित्त कार्यालय प्रमुख राजेन्द्र साह र समितिका अध्यक्षहरूको संयुक्त नामको खातामा निकासा गरिएको थाहा पाएर त्यस रकमलाई दुरुपयोग हुनबाट बचाउन ती सबै खाताहरू रोक्का गर्न लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए।

आवास निर्माणको बजेट रकमको निकासा गरिएकोबारे छानबिन सुरु गर्न अख्तियारलाई पत्राचार गरिएको उनले बताए। खाता रोक्का गरिएपछि त्यसबाट रकम नझिकिएको पूर्वाधार विकास कार्यालय बाराका प्रमुख रिम्पू यादवले दाबी गरेकी छन्। आवास निर्माणका लागि प्राप्त बजेटलाई भुक्तानी गर्ने पहिलादेखि नै खोलिएको खातामा त्यो रकम निकासा हुन पुगेको उनले बताइन्।

उनले यस्तो भने पनि आवास निर्माणको रकमबाट आफूखुसी कमिसन असुल्नका लागि पूर्वाधार विकास कार्यालय बाराका प्रमुख रिम्पू यादव र लेखापाल मुकेश प्रजापतिले ती खाताहरूमा रकम निकासा गरेको आरोप छ। साहलगायत अन्यलाई वीरगंजको नारायणी अस्पतालको भवन ठेक्का प्रक्रियाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख २१ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए।

निलम्बित निमित्त प्रमुख साहले आफू कार्यालय प्रमुख भएको बेलामा खोलिएको खातामा आवास निर्माणको बजेट रकम पठाएको कार्यमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। खातामा पठाइएको पूरा रकमहरू सुरक्षित रहेको साहले बताए। आफूलाई फसाउन र बदनाम गराउनका लागि अनावश्यक प्रचारबाजी गरिएको साहले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस