सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुईदलीय व्यवस्थाको प्रखर वकालत गरिरहेका छन्। उनले नेपालमा दलको सङ्ख्या घटाउन कम्तीमा पाँच प्रतिशतसम्म थ्रेसहोल्ड पुर्याउनुपर्ने बताइरहेका छन्।
तर, एमालेकै स्थायी कमिटी सदस्य कर्ण थापाले भने त्यो गलत रहेको भन्दै 'काउन्टर' गरेका छन्। दुईदलीय व्यवस्थालाई पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले नै नस्वीकार्ने उनले बताएका छन्।
'जनताको बहुदलीय जनवादले एकदलीय, दुईदलीय वा दलविहीन व्यवस्थालाई स्वीकार्दैन। समाजमा रहेको बहुलतालाई स्वीकार्दै वर्गस्थितिका आधारमा बनेका दलहरूका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता साबित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्दछ,' उनले फेसबूकमा लेखेका छन्।
जबजले जनतालाई नै अन्तिम शक्तिका रूपमा उभ्याएको उनले बताएका छन्। 'जबजको मान्यताका अनुसार जनवादी राज्यसत्ता हुँदै समाजवादको विकासको अन्तिम चरणसम्म पुग्दा पनि यस मान्यतालाई राज्य व्यवस्थामा पालना गरिनेछ। यस राजनीतिक प्रतिबद्धताले जबजलाई नेपाली क्रान्तिको मौलिक र विशिष्ट सिद्धान्त बनाएको हो। जसका कारणले जनताद्वारा व्यापक समर्थन प्राप्त भएको हो,' उनले थप स्पष्टीकरण दिएका छन्।
एमालेको सम्पूर्ण पङ्क्ति जबजको मार्गदर्शनमा चल्नुपर्ने उनले बताएका छन्। 'पाँचौँ राष्टिय महाधिवेशनदेखि दशौँ राष्टिय महाधिवेशनको फैसलालाई आत्मसात गर्नुपर्दछ। कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनु पर्दछ। ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्वीकार्ने कुराको त कल्पना पनि गर्न सकिँदैन। सबै स्पष्ट हौँ, जबजको मान्यतालाई कसिलो गरी समातौँ,' उनले भनेका छन्।