सामाजिक सञ्जाल विधेयकको पक्षमा मुकुल मोर्चा: पछिल्लो २४ घण्टामा १४ वटा स्टाटस
२७ माघ २०८१
•
४ मिनेट पाठ
सामाजिक सञ्जाल विधेयकको पक्षमा मुकुल मोर्चा: पछिल्लो २४ घण्टामा १४ वटा स्टाटस
पूरापुरी दुई वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको भूमिकामा रहेका डा. मुकुल ढकाल गत असार २५ गतेयता फुर्सदमा छन्। २०७९ असार ७ गते गठन भएको रास्वपा महामन्त्रीका रूपमा उनी २०८१ असार २५ गतेसम्म रहे, असार २५ गते उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो। त्यसयता उनी सार्वजनिक रूपमा त्यति मुखर छैनन्। जे होस्, उनको व्यस्तता छैन।




तर, पछिल्लोपटक सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले भने उनलाई बेफुर्सदिलो बनाइदिएको छ। सडकदेखि सदनसम्म चर्चामा रहेको यो विधेयकबारे ढकालले पनि बोलेको-बोल्यै छन्। शनिबार (हिजो) १ बजेयता उनले यससम्बन्धी मात्रै १४ वटा स्टाटस लेखिसकेका छन्।

उनका स्टाटस हेर्दा ढकाल सामाजिक सञ्जालसम्बन्धी विधेयकको पक्षमा छन्। उनले आफ्ना स्टाटसमार्फत सामाजिक सञ्जालसम्बन्धी विधेयकमा आएका एक/एक प्रावधानहरूको पक्षमा वकालत गरिरहेका छन्। यसबारे विधेयक ल्याउने सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) नेताहरू पनि प्रसन्न छन्। कतिपय उनका स्टाटस त महेश बस्नेतलगायतका नेताहरूले साझेदारीसमेत गरिरहेका छन्।

उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकको पक्षमा शनिबार दिउँसो १ बजेको समयमा पहिलो स्टाटस लेखेका छन्। उनले त्यहाँ यो विधेयकले जनताको बोल्न पाउने अधिकारको कुण्ठित नगर्ने जिकिर गरेका छन्। 'सामाजिक सञ्जालसम्बन्धी विधेयकले कुनै पनि हालतमा नेपाली जनताको बोल्न पाउने स्वतन्त्रतालाई बाँध्न सक्दैन,' उनले भनेका छन्।

यसको कारण उनले यसरी दिएका छन्, 'किनभने यो अधिकार नेपालको संविधानले दिएको अधिकार हो। संविधानसँग बाझिएको कुनै पनि ऐन स्वत: खारेज हुन्छ। त्यसैले अहिले ज-जसले सामाजिक सञ्जालको विरोध गरिरहेका छन्, तिनीहरूले केहीले नबुझेर अनि धेरैले यसको नाजायज फाइदा उठाइराहेकाहरू हुन्।

६ घण्टापछि साँझ ७ बजेतिर उनले दोस्रो स्टाटस लेखेका छन्। केही युट्यूबरहरूको तस्बिर राखेर उनले उनीहरूले भ्रम सिर्जना गरिरहेको बताएका छन्। 'युवा साथीहरूले कुतर्क गरेर सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति अफवाह र भ्रम फैलाइरहेका छन्। केवल आफ्नो भ्युजका लागी नाजायज तर्क गरेर समाजमा अनावश्यक प्रोपोगन्डा फैलाइरहेका छन्,' उनले भनेका छन्।

मुकुल ढकालका केही स्टाटस।
यसपछि उनले तेस्रो स्टाटस भने आइतबार (आज) बिहान लेखेका छन्। बिहान ५ बजेतिर उनले 'सरकारको स्वतन्त्रतानीति-एक सामाजिक व्यङ्ग्य' भनेर उनले लेखेका छन्, 'गाली गर्न पाउनुपर्छ-सभ्य संवादको झन्झट हटाऊँ, जे मन लाग्यो त्यही बोल्न देऊ। झुटको प्रचार खुल्ला गर-तथ्य किन चाहियो, भाइरल हुन सके पुग्छ। चरित्र हत्या सामान्य बनाऊँ-अरूको बेइज्जत हाम्रो मनोरञ्जन।'

यसपछि उनले आफ्नो चौथो स्टाटस बिहान ६ बजेतिर लेखेको देखिन्छ। त्यसमा उनले टिकटकको तस्बिर राखेर निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको व्यङ्ग्य गरेका छन्। 'प्रचण्ड सरकारले टिकटक बन्द गर्दा भन्यो-सामाजिक सञ्जालमा अराजकता छायो, बन्द गर्नैपर्‍यो, त्यतिबेलाका मन्त्रीको टिप्पणी। त्यतिबेला रास्वपाबाट भन्यौँ-बन्द होइन, नियमन गर। त्यतिबेला रास्वपाले माग गरेजस्तै सरकारले टिकटकलगायतका सामाजिक सञ्जाल बन्द होइन, नियमन गर्ने विधेयक प्रस्ताव गरेको छ। विरोधमा उत्रिएका छन्, प्रचण्ड र क्लबका सदस्यहरू। उफ । यिनीहरूको दोगलापना,' उनले भनेका छन्।

ढकालले स्टाटसको क्रम अहिले पनि जारी राखेका छन्। उनले त्यसको चार घण्टापछि अर्को स्टाटस लेखेका छन्। 'गाली गर्न पाउनुपर्छ' शीर्षक नै राखेर उनले स्टाटस लेखेका छन्। जहाँ, उनले लेखेका छन्, 'सभ्य संवादको झन्झट किन चाहियो ? जे मन लाग्छ, त्यही बोल्न पाइने समाज बनाऊँ। विचार र तर्कको ठाउँ किन राख्ने ? अपशब्द र गालीगलौज नै असली अभिव्यक्ति स्वतन्त्रता हो। कसैको सम्मान गर्ने झन्झटै हटाऊँ, सिधै मुख चलाऊँ। कारण खोज्ने, सत्य जान्ने, सहिष्णु बन्ने, यी सबै पुराना कुरा। नयाँ समाजको नयाँ नियम- जो ठूलो स्वरले गाली गर्छ, त्यही सही।'

यसपछि उनले चार घण्टाअघि एउटा, तीन घण्टाअघि दुईवटा, दुई घण्टाअघि दुईवटा, एक घण्टाअघि एकवटा र पछिल्लो घण्टाभित्र तीनवटा स्टास लेखेका छन्। यो रिपोर्ट तयार पार्दासम्म यसबारे उनले १४ वटा स्टाटस लेखिसकेका छन्। जहाँ उनले खुलेर सामाजिक सञ्जालसम्बन्धी विधेयकको गुणगान गाएका छन्।

उनी संस्थापक महामन्त्री रहेको दल रास्वपाले भने यसको खुलेर विरोध गरेको छ। यसले जनताको बोल्न पाउने अधिकारको खिल्ली उडाएको रास्वपा नेताहरूले बताइरहेका छन्। ठीक यहीबेला आफू रास्वपाकै नेता रहेको दाबी गर्दै आएका ढकालले भने विधेयकको पक्षमा पछिल्लो २४ घण्टामै १४ वटा स्टाटस लेखेका हुन्।
अर्को समाचार
मुकुल ढकाल भन्छन्: गृहमन्त्री र उपसभामुखले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ
१३ जेष्ठ २०८२
•
१ मिनेट पाठ
मुकुल ढकाल भन्छन्: गृहमन्त्री र उपसभामुखले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने बताएका छन्।




मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले लेखेका छन्,'मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगर, दुवैले राजीनामा दिएर उच्चस्तरीय छानबिनका लागी सहयोग गर्नुपर्छ ।'
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस