नेपाल समाजवादी पार्टीले सरकार बिचौलिया र दलालहरूको कब्जामा रहेको आरोप लगाएको छ।
आइतबार (आज) काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकपछि जारी प्रेस वक्तव्यमा नेसपाले यस्तो आरोप लगाएको हो।
'राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार र कमिसनको कारण अर्थतन्त्र सङ्कटग्रस्त छ। जनजीविका कहालीलाग्दो अवस्थामा छ। सरकार बिचौलिया र दलालहरूको कब्जामा छ। सरकार सार्वभौम संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउने, सदनलाई छल्नेजस्ता काम गर्दै लोकतान्त्रिक मूल्य-मान्यताको उपहास गर्दैछ। यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रको स्वाधीनता खतरामा पर्दै गएको देखिन्छ,' वक्तव्यमा उल्लेख गरिएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादीहरू सलबलाएका पनि नेसपाले बताएको छ। 'यसको सशक्त प्रतिवाद गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न हाम्रो पार्टी प्रतिबद्ध छ,' वक्तव्यमा भनिएको छ।
नेसपाले आउँदो चैत १५ गते आफूसम्मिलित समाजवादी मोर्चाले प्रदर्शनको आयोजना गरेको भन्दै त्यसमा प्रतिबद्धता जनाउन अपिलसमेत गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...