दिल्लीमा किन हार्‍यो आप?
२७ माघ २०८१
•
४ मिनेट पाठ
दिल्लीमा किन हार्‍यो आप?
लगातार तीन पटक दिल्लीमा सरकार गठन गर्न सफल आम आदमी पार्टीले दिल्ली विधानसभामा ठुलो हार बेहोरेको छ। दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले समेत दिल्ली विधानसभा आफ्नो सिट बचाउन सकेनन्।




बुधबार सम्पन्न चुनावमा शनिबार अबेरसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले कुल ७० मध्ये ४८ सिटमा विजय हासिल गरेको छ भने आम आदमी पार्टी भने २२ मा खुम्चिएको छ।

केजरीवालले गत वर्ष सेप्टेम्बरमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। दिल्लीको मदिरासम्बन्धी अन्तःशुल्क नीतिमा भ्रष्टाचारको विषयमा ६ महिना जेल सजायबाट केजरीवालले उक्त मुद्दामा जमानत प्राप्त गरेको केही दिनमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

केजरीवाल जेलमा हुँदा विपक्षी दलहरूले उनको राजीनामा मागेका थिए र दिल्ली सरकार जेलबाट चलाइएको भन्दै उनको आलोचना गरेका थिए। तर केजरीवालले यी मागहरूलाई बेवास्ता गरेका थिए।

गत सेप्टेम्बरमा राजीनामा दिने क्रममा उनले भनेका थिए, ‘म इमानदार छु वा छैन भन्ने निर्णय अब जनताले गर्नेछन्। मैले जनताको अदालत जाने निर्णय गरें ।’ तर विधानसभा अर्थात् जनताको अदालतले उनलाई दोषी ठह¥याएको छ। भ्रष्टाचारविरोधी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका केजरीवालले आफू इमानदार रहेको दाबी गर्दै आएका थिए। दिल्ली विधानसभाको नतिजाले केजरीवालको भ्रष्टाचारविरोधी छवि कमजोर भएको पन्जाब विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक आशुतोष कुमार ठान्छन्।

‘भारतमा राजनीतिज्ञहरूमाथि भ्रष्टाचारको आरोप लाग्नु कुनै नयाँ कुरा होइन। जनताले यसलाई त्यति गम्भीरतापूर्वक लिँदैनन्। यो निश्चित रूपमा सत्य हो। १२ वर्षअघि राजनीतिमा प्रवेश गरेका केजरीवालकाे छवि कमजाेर भएकाे छ, उनी भन्छिन्।

अधिकांश विश्लेषकका अनुसार भाजपाले केजरीवालको भ्रष्टाचारविरोधी छविलाई रणनीतिक रूपमा कमजोर बनाएको छ। कुनै पनि विपक्षी दलले आफ्नो विपक्षीमाथि रणनीतिक रूपमा आक्रमण गर्नु स्वाभाविक भएको चर्चा गर्दै वरिष्ठ पत्रकार आदेश रावल भन्छन्, ‘केजरीवालको भ्रष्टाचारविरोधी छवि राख्नु भाजपाको हितमा थिएन।’

रावल थप्छन्, ‘केजरीवालले भनेका थिए कि जनताले उनी इमानदार छन् कि छैनन् भनेर निर्णय गर्नेछन्। अब जनादेश आएको छ। अब केजरीवाललाई आफ्नो भनाइको बचाउ गर्न गाह्रो हुनेछ।

यसैगरी, आम आदमी पार्टी सत्तामा आउनुअघि केजरीवालले सरकारी बंगला नलिने र आफ्नो सानो कारमा मात्र यात्रा गर्ने बताएका थिए तर उनले त्यो प्रतिबद्धता कार्यान्वयन गर्न सकेनन्। कतिपय विश्लेषक केजरीवालले आफैंले निर्माण गर्न खोजेको छविलाई आफैंले कमजोर बनाएको र भारतमा वैकल्पिक राजनीतिक तर्क कमजोर भएको ठान्छन्।

राजनीतिक विश्लेषक योगेन्द्र यादव भारतमा वैकल्पिक राजनीतिको सपना देख्नेको हार भएको बताउँछन्। ‘आम आदमी पार्टीका शीर्ष नेताले हार्नु सामान्य कुरा होइन। सित्तैमा सुविधा मात्र होइन, दिल्लीका जनताले सुशासन, राम्रो सडक र सफासुग्घर दिल्ली चाहेको देखिएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्।

राजनीतिशास्त्रका प्राध्यापक आशुतोषकुमार मध्यम वर्गले केजरीवाललाई साथ नदिएको ठान्छन्। ‘यो वर्गले आफूले दिएको कर अनुदानमा जाने गरेको ठानिसकेका थिए। उनीहरूलाई निःशुल्क बससेवा र बिजुलीपानीमा त्यति रुचि थिएन,’ उनी भन्छन्।

केजरीवालले पानी–बिजुली र अन्य प्रकारका अनुदान जारी राख्ने बताएका थिए। दिल्लीमा धार्मिक र जातीय पहिचानको राजनीति हावी नभएको प्रसंग उद्धृृत गर्दै आशुतोषकुमार थप्छन्, ‘केजरीवालले गरिबका मुद्दाहरूको राजनीति सुरु गरे। तर जब गरिबहरूको विश्वास डगमगाउन थाल्यो, त्यतिवेला पार्टीका लागि कठिन परिस्थिति हुने निश्चित थियो।’

आम आदमी पाटीबाट पंजावबाट लोकसभा सासदसमेत बनेका तर पछि उक्त पार्टी छाडेका धर्मवीर गान्धी केजरीवालले आफ्नो छवि विपरीत काम गरेको ठान्छन्।  

‘दिल्लीमा आम आदमी पार्टीको पराजयबाट केजरीवालले प्रस्तुत गरेको छविको एक प्रतिशत पनि सत्य नभएको देखिएको छ,’ उनी भन्छन्।

गान्धी थप्छन्, ‘केजरीवालले भनेका थिए कि उनी एक सामान्य मानिस हुन् र मुख्यमन्त्री बनेपछि पनि सामान्य मानिस जस्तै रहनेछन्। तर यो झुट साबित भयो। उनले आफ्नो लागि ठुलो बंगला बनाए र महँगो कार किने। केजरीवालले आफू एक लोकतान्त्रिक नेता भएको र स्वराजमा विश्वास गर्ने बताए, यो पनि गलत साबित भयो। आम आदमी पार्टीमा कुनै लोकतन्त्र छैन र पार्टीभित्र उनको आदेश हाबी छ।’

आम आदमी पार्टीका संस्थापकहरू प्रशान्त भूषण, योगेन्द यादव र प्राध्यापक आनन्द कुमारजस्ता व्यक्तिहरू थिए। हाल उनीहरू सबै उक्त पार्टीबाट अलग भइसकेका छन्।

(बिबिसी र अन्य समाचार एजेन्सीमा आधारित)
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१० मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस