परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा अहिले कैलाली जिल्ला भ्रमणमा छिन्। नेपाली कांग्रेसका कार्यक्रमका लागि आरजु केही दिनअघि कैलाली पुगेकी हुन्।
यस क्रममा परराष्ट्र मन्त्री आरजु थारु पहिरनमा देखिएकी छन्। कांग्रेसको थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा कैलारी गाउँपालिकाको हसुलियामा आयोजित प्रथम कैलाली जिल्ला भेलामा पुग्दा उनी थारु महिला पहिरनमा देखिएकी हुन्।
जहाँ उनी प्रमुख अतिथिका रूपमा डाँकिएकी छन्।
आरजु २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लडेकी थिइन्। त्यसअघि २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट उनका पति शेरबहादुर देउवा निर्वाचित भएका थिए।
त्यहाँ आरजु भने पराजित भइन्। त्यसयता सोही क्षेत्रलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन कोसिस गरिरहेकी छन्। २०७९ को प्रतिनिधिसभामा भने उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छन्।
केही समयअघि मात्रै कैलाली–५ मा फेरि आफूले चुनाव लड्न चाहेको बताएकी थिइन्। त्यसयता फेरि उनको कैलाली आउजाउ बढेको छ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार रहेको बताएकी छन्। नेपाल प्रेस युनियनद्वारा शनिवार ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन्।
‘स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ,’ मन्त्री देउवाले भनिन्, ‘त्यसैले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।’ उनले नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरिन्।
वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उनले बताइन्। ‘सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ,’ मन्त्री देउवाले भनिन्।
लोकतन्त्रले अहिले विविध खाले चुनौतीहरूको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताउँदै उनले यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्वपूर्ण भूमिका रहने बताइन्।
फरक मतप्रतिको सम्मान गर्ने आधारभूत मूल्यमान्यताहरुमा पहिलेभन्दा तीव्र रूपमा कमी आइरहेको वर्तमान अवस्थामा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने र पत्रकारिताले नै सत्यको संरक्षण गरी फरक आवाजहरूका लागि मञ्च प्रदान गर्ने उनले बताइन्।
मिसइन्फरमेसन र डिसइन्फरमेसनले अहिले नेपाल तथा अन्यत्र पनि नकारात्मकता फैलाइरहेकाले यस्ता गलत सूचनाको बाढीलाई रोकेर सत्यतथ्य र मर्यादित सूचना सम्प्रेषण गरी असल समाज निर्माणको अगुवाई गर्न समग्र सञ्चारकर्मीहरुलाई मन्त्री देउवाले आग्रह गरिन।
नेपालले जलवायु परिवर्तनका कारण अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थामा यस विषयलाई पनि थिमका रुपमा राखेर मिडिया समिट आयोजना गरेकोमा आयोजकलाई उनले धन्यवाद दिइन।
यसै विषयमा केन्द्रित रहेर नेपाल सरकारले यसै हप्ता सगरमाथा संवादको आयोजना गरेको जानकारी दिँदै नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति दर्शाउन यो सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको पनि मन्त्री देउवाले बताइन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...