नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटाले नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार अछाम पुगेर 'जनयुद्ध हिंसा नै थियो' भन्ने अभिव्यक्ति दिएका थापालाई सरकारले तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्नुपर्ने सापकोटाको भनाइ छ।
'माओवादीका पूर्वनेता रामबहादुर थापा जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्,' उनले शुक्रबार फेसबूकमा लेखेका छन्।
उनले थप लेखेका छन्, 'किनभने उनले भनेको हिंसा उनी आफैँ पत्यक्ष संलग्न भएर गरेका हुन्। हामीले त जनयुद्ध गरेका हौँ। त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो।'