नेविसंघले सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्यायसम्बन्धी संगोष्ठी गरेको छ। २०८१ माघ २४ गते सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्यायसम्बन्धी संगोष्ठी भयो। उक्त कार्यक्रम क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा भएको थियो।
यस संगोष्ठीको आयोजना “जय नेपाल टी-२० अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय क्रिकेट प्रतियोगिता” को सफल समापनपछि गरिएको थियो, जसको मुख्य सन्देश “वान अर्थ वान भ्वाइस: अयाक्ट अन क्लाइमेट चेन्ज” भन्ने थियो।
यस कार्यक्रममा जय नेपाल क्रिकेट प्रतियोगिताको विजयी टिम (मध्यपश्चिम विश्वविद्यालय), सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि, स्थानीय बासिन्दा, ट्रेकरहरू, नेपाल विद्यार्थी संघका सदस्यहरू तथा जलवायु अभियन्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूले “जलवायु न्याय” लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्यायको माग राखे। साथै, क्रिकेट प्रतियोगितामा भएका जम्मा रन संख्याको बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता अनुसार सहभागीहरूले रूख रोपण पनि गरे।