केही वर्षअघि विश्व नोबेल कोरोनाभाइरस(कोभिड–१९)को महामारीले त्राहिमाम् थियो। त्यो बेला पनि प्रधानमन्त्री केपी शर्मा ओली नै थिए। कोभिड–१९ को विषयमा प्रधानमन्त्री ओलीले बोलेका केही कुरा त्यति बेला निकै विवादित र सामाजिक सञ्जालमा ‘ट्रोल’को विषय बनेका थिए।
प्रधानमन्त्री ओलीले त्यो बेला बोलेका विशेष गरी दुई कुरा बढी चर्चामा पुगेका थिए। जसमा एक ‘बेसार पानी खाएर कोरोना ठिक हुन्छ’ र ‘हाँच्युँछाँच्छ्युँ गर्दा कोरोना भाइरस भागिहाल्छ’ भन्ने दोस्रो विषय थियो।
प्रधानमन्त्री ओलीले मंगलबार आफू विवादित बनेको त्यो बेला सम्झिएका छन्। स्वास्थ्य मन्त्रालयले सुरु गरेको किशोरीहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उनले कोभिड–१९ महामारीको बेला सम्झिएका हुन्।
भाषणका क्रममा प्रधानमन्त्री ओलीले उक्त प्रसङ्गलाई आफू मलेरियाबाट जोगिएको र कोभिड–१९ को सङ्क्रमणमा परेको विषयबाट कोट्याउन सुरु गरेका थिए।
‘म पनि मलेरियाबाट धन्न धन्न जोगिया मान्छे हुँ । च्याप्प समात्या भए निचोरी हाल्थ्यो। तर, कसो कसो समाउन पाएन,’ प्रधानमन्त्री ओलीले भने,‘हामी सबै कोभिडबाट जोगिएका मान्छे छौँ नि । पहिलो लटमा त मलाई भेटेन। दोस्रो लटमा त मलाई तीनपल्ट । एकपल्ट निको पार्यो फेरि दोस्रो पल्ट समाउँछ, फेरि अर्कोपल्ट, तीनपल्ट कोभिडले आक्रमण गर्यो।’
कोभिड–१९ बाट जोगिन आफूले धेरै कुस्ती खेल्न नपरेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘तर, मैले त्यस्तो ठुलो कुस्ती खेल्नुपरेन । सानै कुस्तीमा हटिहाल्यो।’
अहिले भने कोभिड–१९ रहलपहल धेरै ठुलो समस्याका रूपमा नरहेको उनले बताए। पहिलेजस्तो चिकित्सक, नर्स र स्वास्थ्यकर्मी आतङ्कित नरहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे।
‘पहिले त ओहो, यस्तो भयावह प्रचार भयो कि मानिसको अस्तित्व नै समाप्त पार्ने रोग आएको हो र धर्तीलाई उजाड पार्ने कोभिड आएको हो भनेर,’ प्रधानमन्त्री ओलीले भने।
आफूले त्यति बेला नेपाली जनताको मनोबल दरो राख्नका लागि ‘धुलो र हिलोसँग खेलेका नेपालीसँग रोग प्रतिरोधात्मक क्षमता बढी रहेको’ भनेको उनले बताए। उनले भने, ‘..यस्ता कति भाइरस आए, कतिले हामीलाई जकड्याए, कति भाइरस हामीले खायौँ, कति पचायौँ कति हाँच्छ्युँ गरेर भगायौँ। त्यसैले यो भाइरसलाई हामी पचाउँछौँ, घरेलु औषधि खाऊँ ।’
अरू औषधि नै नभएकाले त्यति बेला घरेलु औषधि खाऊ भन्नुपरेको प्रधानमन्त्री ओलीले बताए। ‘अरू औषधि नै थिएन त के गर्ने? घरेलु औषधि खाऊ नभनेर के भन्ने ? कतिपय मानिसले उडाए, घरेलु औषधि खाएर हुन्छ ? बेसार खाएर हुन्छ ?,’ उनले प्रश्न गरे। विश्वासले मान्छे बाच्ने बताउँदै उनले अगाडि भने, ‘बेसार गजब एन्टिबायोटिक हो। गजबको प्रतिरोध क्षमता बेसारमा हुन्छ।’
चिकित्सकलाई विश्वास नभएका बेला आफूले जनताको अभिभावक भएको नाताले आत्मविश्वास जगाउने र मनोबल जगाउने काम गर्नुपरेको प्रधानमन्त्री ओलीले दाबी गरे ।