सरकारकाले तोकेको काम शत प्रतिशत गरेको सञ्चार मन्त्रालयको दाबी
१८ माघ २०८१
•
६ मिनेट पाठ
सरकारकाले तोकेको काम शत प्रतिशत गरेको सञ्चार मन्त्रालयको दाबी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शत प्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शत प्रतिशत कार्यसम्पन्न गरिएको बताए।




उनले माघ १७ गतेसम्म भएका कार्यविवरण प्रस्तुत गर्दै दूरसञ्चार सेवाको ‘नेटवर्क कभरेज ग्याप एसेस्मेन्ट’  प्रतिवेदन, डाटा सेन्टरको मापदण्ड तयार भएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएका बताए। जसमा ६७६ हुलाक कार्यालय, छवटा हुलाक निर्देशनालय, एक गोश्वारा हुलाक कार्यालय, ७० जिल्ला हुलाक कार्यालय रहेको र ८० हुलाक काउन्टरसमेत स्थापना भई सञ्चालनमा रहेको त्यस अवसरमा जानकारी दिइयो ।

यस्तै, कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ९जिआइओएस० सञ्चालनका लागि थप सात वटा निकायमा तालिम सञ्चालन गर्ने भनिएकामा १० वटा निकायमा तालिम सञ्चालन गरिएको, २० प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भएको र चालु आर्थिक वर्षमा ३० वटा प्रणाली थप गरी ९३ वटा प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भइसकेको छ ।  

सचिव अर्यालले ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवाको पहुँच शून्य दशमलव ३६ प्रतिशतले विस्तार भएको र यसबाट थप एक लाख ५१ हजार २५ जना लाभान्वित भएको बताए। चालु आवमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा एक दशमलव ७२ प्रतिशत पुगेको छ । यसरी एक दशमलव ७२ प्रतिशत वृद्धि हुँदा थप पाँच लाख १७ हजार ६३ जना लाभान्वित भई हालसम्म १३ लाख ४२ हजार ५३२ जनाले सेवा प्राप्त गरेको सचिव अर्यालले जानकारी दिए।

यस्तै, मोबाइल सेवाको पहुँच विस्तार भई हालसम्म दुई लाख ३७ हजार ४३६ जना लाभान्वित भएको मन्त्रालयले जनाएको छ । चालु आवमा मोबाइल सेवामा थप १६ लाख ६५ हजार ७० को पहुँचमा भई हालसम्म दुई करोड ९९ लाख ५४ हजार ७११ जनाले सेवा प्राप्त गरेका छन् ।

प्राप्त जानकारीअनुसार फोरजी (एलटिई) सेवाको पहुँच विस्तारमा दोस्रो सय दिनभित्र १७ लाख ४९ हजार ३७४ जना लाभान्वित भएका छन्भने पहिलो सय दिनमा समेत गरी हालसम्म दुई करोड ५० लाख ७५ हजार ४१९ जनाले सेवा प्राप्त गरेका छन् । गोरखापत्रका पुराना प्रकाशनको थप ८ वर्षको ‘डिजिटलाइजेसन’को कार्यसम्पन्न भएको छ । यस अवधिमा थप १६ वर्षको डिजिटलाइजेसन कार्यसम्पन्न भई हालसम्म कुल ८४ वर्षको डिजिटल रूपान्तरण गरिएको छ ।

रेडियो नेपालका थप एक हजार वटा पुराना ‘अडियो टेप’को डिजिटल रूपान्तगरण गर्ने भनिएकामा मन्त्रालयले थप एक हजार ४५३ वटा पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । यस अवधिभर दुई हजार ८८६ वटा थप गरी हालसम्म ५४ हजार ३८६ पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । रेडियोको राष्ट्रिय पहुँच थप एक प्रतिशतले वृद्धि भई हालसम्म ९४ प्रतिशतमा पहुँच विस्तार भएको छ भने टेलिभिजन पहुँच ७२ प्रतिशत पुगेको छ । रेडियो नेपालबाट प्रसारण हुने समावेशी कार्यक्रम दनुवार भाषा थप गरी हालसम्म २५ वटा भाषा पुगेको छ ।

गोरखापत्र दैनिकमा बाम्बुले राई भाषा थप गरी समावेशी कार्यक्रम ९नयाँ नेपाल० प्रकाशन गरिएको छ । यस आवमा गोरखापत्र दैनिकमा रानाथारू र बाम्बुले राई भाषा थप गरी ४५ भाषामा समाचार प्रकाशन गरिएको छ । यस्तै, मन्त्रालयले मोबाइल नेटर्वक विस्तारमा समेत जोड दिँदै आएको सचिव अर्यालले बताइन्। जसअन्तर्गत दोस्रो सय दिनभित्र थप शून्य दशमलव ८१ प्रतिशतले मोबाइल सेवा विस्तार भएको छ ।

एफटिटिएच सेवा ७७ वटै जिल्लामा पुगेको छ । फोरजी÷एलटिई सेवा पाँच दशमलव ९९ प्रतिशतले विस्तार भई हालसम्म ८५ दशमलव ९८ प्रतिशत जनसङ्ख्यामा पुगेको, नागरिक एपमा आबद्ध सरकारी सेवा ६४ पुगेको, जिआइओएसएम लागू भएका थप १० वटा सरकारी कार्यालयमा तालिम सञ्चालन गरिएको र हालसम्म ९५ वटा निकायमा तालिम सञ्चालन गरिएको छ ।

यस्तै,  २४ कोरमाथिको थप २७८ किमी अप्टिकल फाइबर विस्तार भई हालसम्म १७ हजार १५० किमी पुगेको छ । दोस्रो सय दिनमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा विस्तार शून्य दशमलव ३६ प्रतिशतले भई हालसम्म ४४ दशमलव ७२ प्रतिशतले विस्तार भएको छ ।  मन्त्रालयले साइबर सुरक्षा सूचकाङ्क ६९ दशमलव ७६ प्रतिशत रहेको जनाएको छ ।  

यस्ता छन् यस अवधिमा भएका काम   

सञ्चार सचिव राधिका अर्यालले पत्रकार सम्मेलनमा यस अवधिमा मन्त्रालयले गरेका नीतिगत र संस्थागत कार्यको विवरण प्रस्तुत गरिन् ।  एनसेलको अनुमति ९२०८१/०५/१५ देखि २०८६/०५/१४० पत्र ५ वर्षका लागि नवीकरण गरिएको, विद्यमान कानुनमा अनुमतिपत्रको बहाल अवधि २५ वर्ष पूरा गरेका सेवा प्रदायकहरूको अनुमतिपत्र नवीकरणका लागि दूरसञ्चार नियमावलीमा संशोधन गरी इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूको अनुमतिपत्र नवीकरण गर्न सुरु गरिएको, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीको बक्यौता असुल गरिएको, वल्र्ड लिङ्कबाट रु एक अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ र पैसा ५४, सुविसु केबलनेटबाट रु १७ करोड ४८ लाख ५१ हजार ६१५ पैसा र भायनेट कम्युनिकेसन लिबाट रु २६ करोड ६८ लाख ७६ हजार ५०९ पैसा ३६ गरी रोयल्टी प्राप्त भएको छ ।

दुई हजार १०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोगबापत नेपाल टेलिकमबाट रु ३५ करोड २६ हजार २२९ र एनसेलबाट रु ३६ करोड १५ लाख १६ हजार ६४६ प्राप्त भएको, टिकटकमा लगाइएको प्रतिबन्ध सर्तसहित फुकुवा गरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम टिकटक प्लेटफर्मलाई सूचीकरण, मेटालगायत अन्य सामाजिक सञ्जाललाई समेत दर्ता गर्ने काम भइरहेको, नेपाल टेलिकमको प्रबन्ध निर्देशक, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष तथा सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरी कार्य विवरणसहित जिम्मेवारी दिइएको, हुलाक सेवा विभागको पुर्नसंरचना कार्यसम्पन्न गरिएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको जनाइएको छ ।

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भई सो ऐनको प्रावधानबमोजिम रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गरी सार्वजनिक सेवा प्रसारण संस्थानमा रूपान्तरण गरिएको, यस संस्थाको अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरू नियुक्त भई सोही अनुरुप काम सुरु भइरहेको छ ।

मुद्रण विभागबाट नेपाल टेलिकमका लागि रिचार्ज कार्डको छपाइ सुरु गरिएको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको, चलचित्रसम्बन्धी ऐन सङ्घीय संसद्मा दर्ता गर्ने स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्मा पेस भएको, सार्वजनिक सेवा प्रसारण नियमावली तथा सुरक्षण मुद्रण नियमावली तर्जुमा भई स्वीकृतिको चरणमा रहेको, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्ययादेश, २०८१ ले सूचना प्रविधि उद्योगको वर्गीकरणमा परेका उद्योगले विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको, विशेष आर्थिक क्षेत्रमा सूचना प्रविधिलगायत सेवामूलक उद्योगहरु सञ्चालन गर्न पाउने नयाँ व्यवस्था गरिएको, काजगरहित सरकारको अवधारणाबमोजिम यस मन्त्रालय र अन्तर्गत निकायहरुमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ९जिआइओएससी० लागू भई हाल सङ्घ, प्रदेश तथा स्थानीय तहका निकायमा समेत लागू हुने क्रममा रहेको, यसका लागि आवश्यक तालिमलगायत कामहरु भइरहेको, विभिन्न सरकारी निकायहरुबाट प्रवाह हुने सेवाहरुलाई एकीकृत रुपमा नागरिक एपमार्फत उपलब्ध गराउन त्यस्ता निकायहरुको प्रणालीहरूलाई नागरिक एपमा आबद्ध गरिएको छ ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरी सरकारी निकायहरुको सूचना प्रविधि प्रणालीमा हुनसक्ने सम्भावित साइबर हमला न्यूनीकरण गर्न संयन्त्र निर्माण गरिएको, सरकारी निकायले प्रयोगमा ल्याएका सूचना प्रविधि प्रणालीको सेक्युरिटी अडिटमार्फत थप सुरक्षित गर्न सुरक्षा प्रावधानका सम्बन्धमा सिफारिस गरिएको छ ।

नेपालमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआइ) को प्रयोग एवं अभ्याससम्बन्धी नीति तर्जुमा भई स्वीकृतिको अन्तिम चरणमा रहेको, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति तथा हुलाक सेवासम्बन्धी पुराना ऐनहरूलाई विस्थापित गरी नयाँ ऐन तुर्जमा गर्ने कार्यहरू भइरहेको त्यस अवसरमा जानकारी दिइयो ।  
अर्को समाचार
मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
०५ कार्तिक २०८१
•
१ मिनेट पाठ
मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन्।उनको आजै दिउँसो सपथ हुने कार्यक्रम छ। पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन्।




उनको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारले पनि पूर्णता पाएको छ। स्वतन्त्र सांसद दिपक मनाङेलाई भौतिक मन्त्रालयबाट वनमा सारेपछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए। 

मनाङेले छाडेको मन्त्रालयमा पौडेल आएपछि सबै मन्त्रालयले मन्त्री पाएको छ। गण्डकीमा ९ मन्त्रालय छन्। 

यसअघि ७ मन्त्रालय रहेको प्रदेशमा राजनीतिकभागबन्डा मिलाउन ७ मन्त्रालयलाई फुटाएर ९ पुर्‍याइएको थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस