नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि डिजिटल सुनुवाइ प्रणाली ‘हेल्लो धनराज’ सुरु गरेका छन्। जनतासँगको प्रत्यक्ष सम्पर्क र समन्वयलाई प्रविधिमैत्री बनाउन गुगलमा यो सुनुवाइ प्रणाली सुरु गरेको गुरुङले जनाएका छन्।
‘मैले जनतासँग प्रत्यक्ष सम्पर्क र समन्वयलाई प्रविधि मैत्री बनाउनका लागि हेल्लो धनराज नामक गुनासो तथा सुझाव फारमको सुरु गरेको हुँ,’ गुरुङले भनेका छन्, ‘मेरो निर्वाचन क्षेत्र र अन्य स्थानका जनतासँग म जनप्रतिनिधि भएकोले जनताप्रति जबाफदेही हुनुपर्छ भनेर यो थालनी गरेको छु।’
जसमा आफ्नो निर्वाचन क्षेत्रभित्रका नागरिकले समस्या, गुनासो वा सुझावहरू भए गुगल प्रणालीमार्फत पठाउन सक्ने गुरुङले उल्लेख गरेका छन्। ‘यहाँ प्राप्त प्रत्येक गुनासोको गम्भीरताका आधारमा प्राथमिकता तोक्दै कुनै पनि भेदभाव नगरी समस्या समाधानका लागि पहल गर्नेछु,’ गुरुङले लेखेका छन्।
गुरुङ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।