फरकफरक लहरमा उभिएका र आपसमा तिक्ततापूर्ण सम्बन्ध रहेका तराई मधेस केन्द्रित आठ राजनीतिक दलका नेताहरूलाई पुनः एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ। २०६२/६३ सालको आन्दोलनपछि गठन र विघटनको गोलचक्करमा परेका उनीहरूलाई एक ठाउँमा ल्याउन केही समययता प्रयास हुँदै आएको छ।
कांग्रेस र एमालेले संविधान संशोधन गर्ने विषय उठाएपछि तराई मधेस केन्द्रित दलका नेताहरू नजिकिन थालेका छन्। ‘नेपाली कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिरहेका छन्। यस्तो अवस्थामा मधेस केन्द्रित दलहरूको अस्तित्व जोगाउन र मधेसका मुद्दा समाप्त हुन नदिन हामी एक ठाउँमा नआई सुखै छैन,’ तराई मधेस केन्द्रित दलका एक नेताले भने।
जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले यस्तो प्रयास गरिरहेका छन्। अहिलेसम्म उनले आठ दलका पहिलो तहका नेतालाई नै एक ठाउँमा ल्याई बैठक गराउन सकेका छैनन्। तर दोस्रो तहका नेताहरूलाई भने उनले दुई/तीन पटक एक ठाउँमा ल्याइसकेका छन्। सोमबार उनले दोस्रो तहका नेताहरूलाई एक ठाउँमा ल्याई छलफलमा सहभागी गराएका थिए।
पहिलो तहका नेताहरू एक ठाउँमा नआएसम्म आठ दलीय मोर्चा बन्न सम्भव छैन। केही समयअघि मात्र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) विभाजित भएको छ। अहिले पनि जसपाका नेपालका अध्यक्ष उपेन्द्र यादव र त्यसबाट विभाजित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईबिच बोलचाल छैन। कुनै कार्यक्रममा जम्काभेट भए पनि यी दुई नेता बोल्दैनन्।
उपेन्द्रको यस्तै तिक्ततापूर्ण सम्बन्ध छ, जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि। २०७९ सालको निर्वाचनपछि उपेन्द्र र सिके टाढिएका हुन्। यी दुई नेताको सम्बन्ध एकदमै खराब छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र लोसपा विभाजित गरी राष्ट्रिय मुक्ति पार्टी गठन गरेका राजेन्द्र महतोबिचको सम्बन्धमा पनि पानी बाराबार छ। यी दुई नेताबिच तत्काल सम्बन्ध सुध्रने सम्भावना पनि देखिँदैन।
त्यसैले पार्टी अध्यक्षहरू उपेन्द्र, महन्थ, अशोक, सिके, राजेन्द्र एक ठाउँमा नआएसम्म एउटै मोर्चा या एउटै पार्टी बन्न सम्भव छैन। यद्यपि सोमबारको बैठकमा आठवटै दलका दोस्रो तहका नेताहरूले हिउँदे अधिवेशनमा मधेस केन्द्रित दलहरूको मुद्दा बलियो बनाउन, संविधान संशोधन भए संघीयता खतरामा पर्न नदिन, ‘थ्रेस होल्ड’को सीमा बढ्न नदिन तराई मधेस केन्द्रित दलहरू जसरी पनि एक ठाउँमा आउनैपर्ने विचार राखे।
उक्त बैठकमा जसपा नेपाल, जसपा, लोसपा, जनमत, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), जनता प्रगतिशील पार्टी (जप्रपा) का दोस्रो तहका नेताहरू सहभागी भएका थिए।
के सबै दलहरूले वार्ता कमिटि गठन गरिसकेका छन्। उक्त बैठकमा वार्ता कमिटीका सदस्यहरू सहभागी भएका थिए। बैठकमा हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, मनीष सुमन, रेणु यादव, गंगाराम चौधरीलगायत नेताहरू सहभागी थिए। बैठकमा सहभागी सुमनका अनुसार मधेस आन्दोलनबाट प्राप्त उपलब्ध गुम्म नदिन तथा संघीयतालाई खतरामा आउन नदिन तराई मधेस केन्द्रित सबै दल एक ठाउँमा आउनैपर्छ भन्ने महसुस बैठकका सहभागी सबैले गरेको बताए। ‘अब आठवटा तराई मधेस केन्द्रित दलहरूको एउटै मोर्चा नबनाई सुखै छैन। त्यो सम्भव पनि छ। त्यसका लागि काम भइरहेको छ,’ उनले भने।
आठ दलीय मोर्चा बनाउन विभिन्न दलका अध्यक्षहरूले आपसमा कुराकानी गरिरहेको उनको भनाइ छ। ‘एकैपटक आठ दलकै अध्यक्ष एक ठाउँमा बसेर वार्ता गर्ने गरी कार्यक्रम तय भएको त छैन तर अध्यक्षज्यूहरूले आपसमा कुराकानी गरिरहेको मैल सुनेको छु,’ उनले भने।
सोमबारको बैठकमा सुमनले २०६५ सालतिर सक्रिय भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुनः सक्रिय बनाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई अन्य मधेस केन्द्रित दलहरूले सकारात्मक रूपमा लिएका सुमनले बताए।
संयुक्त मधेसी मोर्चा गठन हुने सम्भावना पनि कायमै रहेको उनको भनाइ छ। त्यो बेलामा संयुक्त मधेसी मोर्चामा तत्कालीन सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम र तमलोपा सहभागी थिए। २०७२ असोजमा संविधान जारी भए पछि त्यसको करिब ६ महिनासम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट आन्दोलन जारी रह्यो। त्यसपछि आन्दोलन निष्क्रिय रह्यो र त्यो सँगसँगै मोर्चा पनि निष्क्रय रह्यो।
बैठकमा सहभागी भएका तराई मधेस केन्द्रित आठ दलमध्ये जसपा, लोसपा, नाउपा सरकारमै छ भने जसपा नेपाल, जनमतले सरकारलाई समर्थन गर्दै आएका छन्। महतोको मुक्ति पार्टी भर्खरै गठन भएको पार्टी हो भने तमलोपा र जप्रपाको प्रभाव मधेसमा खासै छैन।