गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान
११ माघ २०८१
•
१ मिनेट पाठ
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका छन्। उनले गण्डकी प्रदेश सरकारको सिफारिसमा यहि माघ २१ गतेदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन।




यसअघि गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिउँसो २ बजेदेखि आरम्भ हुनेगरि अधिवेशनको आह्वान गरेको जनाएका छन्। 

गत असोज ८ गते प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि बस्न लागेको प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेश सरकारले १० वटा विधेयक लैजाने तयारी गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही अघि बताएका थिए । उसो त प्रदेश सभामा दुई वटा विधेयक विचाराधीन अवस्थामा छन्। 
अर्को समाचार
आगामी अधिवेशनमा चारवटा विधेयक टेबल गर्ने तयारी
१० फागुन २०७८
•
२ मिनेट पाठ
आगामी अधिवेशनमा चारवटा विधेयक टेबल गर्ने तयारी
आगामी प्रदेश सभा अधिवेशनमा टेबल गर्ने विधेयकहरु बारे जानकारी गराउँदै गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा (बीचमा) । तस्बिरः सन्देश श्रेष्ठ÷नागरिक
गण्डकी प्रदेशसभाको आगामी अधिवेशनमा चारवटा विधेयक पेश हुने भएको छ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केही दिनमा आह्वान हुँदैछ। तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन।  हिउँदे अधिवेशन आह्वान हुनुपर्ने भएपनि सरकारले प्रदेश प्रमुख समक्ष मिति सिफारिस नगरेका कारण अधिवेशनको टुंगो लाग्न नसकेको हो।




आगामी अधिवेशनमा प्रदेश सरकारको तर्फबाट कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले प्रदेश विधेयक टेबल गर्ने तयारी गरेको हो। मन्त्रालयका सचिव धर्मराज कुँईकेलका अनुसार आगामी अधिवेशनमा केही प्रदेश कानून संसोधन सम्बन्धी विधेयक, सूचनाको हक सम्बन्धी विधेयक, खानेपानी सम्बन्धी र सिंचाई सम्बन्धी विधेयक टेबल गर्ने तयारी गरिएको छ।  

मन्त्रालयले सूचनाको हकलाई जतिसक्दो चाँडो सरोकारवालासँग छलफल गरेर मस्यौदालाई पूर्णता दिने तयारी गरिरहेको उनले बताए। उनका अनुसार सूचनाको हक सम्बन्धी विधेयकमा सार्वजनिक निकायसँगै नीजि क्षेत्र सम्बद्ध यातायात, सामुदायिक वन, टोल विकास संस्था, आमा समूह, युवा क्लव, सामुदायिक विद्यालय लगायतका क्षेत्रमा पनि सूचनाको हक माग गर्न सक्ने प्रावधान समेटिएका छन्।

यसबाहेक प्रदेश सभामा आम सञ्चार विधेयक र बालबालिका सम्बन्धी विधेयक विचाराधीन अवस्थामा छन्। दुवै विधेयक दफावार छलफलका लागि विधायन समितिमा छन्। बालबालिका सम्बन्धी विधेयक माथिको दफावार छलफल लगभग सकिएको छ। आगामी अधिवेशनमा यो विधेयक विधायन समितिबाट प्रदेश सभामा फिर्ता पठाउने र लगत्तै पारित गर्ने तयारी भएको छ।

आमसञ्चार विधेयकमाथि भने छलफल हुन सकेको छैन। आमसञ्चार विधेयक विवादित विधेयक हो। यसका केहि प्रावधानमाथि नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार सम्बद्ध संघसंगठनहरुले आपत्ति जनाउँदै विधेयकको मस्यौदा पुर्नलेखन गर्न माग गर्दै आएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश र कास्की जिल्ला समितिले मस्यौदामा समावेश बुँदाप्रति लिखित रुपमै विरोध जनाउँदै ज्ञापन पत्र बुझाइसकेको छ। ज्ञापनपत्रमा विधेयकको मस्यौदा पुर्नलेखन गर्न माग गरिएको छ भने अन्यथा आन्दोलन गर्ने चेतावनी दिइएको छ।

प्रदेश सरकारले भने महासंघको चेतावनीलाई सामान्य रुपमा लिँदै पुर्नलेखनमा आनाकानी गरिरहेको छ। बरु विधायन समितिमै सरोकारवालासँग छलफल गरेर महासंघको माग बमोजिम संशोधन गर्न सकिने कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले बताउँदै आएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमासमेत मन्त्री थापाले विधेयक पुर्नलेखन भन्दा विधायन समितिबाटै समाधान खोज्नुपर्ने बताए । ‘राम्रा कुरा यथावत राखौंला, नराम्रा भए त्यहिं छलफल गरेर संसोधन गरौंला,’उनले भने।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार दीपेन्द्र श्रेष्ठले महासंघको माग विधेयकको मस्यौदा पुर्नलेखन भएको भन्दै सचेत गराए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पनि संसोधन मात्रैले पत्रकारहरुको माग सम्बोधन नहुने भएकाले पुर्नलेखन नै गर्नुपर्ने बताईन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस