नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा रहेका छिद्र (लुप होल)का कारण देखिएको सरकार अस्थिर भएको बताएका छन् । कपिलवस्तु कांग्रेसले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता साउदले यस्तो अस्थिरताको चक्र तोड्नका लागि सबै राजनीतिक दलहरूले गम्भीर भएर समीक्षा गर्न आवश्यक रहेको बताएका हुन् ।
‘संविधानमा नै हामीले सरकार स्थिर रहोस् र सरकार विहीनताको स्थिति नहोस् भन्ने प्रावधानहरू राखेका थियौँ,’ उनले भने, ‘तर, केही लुप होल्सका कारण अस्थिरता नियन्त्रण हुन सकिरहेको छैन । अब यो अस्थिरताको चक्रलाई तोड्नका लागि सबै राजनीतिक दलहरु गम्भीर भएर समीक्षा गर्न जरुरी छ ।’ यसको समाधानको उपाय भनेको संविधान संशोधन रहेको उनले बताए ।
संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा नेता साउद जोड दिए । उनले भने, ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ।’
ठुला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।
‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ । सहमति विपरितका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ,’ उनले भने ।