प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।
कल्प संस्थाद्वारा शुक्रबार (आज) आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ।'
सम्मानित महिला जनप्रतिनिधि प्रधानमन्त्रीसँग।महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार भएको उनले बताए। ती सबै समानता दिने ठाउँमा महिला पुग्नुपर्ने भन्दै उनले थपे, 'हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ। प्राप्त उपलब्धिहरू पर्याप्त नभएका हुन सक्छन्। आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन्। यो उपस्थिति प्रगतिउन्मुख छ। यसलाई बढाएर लानुपर्छ।'
प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे।
कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
भण्डारी भेट्न ओली बिहीबार साँझ उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।
उनीहरूबीच करिब दुई घण्टा लामो छलफल भएको छ। भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको बताइएको छ।
पार्टी सदस्यता त्यागेर दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी पुन: सक्रिय राजनीतिमा फर्किने चर्चा छ। एमालेकै कतिपय नेताहरूले भण्डारी पुन: सक्रिय राजनीतिमा फर्किनुपर्ने बताइरहेका छन्।
यता ओलीले पनि पार्टीको नेतृत्व थप आफैँले गर्ने सङ्केत दिँदै आएका छन्। यद्यपि, एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद छ। कतिपयले ओलीले उक्त प्रावधान सच्याएर पनि अध्यक्ष बन्ने कसरत गरिरहेको बताइरहेका छन्।
त्यसो त यसअघि एक सन्दर्भमा ओलीले पोखरामा अझै बीस वर्ष पार्टीको नेतृत्वमा अरु नआए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए।
यो पृष्ठभूमिमा भएको ओली र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...