काठमाडौं महानगरले आफ्नै ऐनको व्यवस्था विपरीत वडाध्यक्ष र विषयगत समितिका संयोजकलाई पनि चार पाङ्ग्रे सवारी सुविधा दिएको छ। महानगरले ‘काठमाडौं महानगरपालिका जनप्रतिनिधि सेवा सुविधा ऐन २०७९’ मा समेत उल्लेख नभएको सेवा सुविधा दिएको पाइएको छ ।
काठमाडौं महानगरपालिका जनप्रतिनिधि सेवा सुविधा ऐन २०७९ को दफा ६ मा भएको व्यवस्थाउक्त ऐनको दफा ६ (२) मा समितिका संयोजकका लागि आवश्यक सङ्ख्यामा जगेडामा रहेका सवारी चालकसहितको सवारी साधनको व्यवस्था गर्ने उल्लेख छ। तर महानगरले जगेडाको नभई नयाँ गाडी नै खरिद गरिदिएको हो।
एक वर्षअघि विषयगत समितिका चार जना संयोजकलाई महानगरले नयाँ किनेको थियो। यस्तै केही दिन अघि मात्रै थप चार वटा नयाँ गाडी खरिद गरेर विषयगत समितिका संयोजकलाई दिएको स्रोतले बतायो । गाडी पाउनेहरूमा विपद् व्यवस्थापन समितिका प्रेम थापा, पूर्वाधार समितिका राजेशकुमार श्रेष्ठ, सम्पदा तथा पर्यटन समितिका आशामान सङ्गत, राजश्व समितिका नवराज पराजुली रहेका छन्। पछिल्लो समय खरिद गरेका गाडी शिक्षा तथा स्वास्थ्य समिति चिनीकाजी महर्जन, विधायन समितिका मचाकाजी महर्जन, वित्त समितिका ईश्वरमान डंगोल र सहरी व्यवस्थापन समितिका हिरालाल तण्डुकारलाई दिने भनिएको थियो। तर उनीहरूले भने गाडी लिएका छैनन्।
उता वडाध्यक्षहरू र विषयगत समिति संयोजकलाई गाडी वितरण गरेको भन्ने कुरामा सत्यता नभएको वडा १७ का अध्यक्षसमेत रहेका महानगर प्रवक्ता नवीन मानन्धर बताउँछन्। ‘वडा अध्यक्षहरूले आफूलाई आवश्यक परेको बेला गाडी चढ्ने गरेका छन् तर महानगरले दिएको भन्ने कुरा सत्य होइन,’ प्रवक्ता मानन्धर भन्छन्, ‘महानगरसँग भएका गाडी आवश्यक परेको बेला प्रयोग भने गरिरहेका छौँ।’
प्रवक्ता नवीन मानन्धरसमितिका संयोजकहरू वडाध्यक्ष समेत भएकाले कामको चाप हुने र महानगर र वडा कार्यालय आवतजावत गर्न कठिनाइ हुने हुँदा आवश्यकताका आधारमा उक्त सेवा सुविधा उपलब्ध गराइएको उनले बताए।
‘हिजो भाडामा लिएर गाडी चलाउँथ्यौ भने अहिले महानगरसँग थोरै गाडी स्टक छ, रिजर्भमा राखेको गाडी आवश्यकता अनुसार चलाइ हरेका छौँ। ३२ वटै वडामा गाडी दिएका छैनौँ, ५/६ वटा गाडी छुट्टाएका छौँ आवश्यकता अनुसार वडाहरूले प्रयोग गर्छन्’, प्रवक्ता मानन्धरले भने।
उनका अनुसार वातावरण विभागमा जगेडामा रहेका गाडी वडाध्यक्षको आवश्यकता अनुसार प्रयोग भइरहेको छ। ‘चाहियो भन्दा पठाइदिन्छन्। वडाध्यक्षहरूको घरहरू त नजिक नजिकै छ। त्यो भन्दाबाहेक वडाको काममा जाने बेला प्रयोग गछौं’, उनले भने । सेमिनारमा जाने बेला, विदेशी पाहुना भेट्दा ती गाडी प्रयाग हुने गरेको उनले दाबी गरे ।
‘महानगरका गाडी वडाध्यक्ष मात्रै नभई वडा सदस्यले पनि प्रयोग गरिरहेका हुन्छन्। चलाउँछ भनेर आफै चलाउने होइन, कहिले पानी परेको हुन्छ कहिले चिसो हुन्छ। कहिले ढिला हुन्छ। महानगरपालिकासँग भएको स्रोत साधन प्रयोग गर्ने त हो नि’, प्रवक्ता मानन्धरले भने।
काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख विद्यासुन्दर शाक्यकै पालामा वडाध्यक्षहरूलाई गाडी सुविधा दिने निर्णय भएको बताइएको छ। कार्यपालिका बैठकबाट पारित गरी सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य समेतलाई गरी ४० वटा गाडी वितरण गर्ने निर्णय त्यस बेला नै भएको वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए। सोही बेलाको निर्णय अनुसार पछिल्लो समय विषयगत समिति संयोजकलाई गाडी बाडेको उनले बताए। १५ वटा विषयगत संयोजक मध्ये केहीले मात्रै लिएको उनी बताउँछन्।
पूर्व मेयर विद्यासुन्दर शाक्य र वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकार‘हाम्रो १४÷१५ वटा नगर समिति छन् ती समिति सभापतिलाई दिइरहेको छ। तर धेरैले लिइरहेका छैनन्। हामीले लिने भनेर निर्णय गरेका छौँ। लिने मान्छेको अधिकार छ। त्यो कार्यपालिकाले पास गरेको छ’, तण्डुकारले भने, ‘४० वटा गाडी लिने भनेर पास नै भएको हो। ८ वटा गाडी खरिद गरिएका छन्।’
जनप्रतिनिधिले प्रयोग नगरेका सबै नयाँ गाडी विभागीय प्रमुखले चढिरहेका छन्। विभागीय प्रमुखहरूले पुराना गाडी छाडेर नयाँ गाडी चढेका हुन्। केही वडाध्यक्षहरूले गाडी नचढ्ने भनेपछि नयाँ गाडी किन्न रोकिएको छ। आफूलाई पनि गाडी सुविधाको प्रस्ताव आए पनि अस्वीकार गरेको तण्डुकारले बताए। ‘गाडी लिए गाह्रो पनि छ। राख्ने ठाउँ छैन। चालक आफ्नै राख्नुपर्यो। हाम्रो काम पनि हुँदैन गाडी चढ्ने। बिहानदेखि बेलुकासम्म कार्यालय बस्नुपर्छ। बैठकमा मात्रै जानुपर्ने त हो’, तण्डुकारले भने।
सङ्घीय ऐन नाघेर प्रदेश ऐन, प्रदेश मिचेर महानगर ऐन
महानगरले २०७९ मा ‘जनप्रतिनिधि सेवा सुविधा ऐन २०७९’ जारी गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) र बागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १२ बमोजिम गरेको जनाएको छ ।
तर, महानगरको ऐनमा गरिएका व्यवस्था सङ्घीय सरकारको ऐन र प्रदेश सरकारको ऐन विपरीत छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा ऐन बनाउन सक्ने व्यवस्था छ । तर, स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा तोक्ने अधिकार नगर तथा गाउँ सभालाई छैन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ मा भएको व्यवस्थाबागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १२ मा यस्तै सङ्घीय ऐनको व्यवस्था नाघेर ‘पदाधिकारी, सदस्य तथा सभाका सदस्यका लागि कुनै सुविधा निर्धारण गर्नु पर्दा प्रदेशको ऐनले तोकिदिएका सुविधालाई अधिकतम सीमा मानेर सम्बन्धित सभाले आफ्नो अधिकार क्षेत्र भित्रको आर्थिक स्रोत तथा क्षमता समेतका आधारमा निर्धारण गर्न सक्ने’ भन्ने खुकुलो व्यवस्था गरिदिएको छ ।
उक्त ऐनमा महानगरका वडाध्यक्षको हकमा यातायात खर्चमा सवारी साधनको व्यवस्था गरेको छैन । तर, सवारी साधन नभए मासिक ५ हजार ५ सय नगद, २० लिटर डिजल-पेट्रोल र तीन महिनामा एक पटक एक लिटर मोबिलको सुविधा दिएको छ ।
बागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार महानगरका जनप्रतिनिधिले प्राप्त गर्ने सुविधातर महानगरको ऐनमा भने ‘समितिका संयोजक’ भनेर महानगरपालिकाले आवश्यक सङ्ख्यामा जगेडामा रहेका सवारी चालक सहितको सवारी साधनको व्यवस्था गर्ने भनेको छ । तर, सङ्घ र प्रदेशका सम्बन्धित ऐनले भने ‘समिति संयोजक’लाई चिन्दैन ।
मेयर र प्रमुख प्रशासकीय अधिकृत विवादले संविधानले व्यवस्था गरेअनुसार असार १० गते आउन नसकेको काठमाडौं महानगरको बजेट असार २९ गते ल्याइने भएको छ। सात महिनापछि शुक्रबार बसेको कार्यपालिका बैठकले बजेट २९ गते ल्याउने मिति तय गरेको हो।
सात महिनापछि कार्यपालिका बैठक बसे पनि लामो छलफल भने भएन। महानगरका मेयर बालेन्द्र (बालेन) साहले बजेटको मिति सुनाएर १ मिनेट नपुग्दै बैठक टुंग्याए र जुरुक्क उठेर हिँडे। बजेटको मिति तोक्नुअघि उनले उपप्रमुख सुनिता डंगोललाई सम्बोधन गरे अनि एकमुष्ट ‘कर्मचारी ज्यूहरू’ भन्दै छोटो सम्बोधन गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भने सम्बोधन गरेनन्।
‘२४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ। नगर सभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगर सभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु,’ मेयर बालेनले अगाडि भनेका थिए, ‘अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु ।’
कार्यपालिका बैठक बस्नुअघि राजश्व परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको थियो। जसमा मेयर साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए।
काठमाडौं टावर र बालेन–गुरागाईँ टसल
काठमाडौं टावरको १२ तलाबाट १९तला बनाउने स्वीकृति प्रदान गर्ने नक्सा नियम विपरीत पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि भ्रष्टाचार आरोप लगाएका थिए। मेयर बालेनले गत पुसको पहिलो साता सोही आरोपमा गुरागाईँलाई निलम्बन गरेर कारबाहीका लागि सिफारिस गरेका थिए। तर, गुरागाईँले आफूले कार्यपालिकाको निर्णय बमोजिम नै वैधानिक तवरले नक्सा पास गरेको बताउँदै आएका छन्।
गुरागाईँ निलम्बित भएपछि महानगर करिब तीन महिना प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो। त्यो बिचमा मेयर बालेनले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अर्को प्रमुख प्रशासकीय अधिकृतका लागि आग्रह गरेका थिए। तर संघीय सरकारले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिएन। त्यहीबिचमा बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि फेसबुकमा अभिव्यक्ति दिएका थिए। जसले नेकपा एमाले र बालेन बिच तनावपूर्ण स्थिति बनेको छ।
यता गुरागाईँले आफू निर्दोष भएको भन्दै महानगरमै काम गर्न पाउँ भन्दै मन्त्रालयलाई पत्र लेखेका थिए। मन्त्रालयले पनि गुरागाईँलाई नै निरन्तरता दिन महानगर पत्र पठाएको थियो।
तर मन्त्रालयले गुरागाईँलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएकामा बालेन रुष्ट बनेका थिए। त्यसपछि उनले नगर प्रहरी प्रयोग गरेर उनलाई कार्यालय प्रवेश गर्न नदिने रणनीति अख्तियार गरे।
त्यसबिचमा मेयर बालेनसँग उपमेयर डंगोल, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू र कर्मचारीबिच मतभिन्नता चुलिएको थियो। यही क्रममा उपमेयर डङ्गोलसहितका बहुमत कार्यपालिका सदस्यले बालेनको चाहना विपरीत गुरागाईँलाई नै काममा निरन्तरता दिने निर्णय गरेका थिए। तर मेयर बालेनले नगर प्रहरी प्रयोग गरेर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी र घेराबन्दी गराएर प्रवेश गर्न नदिने तयारी गरे।
यस्तोमा चैत २१ गते उपमेयर डङ्गोलसहितका बहुमत कार्यपालिका सदस्य र कर्मचारीहरूले ताला नै फोरेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए।
यो विवादका क्रममा गुरागाईँले कार्यालय प्रवेश गरेर जिम्मेवारी सम्हालेपछि मेयर बालेनले उनलाई स्विकारेनन्। बालेनले गुरागाईँसँग बैठक बस्न नचाहेकै कारण अहिलेसम्म कार्यपालिकाको बैठक बस्न सकेको थिएन। तर, उपमेयर डंगोल भने गुरागाईँलाई नराखी बैठक नबस्ने अडानमा थिइन्। मेयर बालेन र उपमेयर डंगोल आ–आफ्नै अडानमा हुँदा कार्यपालिका बैठक अहिलेसम्म अन्योलमा परेको र महानगरको बजेट पनि आउन सकेको थिएन।
अन्ततः झुके बालेन
संविधानतः असार १० गते बजेट ल्याउन चुकेको महानगरले आर्थिक वर्ष सकिनै लाग्दा पनि आगामी बजेट ल्याउन नसके अर्को वर्ष बजेट संकट व्यहोर्नुपर्ने अवस्थामा पुगेको थियो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुने अवस्था आउँछ। कानुनी बाध्यताले गाँजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउनु पर्ने अवस्थामा पुगेको महानगर स्रोत बताउँछ।
यस्तोमा अन्ततः बजेटका लागि बालेन आफै झुकेका छन्। शुक्रबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईँसहितको बैठक बसेर मेयर बालेनले बजेटको सीमा निर्धारण गराए। कार्यपालिका बैठक बसेर नगर सभा र बजेटको मिति तय गरे।
तर, बालेनले कार्यालय प्रयोजनका लागि गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृत स्वीकारे पनि बोली र व्यवहारले भने नस्विकारेको उनको सम्बोधनबाटै प्रस्ट हुन्छ।
बालेनको प्राथमिकता जनता: सचिवालय
बालेनको सचिवालयले जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेकाले कार्यपालिका बैठक बोलाएको प्रतिक्रिया दिएको छ।
‘जनता मेयर साबको पहिलो प्राथमिकतामा हो। बजेट जनतासँग जोडिएको विषय हो। जसको प्रत्यक्ष सम्बन्ध विकाससँग हुन्छ,’ सचिवालयका एक सदस्यले भने, ‘त्यसलाई राजनीतिकरण गर्न हुँदैन भन्ने हो। त्यसैले नै मेयर शाहले बजेटलाई नै बढी ध्यान दिनु भएको हो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...