जन्मभूमि काठमाडौंमा भुटानी राजाका चार घण्टा
२२ मंसिर २०८१
•
३ मिनेट पाठ
जन्मभूमि काठमाडौंमा भुटानी राजाका चार घण्टा
स्वयम्भूमा पूजा गर्दै भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुक। तस्बिर: दीपेश दर्शनधारी/नागरिक
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले भारतको औपचारिक भ्रमणबाट स्वदेश फर्कने क्रममा शुक्रबार काठमाडौं आएर साढे चार घण्टा बिताएका छन्। नयाँ दिल्लीबाट शुक्रबार ‘ट्रान्जिट भिजिट’ पारेर वाङचुक रानी जेत्सुन पेमासहित काठमाडौं आएका हुन्। काठमाडौंमा साढे चार घण्टाजति बिताएर उनी स्वदेश फर्किएका हुन्।




भुटानी राजा वाङचुक रानीसहित नयाँ दिल्लीबाट विशेष उडान (स्पेसल फ्लाइट) मा काठमाडौं आएका थिए। बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भुटानी राजालाई विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी थिइन्।

विमानस्थलबाट भुटानी शाही दम्पती स्वयम्भूनाथ गएका थिए। उनीहरू विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, छाउनी हुँदै स्वयम्भू पुगेका थिए। त्यहाँ स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले उनीहरूको स्वागत गरेका थिए। त्यसपछि वाङचुक दम्पतीले स्वयम्भूमा पूजा गरे, तस्बिर खिचाए अनि त्यहीबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरे।

झन्डै एक घण्टा स्वयम्भूमा बिताएका वाङचुक दम्पती त्यसपछि बौद्ध गएका थिए। उनीहरू स्वयम्भूबाट भगवान पाउ, शोभा भगवती, सोह्रखुट्टे, जयनेपाल हल, ल्होत्से चोक, ज्ञानेश्वर, गौशाला, चाबहिल हुँदै एक बजेतिर बौद्ध पुगेका थिए।

बौद्धनाथमा पनि वाङचुकले पूजाअर्चना गरे। त्यहाँ झन्डै एक घण्टा बिताएका भुटानी नरेश दम्पती दिउँसो साढे दुई बजेतिर त्रिभुवन विमानस्थलबाट भुटानतर्फ लागेका थिए। विमानस्थलमा भुटानी शाही दम्पतीको स्वागत गरेकी परराष्ट्रमन्त्री देउवा बिदाइका लागि पनि विमानस्थल पुगेकी थिइन्।

परराष्ट्र मन्त्रालयले भुटानी नरेशको यो भ्रमणलाई निजी भनेको छ। ‘यो भ्रमणमा उहाँले कुनै किसिमको राजनीतिक वा कूटनीतिक भेटघाट तथा वार्ता गर्नुभएन’, परराष्ट्र मन्त्रालयका उपसचिव शुभांग पराजुलीले भने, ‘एक बौद्धमार्गीले आफ्नो धार्मिक आस्था बोकेर नेपाल आउनुभयो। बौद्ध धार्मिक स्थलहरूको दर्शन गर्नुभयो। पूजाअर्चना गर्नुभयो, अनि फर्कनुभयो।’

वाङचुकको नेपाल साइनो

अहिले ४४ वर्षमा हिँड्दै गरेका भुटानी राजा वाङचुक नेपालमा जन्मिएका हुन्। सन १९८० को फेब्रुअरी २१ मा उनी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूती गृहमा जन्मिएका थिए। बुबा राजा जिग्मे सिंगे वाङचुकको औपचारिक बिहे हुनुअगावै जिग्मे खेसर नामग्याल वाङचुक जन्मिएको बताइन्छ। यसैले उनको नेपालसँग जन्मको नाता छ। उनी राजा भइसकेपछि पहिलो पटक नेपाल आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सन् २००६ देखि उनी भुटानको राजा छन्। उनको २००८ मा राज्याभिषेक भएको थियो।

उनी भुटानी राजवंशका पाँचौं शासक हुन्। भुटानी राजपरिवारको नेपाली पूर्वराजपरिवारसँग सम्बन्ध रहेको मानिन्छ। जिग्मे जन्मदा परोपकार प्रसूति केन्द्रमा पूर्वराजा ज्ञानेन्द्र शाहले रेखदेखको वातावरण मिलाइदिएको दरबारनिकटहरू बताउने गर्छन्।

गत दसैंताका पूर्वराजा ज्ञानेन्द्र भुटानको निजी भ्रमणमा जाँदा विभिन्न खाले राजनीतिक आशंका गरिएका थिए। भुटानी राजा आफ्नो जन्म स्थान र पवित्र बुद्धभूमि दर्शनका लागि आएको हुन सक्ने परराष्ट्र मन्त्रालयको बुझाइ छ।

नेपाल र नेपाली भाषी समाजमा भने भुटानी राजदरबारको आलोचना हुने गरेको छ। भुटानमा वर्षौंदेख बसोबास गर्दै आएका लाखौंको नेपाली भाषीलाई लखेटेर नेपालमा शरणार्थी बन्न बाध्य पारेकाले त्यहाँको दरबारको आलोचना हुने गरेको हो।

भुटानी दरबारलाई भारतको नियन्त्रणमा रहेको ‘पोपट’ शासकका रूपमा पनि लिइन्छ। भुटानबाट लाखौं नेपालीभाषी हिन्दुलाई लखेट्दा भारतले भुटानी दरबारकै पक्ष लिएको टिप्पणी हुँदै आएको छ।

भारतले भुटानी शरणार्थीलाई स्वदेश फर्काएर पुनःस्थापनामा सहयोग गर्नुको सट्टा नेपालभित्र पस्न सघाएको भन्दै उसको आलोचना हुने गरेको छ। भारतले यो समस्या समाधानमा कहिल्यै चासो पनि दिएन। शरणार्थीलाई फर्काउन भुटानी राजाले वातावरण नबनाएपछि अमेरिका लगायत पश्चिमा देशहरूले संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगको सहयोगमा आफ्नो देशमा लगेर व्यवस्थापन गर्न सघाए। अहिले पनि नेपालको पूर्वी क्षेत्रमा भुटानी शरणार्थी छन्। उनीहरू सकेसम्म स्वदेश फर्कन र नभए तेस्रो देशमा गएर बस्न चाहन्छन्।

परराष्ट्र मन्त्रालयले भुटानी राजा वाङचुक नेपाल आउने खबर पाएपछि सुरक्षा व्यवस्था चुस्त पार्न लगाएको थियो। गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले पूर्वाभ्यास गरेको थियो।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१३ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस