चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा झडपको अवस्था सिर्जना भएको हो।
पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध सहारा चितवन सहकारी ठगी प्रकरणमा दोस्रो दिनको बयान चलिरहेको छ। सरकारी वकिलको कार्यालयमा चितवन जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान जारी छ।
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।
बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...