सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले लुम्बिनीमा प्रदेश स्तरीय ‘राजनितिक संयन्त्र ’ गठन गरेको छ ।
सरकारलाई प्रभावकारी ढंगले अगाडी बढाउन तथा स्थानीय स्तरमा रहेका विवाद मिलाउन मुख्य दुई दलले केन्द्र देखी नै संयन्त्र निर्माणको काम थालेको छ।
शनिवार नेकपा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बुटवलमा बसेको सत्तारुढ दलको बैठकले प्रदेश स्तरीय राजनीतिक संयन्त्रलाई पूर्णता दिएको छ।
नेकपा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज अर्याल संयोजक, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल सदस्य रहेका छन्। नेपाली कांग्रेसबाट प्रदेश सभापति अमर सिंह पुन संयोजक, संसदीय दलका नेता डिल्ली चौधरी र कांग्रेसका प्रदेश सह(महामन्त्री विष्णु प्रसाद खनाल मुस्कान सदस्य रहेको संयन्त्र निर्माण गरिएको हो।
राजनीतिक संयन्त्रले यही मंसिर मसान्त भित्र प्रदेशका १२ वटै जिल्लामा जिल्ला स्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका काम कारबाही प्रभावकारी रुपमा अघि बढाउन संयन्त्रले सघाउने निर्णय गरेको छ। यस्तै स्थानीय स्तरमा दुई दलबिच देखिएका विवादलाई समाधानको बाटोमा लैजाने पनि आजको बैठकले निर्णय गरेको संयन्त्रका सदस्य विष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिए।
संयन्त्रको अर्को बैठक पुस २० गते अमर सिंह पुनको अध्यक्षतामा बस्नेछ। दुई दलले आलोपालो बैठकको अध्यक्षता गर्ने सहमति भएको छ। पुस २० गतेको बैठकमा जिल्ला स्तरीय संयन्त्रका संयोजकहरूलाई समेत सहभागी गराएर छलफल गरिने भएको हो ।