चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाली उत्पादनलाई चिनिया बजारमा प्रवर्धन गर्न मातहतलाई निर्देशन दिएकी छन्। मन्त्री राणाले छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासका कर्मचारीलाई चिया, कफी, जडिबुटीजस्ता नेपाली उपजलाई चिनिया बजारमा पुर्याउनका लागि सहजीकरण गर्न निर्देशन दिएकी हुन्।
कर्मचारीसँगको अन्र्तक्रियामा मन्त्री राणाले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउन पर्यटन प्रवर्धनका लागि आग्रह गरिन्।
चीनसँगको द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठलाई जनस्तरमा सुदृढ गराउन दूतावासले भूमिका खेल्नु पर्नेमा उनले जोड दिएकी छन्।
मन्त्री राणा प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारीस्वरुप हिजो छेन्दु पुगेकी हुन्। आजै उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी भोलि स्वदेश फर्किने कार्यतालिका छ।
परराष्ट्रमन्त्री डा आरजु राणाले शुक्रबार विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन्।
बेलायतको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले सगरमाथा संवादमा सहभागी हुन नेपाल आएको अवसरमा राणासँग भेट गरेकी हुन्। उनीहरूबिच नेपाल र बेलायतको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धबारे छलफल भयो।
राणाले बेलायतको आर्थिक र सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिइन्। जलवायु परिवर्तनको असर कम गर्न संयुक्त सहकार्य र अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि नेपालले गरेको मागमा बेलायतको सहयोग अपेक्षा गरेको उनको भनाइ थियो।
त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) का सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले पनि राणासँग भेट गरेका छन्। उनीहरूले नेपाल–युएई सम्बन्ध, आपसी हित र जलवायु परिवर्तन न्यूनीकरणमा सहकार्यका विषयमा कुराकानी गरेको सचिवालयले जानकारी दिएको छ।
यसैगरी अजरबैजानका राष्ट्रपतिका जलवायु विशेष प्रतिनिधि एवं कोप २९ का अध्यक्ष मुख्तर बाबायबले राणासँग भेट गरेकी छिन् । उनीहरूबिच नेपाल–अजरबैजान सम्बन्ध र जलवायु परिवर्तनमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...