बीआरआईले गठबन्धनमा समस्या हुँदैन: प्रवक्ता महत (अन्तर्वार्ता)
१० मंसिर २०८१
•
२ मिनेट पाठ
बीआरआईले गठबन्धनमा समस्या हुँदैन: प्रवक्ता महत (अन्तर्वार्ता)
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गर्नुअघि बीआरआईमाथि अनेकन् कोणबाट छलफल र बहस भइरहेका छन् ।




यसले सत्तारूढ गठबन्धभित्र पनि ‘स्पेस’ पाएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस बीआरआई अनुदानका रूपमा भए मात्रै लिने अडानमा छ भने प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) भित्र भने मिश्रित धारणाहरू देखिन्छन् ।

कतिपयले त के पनि भन्न थालेका छन् भने बीआरआईकै कारण सत्तारूढ गठबन्धनमा समस्या आउँदैछ । तर, सत्तासीन नेताहरूले भने त्यसो नभएको दाबी गरेका छन् । 

यसकै पृष्ठभूमिमा पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग यी नै विषयमा संक्षिप्त संवाद गरेका छौँ ।

बीआरआईमा नेपाली कांग्रेसको आधिकारिक धारणा के हो ?

हामीले भन्दै आएका छौँ, जे भनेका छौँ त्यही हो ।

तपाईंहरूले अनुदान हुनुपर्‍यो भन्दै आउनुभएको छ, पार्टीको आधिकारिक धारणा पनि यही हो ?

चीनसँगको मैत्रीपूर्ण सम्बन्ध छँदैछ, यसलाई यथावत् राखेर बीआरआईमा चाहिँ अनुदान हुनुपर्‍यो, त्योचाहिँ अनुदानमा रूपान्तरण गर्नुपर्‍यो भन्ने कांग्रेसको आधिकारिक र संस्थागत धारणा हो । यो हामीले भन्दै आएका छौँ, सभापतिजीले पनि यही भन्नुभएको छ र हामी अरु नेताहरूले पनि यसैमा जोड गरेका छौँ र हाम्रो प्रष्ट धारणा यही हो ।

तर, प्रधानमन्त्री र उहाँको दल यसमा प्रष्ट देखिनुहुन्न नि ?

उहाँलाई पनि हामीले यही सम्झाएका छौँ । उहाँले ऋण थुपार्ने काममा लाग्नु हुँदैन भनेर भन्नुभएको छ, भनाइको मतलब त्यही त हो नि । उहाँले पनि त्यो अनुदान भए ठीक छ, अन्यथा अगाडि बढ्नुहुँदैन भन्नुभएको छ ।

उहाँको दलभित्र मिश्रित प्रकारको धारणाहरू सुनिन्छन्, उहाँ त त्यहाँबाट पनि प्रेसराइज हुनुहोला नि ?

उहाँले स्पष्ट रूपमा के भन्नुभएको छ भने म यसलाई सम्झौतायोग्य बनाउँछु भन्नुभएको छ । भनेपछि उहाँले यसलाई ऋणका रूपमा होइन, अनुदानका रूपमा लिने भन्ने कुरा गर्नुभएको हो । यसमा हामीले स्पष्ट रूपमा पहिल्यै समझदारी गरिसकेका छौँ ।

कांग्रेस-एमालेबीच गठबन्धन बनेको (असार १७ गते) नै भएको भनिएको समझदारी यही हो ?

हो हो ।

भनेको कांग्रेस-एमालेबीच बीआरआई अनुदान भए मात्रै लिने भन्ने समझदारी भएको हो होइन त ?

एकदमै हो । हाम्रो स्पष्ट धारणा पनि त्यही हो । यो गठबन्धनकै धारणा हो ।

भनेपछि प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ, त्यहाँ उहाँको प्रयास यही रहन्छ ?

हाम्रो सुझाव त्यही हो ।

कतिपयले बीआरआईले गठबन्धनमै समस्या पार्छ भनेर आकलन गर्न थालेका छन् नि ?

बाहिर के के भन्छन्, त्यसले मान्य राख्दैन । हामी सल्लाह, छलफल गर्दैछौँ । निष्कर्षमा पुग्छौँ । अझ बलियो धारणा बनाउँछौँ । गठबन्धनमा समस्या हुँदैन ।

भनेपछि बीआरआईलाई नै लिएर गठबन्धनमा कुनै समस्या छैन, हुँदैन ?

हुँदैन हुँदैन, समस्या हुँदैन ।
अर्को समाचार
पूर्वअर्थमन्त्री महत सोध्छन्: टोलमा बन्ने मन्दिरमा समेत केन्द्र बजेट प्रवेश गरेपछि कहाँबाट परिणाम आउँछ ?
०६ असार २०८२
•
१ मिनेट पाठ
पूर्वअर्थमन्त्री महत सोध्छन्: टोलमा बन्ने मन्दिरमा समेत केन्द्र बजेट प्रवेश गरेपछि कहाँबाट परिणाम आउँछ ?
पूर्वअर्थमन्त्रीसमेत रहेका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले बजेटको प्रभावकारिता कम हुने बताएका छन्। शुक्रबार (आज) संसद्‌मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।




'बजेटको प्रभावकारिता कम हुने भयो। बजेट छरिने तर, परिणाम ननिस्किने खालको भयो। सुरुमा जे थियो, पछि आउँदा बजेट त्यसअनुरूपको आएन,' महतले भने।

उनले बजेटले स्थानीय सरकारले गर्ने काममा समेत प्रवेश गरेको बताए। 'तीन तहको सरकारको परिकल्पना किन गर्ने हामीले ? किनकि गाउँपालिकाभित्रको सानोतिनो काम त्यो पालिकाले गर्छ, प्रदेशभित्रका मझौला कार्यक्रमहरू त्यो प्रदेशले गर्छ भन्ने मान्यता हो नि। अब यही पर्यटन मन्त्रालयको कुरा गर्दाचाहिँ तीन हजारभन्दा बढी कार्यक्रमहरू प्रस्तावित गरिएका छन्। जबकि हामीले देशभरबाट बढीमा ३/४ सयवटा कुन महत्त्वपूर्ण स्थान छ, धार्मिक कोणबाट, अरु चाहिँ कोणबाट, त्यहाँ यथेष्ट पूर्वाधार सृजना गर्ने भनेर बजेट विनियोजन गर्ने हो नि। केन्द्र सरकारले गरेको यो योजना भनेर ठ्याक्कै देखिने, त्यसरी गर्ने हो नि। तर, हामीले चाहिँ २/४ लाखदेखि जुनचाहिँ त्यो टोलका मन्दिर, जुनचाहिँ त्यो गाउँपालिकाले गर्न सक्छ, स्थानीय जनताले बनाउन सक्छन्, त्यसमा गाउँपालिकाले बजेट दिन सक्छ। त्यसमा समेत केन्द्र सरकार प्रवेश गर्ने हो भने परिणाम कहाँबाट आउँछ ? इम्प्याक्ट, इम्प्याक्ट कहाँबाट आउँछ ?,' उनले भने।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस