नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईसहितको टोली कम्बोडिया प्रस्थान गरेको छ। एमालेले भोलि काठमाडौंमा गर्ने भनिएको जनसभाका संयोजक समेत रहेका भट्टराई कार्यक्रमको अघिल्लो दिन नै कम्बोडिया पुगेका हुन्।
कम्बोडियामा आजदेखि तीनदिनसम्म चल्ल्ने एसियन पोलिटकल पार्टी (ICAPP)को १२ औं सम्मेलन आइक्यापमा भाग लिन एमालेसहितका पाँच दलका नेताहरु कम्बोडिया पुगेको भट्टराईले जनाएका छन्।
सम्मेलनमा कांग्रेस नेतृ सुजता कोइरालासहितका नेताहरु सहभागी छन्। सोही कार्यक्रमका लागि सभामुख देवराज घिमिरे पनि भोलि जाने कार्यक्रम तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। सम्मेलनमा विभिन्न मुलुकका संस्कृति, शान्ति छलफ र सामाजिक संजालको उपयोग लगायतमाल हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको कम्पनीमा अरबौं रुपैयाँ लगानी गरेको भन्ने हल्ला चलिरहदा एमाले नेता भट्टराईको कम्बोडिया भ्रमणलाई लिएर विरोधीहरुले भने प्रश्न उठाएका छन्।
प्रश्नको जवाफ दिदै नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्, नेपालका ५ भन्दा बढी दलका १३ नेता सम्मेलनमा जान लागेका छौ थप केही भन्नु पर्छ?’ उनले अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनुपर्ने भएकोले त्यसतर्फ गएको प्रष्टिकरण दिएका छन्।
उनका अनुसार मंसिर ७ गते हुने जनसभा कार्यक्रमको जिम्मेवारी नेता कैलाश ढुङ्गेलले छन्।एमालेले मंसिर ७ गते भोलि राजधानीको दरबारमार्गमा एक लाख कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।
कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्रीसँग औपचारिक भेट गरेका छन्। कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेटसँग घिमिरेर शिष्टाचार भेट गरेका हुन्।
दुई नेता बीचको छलफल नेपाल र कम्बोडियाको सम्बन्धलाई थप मजबुद र नयाँ उचाइमा पुर्याउने विषयमा केन्द्रित भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका लागि प्रत्यक्ष हवाई सेवा शुरु गर्न प्रधानमन्त्री मानेसँग आग्रह गरेका छन्। भेटका क्रममा सभामुख घिमिरेले प्रधानमन्त्री मानेटलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिए। जवाफमा प्रधानमन्त्री मानेटले समय मिलाएर नेपाल आउने बताएका थिए।
औपचारिक भेटघाटमा व्यस्त सभामुख घिमिरेले हिजो साँझ त्यहाँको माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग पनि भेट गरेका थिए। गत शुक्रबार कम्बोडिया गएको सभामुख नेतृत्वको टोली भोलि स्वदेश फर्किने छ। त्यहाँ रहदा सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औँ पूर्ण सत्रलाई सम्बोधन गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...