गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशक अमृतमोहनको भेटवार्ता
०२ मंसिर २०८१
•
१ मिनेट पाठ
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशक अमृतमोहनको भेटवार्ता
गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।




सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सहकार्य गर्न जोड दिएका छन्। 

गृह सचिब गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो। नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह गरे।

“ नेपाल–भारतबिच सदियौ पुरानो सम्वन्ध रहेको छ ।” गृहमन्त्री लेखकले भने–“  सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबिचको सम्वन्ध थप बलियो हुनेमा विश्वस्त छु ।” भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो ।
अर्को समाचार
एसएसबीसँग पिउनेपानीका लागि साटिएको त्यो बिजुली...
११ वैशाख २०८२
•
३ मिनेट पाठ
एसएसबीसँग पिउनेपानीका लागि साटिएको त्यो बिजुली...
दाङको नेपाल-भारत सीमा क्षेत्र कोइलावास । तस्बिर : देवेन्द्र बस्‍नेत/नागरिक
दाङस्थित नेपाल भारत सीमा क्षेत्र कोइलावासमा पानीको जटिल समस्या थियो । पिउने पानीका लागि भारतीय भूमि टेक्नै पर्ने बाध्यता थियो । भारतको जरुवा भन्ने स्थानबाट पानी ल्याएर प्यास मेटाउनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकसँग सीमा क्षेत्रमा खटिएको भारतीय सुरक्षा बल एसएसबीले एउटा सम्झौता गरेको भनिन्छ ‘हामीलाई नेपालको विद्युत देउ, तिमीहरु भारतको पानी खाउँ ।’ भारतीय सीमा क्षेत्रमा भारतको आफ्नो विद्युतको पहुँच छैन । यो सहमती कतै लिखित दस्तावेजका रुपमा त छैन, तर कोइलावासका पाका नागरिकहरुले विद्युत र पानी लेनदेन गर्ने सहमती भएको भने सुनाउँछन् ।  




यहि सम्झौताकै कारण वर्षौंदेखि नेपालको विद्युत प्रयोग गर्दै आएको भारतीय सुरक्षा बल एसएसबीले विद्युतको महशुल तिरेन । नेपालको विद्युत प्रयोग गर्दै आइरहेको एसएसवीको ब्यारेकमा नेपालका तर्फबाट सब मिटर जडान पनि भयो । तर उक्त सब मिटरमा चढ्ने विद्युत युनिटको रकम भारतले एक रुपैयाँ पनि तिर्न मानेन । ‘हामीले पटक पटक विद्युतको महशुल तिर्नका लागि अनुरोध सहितको पत्र एसएसबीलाई दियौँ,’ विद्युत प्राधिकरण लमही सब स्टेशनका प्रमुख युवराज रावतले भने ‘तर एसएसबीले विद्युत उपभोग गरे वापतको रकम तिर्न कहिल्यै चासो राखेन ।’  

पानी र विद्युतको लेनदेनको सहमती विगतमा भएको भएपनि प्राधिकरणले त्यो सहमतीलाई महशुल लिन नपाउने आधार मान्न नसक्ने प्रमुख रावतले बताए । ‘कोइलावासमा पानीको समस्या रहँदा धेरै समय अगाडी नेपालको विद्युत भारतलाई दिने र भारतबाट कोइलावासका नागरिकले पानी ल्याउने सहमती भएको भन्ने त हामीले पनि सुनेका हौँ,’ प्रमुख रावतले भने ‘यो सहमती भएको दस्तावेज पनि कतै अहिलेसम्म भेटिएको पनि छैन, फेरि यस्तो सहमती भएको भएपनि विद्युत प्राधिकरणले विद्युत महशुल लिन नपाउने भन्ने आधार यस्तो सहमती रहन्न ।’ विद्युत प्रयोग गरेवापत प्रयोगकर्ताले महशुल बुझाउनै पर्ने उनको भनाइ छ । कोइलावास स्थित एसएसवीले विद्युत प्रयोग गरेवापत भारतले नेपाललाई बुझाउनु पर्ने महशुल १० लाख रुपैयाँ हाराहारीमा छ ।  

पटक पटकको ताकेतापछि पनि भारतले लामो समयसम्मको विद्युत महशुल वापत बुझाउनु पर्ने रकम नबुझाएपछि केहि समय अघि एसएसबीले प्रयोग गर्दै आएको विद्युत तीन महिनाअघि एक हप्तासम्म काटिदिएको थियो । तैपनि एसएसबी महशुल तिर्न राजी देखिएको थिएन । ‘विद्युत प्रयोग गर्दै आएको एसएसवीले एक रुपैयाँ पनि महशुल नबुझाएपछि हामीले लाइन काटिदिएका थियौँ,’ विद्युत प्राधिकरण सबस्टेशन लमहीका प्रमुख रावतले भने ‘हामीले विद्युत काटिदिनुका कारण पनि प्राधिकरणलाई खुलाइदिएर जानकारी गराएका थियौँ ।’

विद्युत काटिएको एक हप्तापछि प्राधिकरणको वित्तीय व्यवस्थापन विभागले पुनः विद्युत निरन्तर गरिदिन भन्दै पत्राचार गरेको थियो । लमही सब स्टेशनका प्रमुख रावतका अनुसार नेपाल र भारतले एक अर्का देशको विद्युत प्रयोग गरेवापतको महशुल समायोजन गर्ने निर्णय भएको छ । नेपालले भारतबाट प्रयोग गर्ने गरेको विद्युतको महशुल र भारतले प्रयोग गरेवापतको महशुल समायोजन गर्ने र उक्त महशुल रकम घटाएर तिर्नु पर्ने पक्षले रकम तिर्नु पर्ने निर्णय गरिएको भन्दै आफूहरुलाई वित्तिय व्यवस्थापन विभागबाट पत्राचार भएको रावतले बताए ।  

‘हामीहरुले पनि बेला बेलामा भारतको विद्युत आयात गरिरहेका हुन्छौँ तर भारतबाट आयात हुने विद्युतको महशुल हामीले तिर्दै आएका हुन्छौँ,’ रावतले भने ‘अब भने भारतले प्रयोग गर्दै आएको नेपालको विद्युतको महशुलको रकम समायोजन गरेर मात्रै महशुल रकम मिलान गरिने छ भनेर हामीलाई जानकारी आएको छ, सोही अनुसार हामीहरुले एसएसवीलाई पुनः विद्युत निरन्तर गरिदिएका हौँ ।’ यो निर्णय कार्यान्वयन भयो भने विद्युत महशुल असुलीमा सहज हुने उनको भनाइ छ । 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस