‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्नेविरुद्ध थालियो अनुसन्धान
२१ कार्तिक २०८१
•
३ मिनेट पाठ
‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्नेविरुद्ध थालियो अनुसन्धान
कात्तिक १४ गते साँझ दशरथरंगशालामा साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै थियो। नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली पनि मैदानमा पुगेका थिए। त्यहीबेला ‘प्रधानमन्त्री ओलीको हत्या गर्ने राम्रो मौका’ भन्दै सामाजिक सञ्जालमा एक युवकले आह्वान गरिरहेको भिडियो सार्वजनिक भयो। उक्त भिडियो सार्वजनिक गर्ने ती युवक हुन्, २० वर्षीय भ्लगर रतन कार्की। उनको घर चितवनमा रहेको खुलेको प्रहरीले जनाएको छ। हाल विद्यार्थी भिसामा जापानको टोकियोमा रहेका उनी त्यहीँ नै बसेर उच्छृंखल भिडियोमार्फत कन्टेन्ट दिइरहन्छन्। त्यस दिनको भिडियोमा ‘गेम त तपाईंहरूले हेरिरहनुभएको छ नै तर मैले अर्कै कुरा हेरिरहेको छु के ! आज हामीले मार्न सकिन्छ के ! चाहेम् भने’ भन्दै उनले प्रधानमन्त्री ओलीलाई मार्ने आशयको भड्कावपूर्ण अभिव्यक्ति दिएका छन्। ‘बाहिर यत्रो मान्छे छम्, सबै जना मिलेर एउटा ग्रुप बनाएर घेरेर फ्याट्टै मार्‍यो भने मारेको मार्‍यै हुन्छ साथीहरू,’रतनले भिडियोमा भनेका छन्, ‘आँटम् त आज, आज आटिहालम्। अब धेरै टाइम पनि छैन। बुढो गइहाल्छ। मतलब उता जान पनि टाइम छैन, उता जान पनि। बुझ्नु न। आज गरिहालम्।’




यस्तो हिंसात्मक अभिव्यक्ति दिएको उनको भिडियो धेरैले हेरेका छन्। उनको यो भिडियोलाई त्यस दिनदेखि नै नेपाल प्रहरीले ‘नोटिस’ माराखेर अनुसन्धान थालेको थियो। यसक्रममा नेपाल प्रहरीको साइबर ब्युरोले त्यो दिन सामाजिक सञ्जालमार्फत अराजक र भड्कावपूर्ण अभिव्यक्ति दिनेमाथि लेखाजोखा लिन थालेको थियो। सोही क्रममा रतन पनि नोटिसमा आएको ब्युरो स्रोत बताउँछ। ‘त्यस्ता धेरै व्यक्तिबारे नोटिसमा लिएर अनुसन्धान भइरहेको छ।

त्यसै मध्येका रतन पनि एक पर्छन्। मान्छे नै मार्ने किसिमको हिंसात्मक अभिव्यक्ति दिनेलाई छुट दिनुहुन्न भन्ने छ,’ ब्युरोका एकजना अधिकारीले भने, ‘त्यसैले उनीमाथि मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिने र त्यसपछि इन्टरपोलमार्फत नेपाल झिकाउनेसम्मको तयारी छ।’ त्यसो त त्यही दिन रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी नै भएको थियो। त्यसबारे प्रहरी पहिल्यै जानकार थियो। सोहीअनुसार ठाउँठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोत बताउँछ। सोहीअनुसार त्यस दिन नाराबाजी गर्ने व्यक्तिहरूको भिडियो लिएर उनीहरूको पहिचान गरिसकिएको प्रहरी स्रोत बताउँछ। त्यसरी नाराबाजी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक भेटिएको प्रहरीको दाबी छ।रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीको विरोधमा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको समर्थनमा नारा लगाउँदा आफूतर्फ आरोप नलाग्ने भन्दै रणनीति नै बनाएर नाराबाजी गरेको अनुसन्धानमा पाइएको प्रहरी स्रोतको भनाइ छ।  

यो विषयमा पनि प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। ‘नाराबाजी गर्नेको लगभग पहिचान भएको छ। अझै अनुसन्धान चलिरहेको अवस्था हो,’ यो विषयमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘यो एकदुई जनाले भन्दा पनि सामूहिक रूपमा भएको घटना भएकाले विस्तृत अध्ययन भइरहेको छ र त्यसपछि कसरी कानुनी कारबाहीको दायरामा ल्याउने भन्ने छलफल चलिरहेको छ।’ उनका अनुसार प्रहरीले अराजकता फैलाउने र भड्काव गर्नेहरूलाई पक्राउ गरेरै कानुनी कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ।  

‘यत्तिकै छाड्ने भन्ने हुँदैन। कानुनी दायरामा त ल्याउनैपर्छ तर कसरी ल्याउने ? त्यो भने हेडक्वार्टरसँग छलफलपछि यकिन हुन्छ,’ ती अधिकारीले भने। जारी अनुसन्धानको विषय भएकाले धेरै खुलेर भन्न नमिल्ने किसिमका तथ्य रहेको पनि उनले बताए।  

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्दै अभिव्यक्ति दिनेविरुद्ध उजुरी नै परेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले बताए। ‘साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अनुसन्धानमा गर्नुपर्ने सबै काम प्रहरीले गर्छ। कानुनी दायरामा ल्याउँछ।’ यस्तै रंगशालामा नाराबाजी गर्नेहरूबारे पनि अनुसन्धान भइरहेको उनले पुष्टि गरे। ‘त्यस्तो कार्यमा संलग्नहरूको भूमिका र कसुरको मात्रा पहिचान गर्ने काम भइरहेको छ। कसुर मात्रा अनुसार अनुसन्धानको दायरा फराकिलो पार्दै अघि बढ्न मातहतका निकायले काम गरिरहेका छन्,’ डिआइजी कार्कीले भने।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
२३ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस