लुम्बिनी सरकार पूर्णतामा सकस: लोसपा र नाउपाको अड्को
१९ कार्तिक २०८१
•
३ मिनेट पाठ
लुम्बिनी सरकार पूर्णतामा सकस: लोसपा र नाउपाको अड्को
गत साउन ७ मा लुम्बिनीको मुख्यमन्त्री नियुक्त चेतनारायण आचार्यले ९ साउनमा आफ्नो शपथसँगै सरकारमा ८ नयाँ मन्त्री थपे। कांग्रेसबाट चार र एमालेबाट चार मन्त्री थपेर मन्त्री परिषद्लाई ९ सदस्यीय बनाएका मुख्यमन्त्री आचार्यलाई मन्त्री परिषद् विस्तारका लागि तीन महिनाको समय लाग्यो। उनले कात्तिक ७ मा कांग्रेसबाट २ र अशोक राई नेतृत्वको जसपाबाट एक मन्त्री नियुक्त गरे।




सरकार विस्तारमा देखिएको तीन महिना लामो अवधि मूलतः सत्ता साझेदार नेपाली कांग्रेस भित्रको आन्तरिक विमति देखिएको थियो। कांग्रेस भित्र मन्त्री बन्नेहरू आकाङ्क्षीहरूको सुची लामै रहेकाले कांग्रेसलाइ दुई मन्त्रीको नाम टुङ्ग्याउन सकस भयो। कांग्रेस भित्रको यो समस्याका कारण मुख्यमन्त्री आचार्य तीन मन्त्री थप गर्न केही ढिला भए। कात्तिक ७ मा दोस्रो पटक मन्त्री परिषद् विस्तार गरेका मुख्यमन्त्री आचार्यले सरकारलाई पूर्णता दिन भने सकेनन्।

प्रदेशमा अब एक मन्त्रालय रिक्त छ। यो मन्त्रालयमा एक सानो दलको प्रतिनिधित्व गराउने तयारी मुख्यमन्त्रीको छ। ‘साना दल मध्यबाट एउटालाई सरकारमा लैजाने तयारी गरिएको हो, तर साना दलहरु मध्य कसलाई सरकारका ल्याउने भन्ने टुंगो हुन सकेको छैन,’ स्रोतले भन्यो ‘दल टुङ्गिएको भए कात्तिक सात गते नै मन्त्री नियुक्त भैसकेका हुन्थे।’

प्रदेशका १२ मन्त्रालय मध्य अहिले पनि युवा तथा खेलकुद मन्त्रालय रिक्त छ। यो मन्त्रालयमा लोसपा र नागरिक उन्मुक्ति बिच मन्त्री बन्ने होड चलेको छ। लोसपाले आफूले सरकारलाई सुरुवात देखिनै समर्थन गरेकाले मन्त्रालय आफूले पाउनु पर्ने दाबी गरिरहेको छ। ‘मुख्यमन्त्री आचार्यलाई सुरुमै समर्थन गरेका हिसाबले स्वाभाविकै रुपमा मन्त्रालय अहिले आफूले पाउनु पर्ने अडानमा लोसपा देखिन्छ,’ स्रोतले भन्यो ‘उन्मुक्तिलाई अर्को चरणमा सरकारमा सहभागी गराउन सुझाव लोसपाको छ।’

नागरिक उन्मुक्तिले आचार्य मुख्यमन्त्री बन्दा बुझाइको हस्ताक्षरमा सहभागिता जनाएको थिएन। आचार्य मुख्यमन्त्री नियुक्त भइसकेपछि मात्रै उन्मुक्तिले सरकारलाई आफ्नो पनि समर्थन कायम राख्ने निर्णय लिएको थियो। यसर्थ पनि लोसपाले पछि समर्थनमा आएको दललाई सरकार सहभागितामा प्राथमिकतामा पारिन नहुने अडान लिइरहेको छ।

यता चार सांसद रहेको उन्मुक्तिले पहिलो चरणमै सरकारमा सहभागी हुनु पर्ने सर्त राखिरहेको छ। ‘लोसपा भन्दा ठूलो दलको हैसियत रहेकाले सरकारमा आफ्नो सहभागिता हुनुपर्ने तर्कलाई उन्मुक्तिले जोड दिइरहेको छ,’स्रोतले भन्यो ‘ठूलो दललाई पाखा लगाएर सानो दललाई सरकारमा लगिए यसको सन्देश राम्रो नजाने सुझाव उन्मुक्तिको छ।’ दुई साना दलको अडानका कारण मन्त्री परिषद्लाई पूणता दिन मुख्यमन्त्री आचार्यलाई कठिनाइ उत्पन्न भएको छ। उनले यी दुबै दलका संसदीय दलका नेताहरुलाई राखेर छलफल समेत गरेका छन्।

उनीहरूलाई सहमतिमा आएर कुनै एक दल अहिले सरकारमा जाने वातावरण बनाउन आग्रह समेत गरेका छन्। ‘दुई दल मध्य एक दल सरकारमा सहभागी हुने गरी सहमति गर्न दुबै दलका संसदीय दलका नेतालाई राखेर मुख्यमन्त्री ज्यूले छलफल समेत गराउनु भएको छ,’ सरकारका प्रवक्ता एवं कृषि मन्त्री दिनेश पन्थीले भने ‘साना दुई दलहरूले सहमति गरेर आउनु हुन्छ, तत्काल सरकारले पूर्णता पाउँछ।’ उनले तिहार बिदा परेकाले मन्त्री परिषद् पूर्णताको काम यो बिचमा हुन नसकेको र अब तिहार बिदा सकिए लगत्तै यो विषयलाई प्राथमिकतामा राखेर काम गरिने समेत बताए।

माओवादी एमालेको गठबन्धन भत्किएर नयाँ राजनीतिक समीकरण निर्माणका क्रममा लुम्बिनी सरकारमा पनि साना दलको सहभागीताका बिषयमा सहमति बनेको थियो। कुल १२ मन्त्रालय एमालेलाई मुख्यमन्त्री सहित ५, कांग्रेसलाई ५ र साना दललाई दुई मन्त्रालयको भागबन्डा मिलाएर सहमति गरिएको थियो। साना दल मध्यबाट अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी भैसकेको छ। यो दलबाट आदेश अग्रवाल कात्तिक ७ गते आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। अब बाँकी रहेको युवा तथा खेलकुद मन्त्रालयमा नागरिक उन्मुक्ति र लोसपा मध्य एक दलबाट मन्त्री चुनिने छन्।

‘प्रदेशमा रहेका १२ मन्त्रालय भन्दा बढी मन्त्रालय थप गरिने कुरा हुँदैन, साना दललाई समेत समावेश गर्ने नाममा मन्त्रालय फोड्दा वा बढाउँदा आम जनमानसमा राम्रो सन्देश जाँदैन भन्ने बिषयमा मुख्यमन्त्री जानकार हुनुहुन्छ,’ सरकारका प्रवक्ता पन्थीले भने ‘अब बाँकी रहेको एउटा मन्त्रालयमा साना दुई दलका मध्य को आउने सहमति गरेर आउनुस् भनिएको छ, तर दुई दललाई नै सरकारमा समावेश गर्ने गरी मन्त्रालय बढाउने कुरा हुँदैन।’
अर्को समाचार
विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित
०९ असार २०८२
•
४ मिनेट पाठ
विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित
बजेट निर्माणको विधि माथि प्रश्न उठेपछि लुम्बिनी प्रदेश सरकारको बजेट भाषण निश्चित समयमा हुन सकेन। १ असार दिउँसो तीन बजे बजेट ल्याउने समय निर्धारण भएकोमा सरकार भित्रकै आन्तरिक असन्तुष्टिले बजेट सम्बोधनको समय बेलुका ५ बजेका लागि सारियो । तर बेलुका ५ बजे पछि बजेट सार्वजनिक हुन सकेन । बजेट भाषणका लागि संसद बैठक बेलुका ६ बजे मात्रै चल्यो ।




बजेट निर्माणका क्रममा मन्त्रालयगत बजेट सिलिङ माथि उठेको प्रश्नले बजेट भाषणका क्रममा देखिएको असहमति त्यो बेला किनारा त लाग्यो । तर बजेट भाषण पश्चात् सार्वजनिक भएको रातो किताबले लुम्बिनी प्रदेश सरकारलाई थप जटिल बनाइदिएको छ । फलतः बजेट माथिको छलफलका लागि संसद बैठक बस्नै सकेको छैन  । बजेट माथिको छलफलका लागि गत ७ गते देखि संसद बैठक आह्वान गरिएको थियो । तर बजेट माथिको तीव्र असन्तुष्टि बढेपछि संसद बैठक अनिश्चित कालका लागि भन्दै स्थगित गरिएको छ । बजेट प्रति प्रदेशसभा सदस्यहरूको तीव्र असन्तुष्टि छ।

फलतः सांसदहरुको असन्तुष्टि सम्बोधन गरेर मात्रै संसद बैठक सञ्चालन गर्ने तयारीमा रहेको सरकार यही समस्याको गाँठो फुकाउन लागिपरेको छ । ‘बजेट प्रति सांसदहरुको असन्तुष्टि व्यापक छ ,’ एमाले प्रदेश प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने ‘खासमा अहिले सम्म संसद बैठक बस्न नसक्नुको कारण यही नै हो ।’ सांसदहरूले आफूहरूलाई दिइएको बजेट सिलिङ अनुसारको योजना नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारले सांसदहरूलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत बजेट तोकेको छ । यो कार्यक्रम अन्तर्गत निर्वाचित सांसदहरूलाई ३ करोड र समानुपातिक सांसदहरूलाई १ करोड १० लाख रुपैयाँ बजेट सिलिङ छुट्ट्याएको छ । या रकम बराबरका योजना सांसदहरूले आफू निर्वाचित क्षेत्रमा हाल्न पाउँछन् । तर आफूहरूलाई दिइएको यो सिलिङ बराबरको योजना बजेटमा नपारिएको गुनासो सांसदहरुको छ ।

यसरी सांसदहरूका लागि छुट्टाइएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २२ करोड रुपैयाँ बराबरका योजना रातो किताबमा छुटेका छन् । ‘धेरै माननीय ज्यूहरूले आफे निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पठाएका योजनाहरू रातो किताबमा छुटेका छन्,’ एमाले सचेतक चौधरीले भने ‘झण्डै २२ करोड बराबरका योजना छुटेको देखिन्छ, यो समावेश नहुनु राम्रो पक्ष हैन ।’

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरूले आफूहरूलाई प्राप्त सिलिङ बराबरका योजना आर्थिक मामिला मन्त्रालयमा पठाएका थिए । निर्वाचन क्षत्र विकास अन्तर्गत उल्लेख गरिएका योजनाहरू आर्थिक मामिला मन्त्रालयले सम्बन्धी मन्त्रालयको योजनामा रुपमा दर्ता गरिदिनु पर्ने हुन्छ । तर आर्थिक मामिला मन्त्रालयबाट योजनाहरू दर्ता नभएका कारण योजनाहरू छुटेको सांसदहरु बताउँछन् ।

‘निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका थुप्रै योजनाहरू छुटेका छन्,’ माओवादी केन्द्रका सचेतक ईन्द्रजीत चौधरीले भने ‘यो विषयलाई सत्तारुढ दलहरूले कसरी सम्बोधन गर्छन् हामी नतिजा पर्खेर बसेका छौँ ।’ चौधरीले निर्वाचन क्षेत्र विकास अन्तर्गत पेश गरेका  करोड बजेट मध्यका आधा योजना छुटेका छन् । उनले भने ‘तीन करोड मध्य डेढ करोडका योजना काटिएका छन्, यसको कारण के हो ? नियतवस् हो वा अरु केही त्यो सरकारले बुझेको होला।’

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरूका योजना काटिएपछि सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका संसदीय दलका बैठक बस्दै आएका छन् । यी दुबै दलका संसदीय दलको बैठकमा सांसदहरु सरकार नेतृत्व प्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । ‘संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना योजना काटिएको र काटिएका योजनाहरू जसरी पनि समावेश गर्नु पर्ने भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ आइतबार बसेको कांग्रेस संसदीय दलको बैठक बारे जानकारी दिँदै एक सांसदले भने ‘सरकारमा रहेका मन्त्री ज्यूहरूले यसलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने मुख्य विषय हो ।’ सरकारमा आर्थिक मामिला मन्त्री कांग्रेसका धनेन्द्र कार्की छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरू काटिएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेपछि मन्त्री कार्कीले संसदीय दलको बैठकमा सहज निकास निकालेर अघि बढ्ने जवाफ दिएका थिए । सांसदहरूका योजना कटौती भएपछि देखिएको विवाद समाधानका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला मन्त्री कार्की नियमित छलफलमा छन् ।

सांसदहरूका योजनालाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा उनीहरू बिच छलफल भइरहेको र चाँडै निकास आउने एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले जानकारी दिए । ‘मुख्यमन्त्री ज्यू र आर्थिक मामिला मन्त्री ज्यू बिच यो समस्या समाधान खोजीका लागि नियमित छलफलमा हुनुहुन्छ,’ चौधरीले भने ‘चाँडै निकास निकालेर तत्काल संसद बैठक बोलाउने गरी तयारी गरिएको छ ।’
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस