तिहार अघि पनि संसदीय समिति बैठक प्रभावकारी भएनन्
१४ कार्तिक २०८१
•
२ मिनेट पाठ
तिहार अघि पनि संसदीय समिति बैठक प्रभावकारी भएनन्
प्रतिनिधिसभामा संसदीय समितिले दसैं र तिहार बिच विधेयकमाथि छलफललाई अघि बढाएनन्। राज्य व्यवस्था समितिले सोमबार अख्तियार  दुरूपयोग अनुसन्धान आयोग विधेयकमाथि एक छलफल गरेको थियो। अख्तियार  विधेयकमा हृदयराम थानीको संयोजकत्कमा उपसमिति गठन गरेपछि यो समितिले निरन्तर  छलफल गरेन। तर  अन्य समितिहरूले भने एक पटक पनि दसैं तिहार बिच बैठक बोलाउने अवस्था देखिएन। बिहीबार देखि तिहारको बिदा हुने भएकाले बुधबार सम्ममा समितिले कानुन निर्माणका विषयमा बैठक बस्ने सम्भावना नदेखिएको संसद् सचिवालयका अधिकारीले बताएका छन्। 




एक साताअघि गत कातिक ६ गते सभामुख देवराज घिमिरेले  संसदीय विषयगत समितिका सभापतिहरूलाई बोलाएरै समितिको कामकारबाही अगाडि बढाउन र संसदीय समितिमा विचारधीन विधेयक अगाडि बढाउन निर्देशन दिएका थिए।  

सो क्रममा समिति सभापतिहरूले कोरमको समस्या उठाएका थिए। दलहरूले नै उपत्यका बाहिर  रहेका सांसदलाई काठमाडौं बोलाउन दबाब दिनुपर्ने बताएका थिए।राजनीतिक दलका प्रमुख सचेतकहरूसहित सभापतिको बैठकमा सभामुख घिमिरेले प्रमुख सचेतकको समेत यस विषयमा ध्यानाकर्षण गराएका थिए।

तर  अझै अधिकांश सांसद गृहजिल्लामा छन्। उनीहरू छठ अगाडि उपत्यका फर्कने सम्भावना छैन, जसले संसदीय समितिको कामलाई प्रभावित बनाइ रहेको संसद् सचिवालय स्रोतले जानकारी दियो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पछिल्लो बैठक गत भदौ २७ गते बसेको थियो। त्यसयता यो समितिको बैठक नै बस्न सकेको छैन। यो समितिमा विद्युतीय व्यापार  विधेयक दफावार  छलफलमा छ। समितिमा कोरमकै समस्या  रहेको समिति सचिवालयले जनाएको छ।  

अर्थ समितिमा पाँचवटा विधेयक छलफलका लागि पुगेका छन्। बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार  विधेयक दफावार  छलफलमा छन्। तर , यो समितिको बैठक गत असोज २ गतेयता बस्न सकेको छैन। संघीय निजामती सेवा विधेयक १५ जेठ २०८१ गते दफावार  छलफलका लागि  रज्य व्यवस्था समितिमा छ। यो विधेयकमाथि सांसदहरूले १२४ समूहमा एक हजा र  ५८३ वटा संशोधन हालेका छन्।  

तर  समितिले यो विधेयकमाथि एक पटक मात्रै छलफल गरेको छ। राज्य व्यवस्था समितिमा थप तीनवटा विधेयक विचारधीन छ। तीमध्ये अख्तियार  दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार  निवारण ऐन संशोधन विधेयक  रहेका छन्। यो समितिमा  रहेको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि पनि दफावार  छलफल अगाडि बढेको छैन।  

नदीजन्य सामग्री ढुंगा, गिट्टी, बालुवा उत्खनन र निर्यातसँग जोडिएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमनसँग यो विधेयक सम्बन्धित छ। कानुन, न्याय तथा मानव अधिकार  समितिमा केही नेपाल ऐन संशोधन विधेयक दफावार  छलफलमा छ। फौजदारी अपराध लागेको व्यक्तिलाई  रजनीतिक भएको अर्थ लगाई मुद्दा फिर्ता लिन सकिने व्यवस्था विधेयकमा  रहेकाले यसलाई  राख्ने र हटाउनेमा समितिमा विवाद छ।  
अर्को समाचार
आज चार संसदीय समितिको बैठक बस्दै
०२ माघ २०८१
•
१ मिनेट पाठ
आज चार संसदीय समितिको बैठक बस्दै
आज (बुधबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान एघार बजे बस्ने अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण विधेयक, २०८०’ माथि छलफल हुनेछ। 




त्यस्तै, बिहान एघार बजे नै कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका प्रहरी हिरासतको अनुगमन र संघीय संसदका ऐन कानूनको कार्यान्वयन चुनौतीका विषयमा गठित उपसमितिहरूको प्रतिवेदन पेश हुनेछ। यसमा कैलाली, धनुषा र दाङमा भएका अन्तरक्रिया कार्यक्रमहरूको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। 

साढे एघार बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन प्रतिवेदन, २०८०’ सार्वजनिक र छलफल हुनेछ।

अन्तमा, दिउँसो एक बजे विधायन व्यवस्थापन समितिको बैठकमा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ को दफावार छलफल गरिने छ। 
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस