राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल(डिपी)ले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटका लागि आग्रह गरेको खुलेको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गराउन उपसभापति अर्याल यति बेला सरकारसँग लबिङमा छन् । यसअघि सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए ।
यसैबीचमा अर्यालले मंगलबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी परराष्ट्र मन्त्री राणालाई भेट्न चाहेको खुलेको हो ।
अर्यालले मन्त्री राणाका स्वकीय सचिव कमल रावललाई मोबाइलमा म्यासेज गरेर भेटका समय मिलाइदिन अनुरोध गरेको तस्बिर बाहिरिएको छ ।
तस्बिरमा रास्वपा उपसभापति अर्यालकै मोबाइलको स्क्रिन देखिएको छ । जसमा अर्यालले मन्त्री राणाका स्वकीय सचिवलाई म्यासेज लेखिरहेका देखिन्छन् । अर्यालको मुहार भने देखिदैन् ।
स्क्रिनको म्यासेज बक्समा अङ्ग्रेजी अक्षरमा ‘कमल जी म डिपी अर्याल । एक पटक मन्त्रीज्यूसँग सर्ट मिटिङको टाइम मिलाउनु न’ लेखेर पठाइसकेको देखिन्छ । उक्त तस्बिर अर्यालसँगै रहेको कसैले लिएर सामाजिक सञ्जालमा भाइरल बनाएको हुनसक्ने देखिएको छ । अहिले उक्त म्यासेज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।
उक्त म्यासेज उपसभापति अर्यालकै हो वा होइन भनेर पुष्टि गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् । तर, मन्त्री राणाको सचिवालयले भने रास्वपा उपसभापति अर्यालबाट मन्त्री राणासँग भेटको समयका लागि अनुरोध आएको पुष्टि गरेको छ ।
‘मन्त्रीज्यूसँग मिटिङका लागि अनुरोध आएको साँचो हो,’ मन्त्री राणाको सचिवालयले भन्यो,‘आज(मंगलबार) पूर्व निर्धारित कार्यक्रम तय भइसकेकाले भेटको समय सम्भव भएन् ।’ प्रतिनिधिसभाको चौथो ठुलो दलको एक शीर्ष नेताले मन्त्रीसँग भेट्न चाहँदा मन्त्रीले भेट दिने सचिवालयले बतायो । ‘कुन कामले भेट्न चाहनुभएको हो, त्यो त भेटेपछि थाहा होला । प्रतिनिधिसभाको माननीय, पूर्व मन्त्री रहेको व्यक्तिले भेट्न चाहँदा नभेट्ने भन्ने हुन्न । आज समय नमिलेर मात्रै हो,’ सचिवालयले भन्यो । स्रोतका अनुसार उपसभापति अर्यालले दिउँसो उक्त म्यासेज पठाएका हुन् ।
उता पार्टी सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधिएको भन्दै सडकमा आन्दोलन गरिरहेको छ । आन्दोलनबाट सरकारले कुनै दबाब महसुस नगरेपछि रास्वपा उपसभापति अर्याल सरकारसँगै राजनीतिक सम्झौता गरेर रविलाई हिरासतमुक्त गराउने रणनीतिमा रहेको रास्वपा निकट स्रोत बताउँछ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको बताएकी छन् । शुक्रबार ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताएकी हुन् ।
मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समिृद्धिलगायतका समानताहरु रहेका चर्चा गरिन् । पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा.राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरुलाई आग्रह गरिन् ।
नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकला लगायतका कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरुलाई आग्रह गरिन् । नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसंग उल्लेख गर्दै मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझ्दारीहरु भएको स्मरण गराइन् ।
सो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उनले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...