राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो।
पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ।
१७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् । महतोले अन्य पदाधिकारी भने तोकेका छैनन्।
महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर नयाँ पार्टी खोलेका हुन् । उनले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मुल नारा बनाएका छन्।
मुक्कुमलुङ(पाथीभरा) पदयात्राका लागि ताप्लेजुङ आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिवार फुङलिङमा एउटा समूहले कालो झन्डा देखाएको छ । शनिवार फुङलिङस्थित होटेल प्यारिज आसपास महतोलाई कालोझण्डा देखाइएको हो ।
महतोलाई उक्त समूहले ‘विकास विरोधी’को आरोप लगाएको छ । शान्तिपूर्ण पदयात्राको नाममा झडप र मुठभेटसम्मका घटना गराउन उक्साउने व्यक्ति भन्दै महतोलाई कालोझण्डा देखाएको उक्त समूहले जनाएको छ। कालोझण्डा देखाउनेमा अधिकांश महिला थिए ।
‘नो केबलकार पक्ष’ले भने केबलकार निर्माण कार्यको प्रतिरोधमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । फागुन ६ देखि ८ गते सम्म पाथीभरा क्षेत्रमा मुक्कुमलुङ पदयात्रा आयोजना गरेको थियो । महतो बिहीबार(८गते) उक्त पदयात्रामा सहभागी भएका थिए । उनी त्यसपछि पाथीभरा मुक्कुमलुङ क्षेत्रमै थिए ।
पाथीभरा क्षेत्रबाट फुङलिङ फर्कने क्रममा कालोझण्डा देखाएका हुन् । महतो गाडीमा सवार थिए, गाडी नरोकिइकन अघि बढेको थियो ।
बिहीबार केवलकारको निर्माणाधीन बेस स्टेसन नजिकै सुरक्षाकर्मी र ‘नो केबलकार पक्ष’बिच झडप समेत भएको थियो । काफ्ले पाटी क्षेत्रमा ‘नो केबलकार पक्ष’ले दिनहुँ जसो प्रदर्शन र कोणसभा गरिरहेका छन् । उनीहरूले मुक्कुमलुङ(पाथीभरा)आफ्नो प्रमुख मुन्धुमीस्थल भएकोले यसलाई सांस्कृतिक र प्राकृतिक रूपमा यथास्थानमै राख्नुपर्ने भन्दै त्यहाँ केबलकार निर्माण गर्न नहुने अडानका साथ आन्दोलन गर्दै आइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...