भक्तपुरलाई नजिकबाट हेर्ने मन छ ? मंसिर २८ देखि पुस २ गतेभित्र भक्तपुर आउनुस्
०९ कार्तिक २०८१
•
२ मिनेट पाठ
भक्तपुरलाई नजिकबाट हेर्ने मन छ ? मंसिर २८ देखि पुस २ गतेभित्र भक्तपुर आउनुस्
आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म ५ दिन भक्तपुर महोत्सव हुने भएको छ । महोत्सवमा भक्तपुरका सम्पूर्ण जीवनशैलि हेर्न पाइने जनाइएको छ ।




महोत्सवमा भक्तपुरमा रहेका कला, संस्कृति, नाचगान, बाजा, परम्परा, रहनसहन हेर्न पाइने जनाइएको हो । साथै महोत्सवको क्रममा खाना, जुजु धौ (दही) को प्रदर्शन तथा स्वाद पनि चाख्न पाइने जनाएको छ । महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडाका टोलटोलहरुमा विभिन्न प्रदर्शनीहरु रहने जनाइएको छ ।

महोत्सवको क्रममा नगरको लायकु, क्वाठण्डौ, दतात्रय र टौमढीमा साँंस्कृतिक कार्यक्रम हुने जनाइएको छ । तव सत (पाटी):, लायकु र वाँंचु त्वमा तस्वीर प्रदर्शनी, च्यासिंमण्डप र लायकुमा नगरा वादन, लायकु, थथुबही र कुथुवहीमा चित्रकला, छ्वालीकला, तस्वीर र पौभा, लायकु फसीदेग पछाडि परम्परागत पोशाक प्रदर्शनी हुने जनाइएको छ । साथै तुलाछें, यातुवारे पुखु कमलविनायकमा खाना महोत्सव हुने जनाइएको छ । 

साथसाथै भुलाछेंमा परम्परागत बाद्यवादनको प्रदर्शनी, नागपुखु र थालाछेंमा परम्परागत धागो रंगाउने, प्रशन्नशील महाविहारमा क्वाठण्डौंमा कुमारी (जीवित देवी) प्रदर्शनी हुने जनाइएको छ । यसरी नै दीपंकर बुद्धको प्रदर्शनी, नवदुर्गाको प्रदर्शनी, नौका विहार, परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलिको गतिविधिको प्रदर्शनी, नौबाजा प्रदर्शनी, दीपावलीलगायतका गतिविधि हुने जनाइएको छ । कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, कुखुरा एवं अण्डा महोत्सवलगायतका गतिविधिहरु पनि महोत्सवको क्रममा नगरका टोलटोलमा हुने जनाइयो ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न यसअघि नै नगर प्रमुख सुनील प्रजापतिको संयोजकत्वमा एक सय ६१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको पहिलो बैठकमा संयोजक एवं नगर प्रमुख प्रजापतिले  “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरका जनताको महोत्सव भएको बताए । भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गर्न लागेको उनले बताए । उनले महोत्सवले भक्तपुर नगरबासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेशा र व्यवसायीहरुलाई सहयोग हुने अपेक्षा गरिएको पनि बताए ।

महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न गठन १३ वटा समिति, उपसमितिहरु गठन गरिएको जानकारी पनि त्यस अवसरमा गराइयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद बुढाथोकीलगायतले पाँचदिने महोत्सवलाई भव्यताका सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको खाँंचो औल्याए । कार्यक्रममा महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गरेका थिए ।  
अर्को समाचार
भक्तपुर महोत्सव २०८१ को तयारी पूरा, कहाँ के-के हुँदैछ ?
२६ मंसिर २०८१
•
७ मिनेट पाठ
भक्तपुर महोत्सव २०८१ को तयारी पूरा, कहाँ के-के हुँदैछ ?
मंसिर २८ गते शुक्रबारदेखि हुने भक्तपुर महोत्सवको तयारी पूरा भएको जनाएको छ । आयोजक भक्तपुर नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।




पाँंच दिनसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पूर्ण गतिविधिहरु लगभग तयार भइसकेको जनाएको छ । यसअनुसार सास्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् । त्यसका लागि भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा प्रस्तुतिको विशेष व्यवस्था मिलाएको छ । ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् । त्यस्तै भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्ला बाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बासुरी बाजा समूहबीच प्रतियोगिता हुनेछ । ती बाजा टोलीहरूमध्ये मंसिर २९ गते ३३ वटा समूहको प्रस्तुति र मंसिर ३० गते बाकी १३ वटा समूहको प्रस्तुतिको व्यवस्था मिलाएको छं । प्रतियोगिताको पुरस्कार वितरण मंसिर ३० गते क्वाठण्डौंमा गरिने जनाइयो ।

महोत्सवको क्रममा भक्तपुरको मुलाछे र वाकुपति नारायण परिसरमा परम्परागत बाजाहरुको ९विभिन्न किसिमका खिंहरु, लाला खिं, धा, नाय खिं, को खिं, ढोलक, तबला, धिमाय, पछिमा, मादल आदि० प्रदर्शनी हुनेछ । त्यस्तै नगरका ५ स्थानमा नौबाजा प्रस्तुतिको व्यवस्था गरेको छ । भक्तपुर दरबार क्षेत्रमा परम्परागत नगरावादन प्रस्तुति हुने र नगरका टोलटोलमा ४६ वटा भन्दा बढी भजन समूहहरुले भजन प्रस्तुति गर्ने व्यवस्था भएको छ । त्यस्तै नगरका ६ स्थानहरुमा भुटेको अन्न र गेडागुडिबाट बनाइने हलिमलि प्रदर्शनी हुनेछ । भक्तपुरमा मनाइने विभिन्न किसिमका जात्रा पर्वहरुको नमूना प्रदर्शनीको व्यवस्था गःहितिमा मिलाएको छ । यसमा पुलुकिसी, सुयाम्हा ९परालको० भैलद्यो, ताहामचा, भैल खः, गाठामग र योसिंद्योको नमूना प्रदर्शनी हुनेछन् ।

प्रशन्नशील महाविहारमा कुमारी दर्शनको व्यवस्था मिलाइएको छ । प्रशन्नशील महाबिहारका साथै भक्तपुरका ५ वटा महाविहारहरुमा दिपंकर बुद्धको प्रदर्शनी हुनेछ । भक्तपुर इनाचोस्थित मुनिबिहारमा बुद्ध अस्तु र बौद्ध दर्शनको प्रदर्शनीको व्यवस्था मिलाएको छ । त्यस्तै भक्तपुरको प्रसिद्ध नवदुर्गाको द्यो ब्वेकेगु र दर्शनको व्यवस्था नवदुर्गा द्योछे अगाडि गःछेमा हुनेछ ।

प्रसिद्ध ५५ झ्याले दरबारमा नेवार समुदायको परम्परागत पौभा चित्र प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा तस्वीर ९फोटो० प्रदर्शनी, २ स्थानमा चित्रकला प्रदर्शनी र लायकुमा छ्वालीकला प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा नेवार समुदायको परम्परागत पोशाक प्रदर्शनी र बिक्रीवितरण तथा दत्तात्रय, लायकु र टौमढीमा नेवारी पोशाक बहालमा लिई फोटो खिच्ने व्यवस्था मिलाएको छ ।

नगरका ४ स्थान व्यासी, भोलाछे, वातिकुथि र लाकोलाछेमा नेवार समुदायका परम्परागत खेलहरुको प्रदर्शनी हुनेछ । साथै आधुनिक खेलतर्फ खो – खो, कबड्डी, किक बक्सिड्ड, तेक्वाण्डो, कराते, उसु, भलिबल, जिम्नास्टिक लगायतका खेलहरुको प्रदर्शनी शहिद स्मृति खेल मैदानमा हुनेछ ।  

भक्तपुरको मौलिक उत्पादन जुजु धौको महोत्सव लालाछे, स्वंग लोह ९इनाचो० र जेलामा व्यवस्था मिलाएको छं । उक्त स्थानमा विभिन्न किसिमका दहीहरुको प्रदर्शनी र बिक्री वितरण समेत हुनेछ ।

भक्तपुरको प्रसिद्ध भाज्या पुखु र कमल विनायक पोखरीमा खाना महोत्सव हुनेछ । उक्त स्थानहरुमा ४३ वटा स्टलहरुमा विभिन्न परम्परागत नेवारी तथा आधुनिक खाद्य परिकारहरुको बिक्री वितरण व्यवस्था मिलाएका छ । नगरभरि टोल—टोलमा स्थानीय समुदाय, महिला समूह, टिम क्लब, विद्यालय र सहकारी संघ संस्थाहरुबाट २९ वटा खाद्य स्टलहरुको व्यवस्था गरी भक्तपुर महोत्सवको अवलोकनको लागि आउनु हुने आन्तरिक र बाह्य पाहुनाहरुलाई विभिन्न खाद्य सामग्रीबाट सत्कार गर्ने पनि व्यवस्था मिलाएको छ ।

नगरको तालाक्व क्षेत्रमा नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने माटाका भाडाकुडाको प्रदर्शनी हुने जानकारी गराइएको छं । नगरका विभिन्न ११ स्थानमा स्थानीय नेवारहरुको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कारहरु नमूना प्रदर्शनीको व्यवस्था मिलाएको छ । साथै नगरका विभिन्न स्थानमा परम्परागत सीप र कलासंग सम्बन्धित चिउरा कुट्ने, जाड बनाउने, रक्सी बनाउने, धान कुट्ने, कपडा बुन्ने, थाज्या यनेगुलगायतका परम्परागत विधिहरुको जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएको छ । भक्तपुरको साकोलान र इचाडोल दुई स्थानमा परम्परागत तरिकाबाट तोरीको तेल उत्पादन गर्ने चिकं सः प्रयोगको जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएको छ ।

भक्तपुरको लामु गः मा विभिन्न १८ वटा प्रकाशन गृहहरुबाट २५ वटा स्टलहरुमा विभिन्न किसिमका पुस्तकहरुको प्रदर्शनी हुने भएको छ । साथै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज देकोचा तथा ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ लिवालीमा शैक्षिक प्रदर्शनीको व्यवस्था मिलाइएको छ । ख्वप कलेज देकोचामा २६ वटा विद्यालयहरुबाट र ख्वप इन्जिनियरिड्ड कलेजमा वास्तु सम्बन्धि ९ वटा, सिभिल इन्जिनियरिङसम्बन्धी १० वटा प्रदर्शनी गर्नेछन् । ख्वप कलेजमा साहित्यकार हृदयचन्द्र सिंह प्रधानका उत्कृष्ट नाटकहरु प्रत्येक दिन प्रस्तुत गरिनेछ ।

भक्तपुर नगरपालिका वडा नं। ५ पसिखेल तरकारी बजारमा हुने कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी हुनेछ । तरकारी बजारमा स्थानीय व्यापारीहरुबाट तरकारी पसल सञ्चालन गर्न आवश्यक तयारी भइरहेको जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलस्थित योसिंखेलमा १२ वटा विद्यालयहरुबाट बालमैत्री प्रदर्शनी हुनेछ । उक्त स्थानमा बालबालिकाको मनोरञ्जनको लागि फेस् पेन्टिड्ड, किड्स प्ले स्टेशन, सास्कृतिक कार्यक्रम, बाल खेल प्रतियोगिता, फ्री आटर््स कर्नर, बाल स्काउट्स गतिविधि, शैक्षिक सामग्री पै्रदर्शनी, फोटो कर्नर, स्थानीय पिङ आदिको व्यवस्था मिलाएको छ ।

नगरका ३ स्थानहरु नः पुखु परिसर, नासमना र तेखापुखुमा घरेलु तथा साना उद्योगसंग सम्बन्धित परम्परागत सीप र कलाको जीवन्त प्रदर्शनी र सोसंग सम्बन्धित उत्पादनहरुको प्रदर्शनी एवम बिक्री वितरणको व्यवस्था मिलाएको छ । भक्तपुरको थालाछे र गोल्मढीमा परम्परागत रुपमा धागो रंग्याउने प्रदर्शनी हुनेछ ।

भक्तपुर नगरपालिका वडा नं ७ स्थित यातामा ९ वटा सहकारी संस्थाहरुबाट १४ वटा स्टलहरुमा सहकारीहरु गतिविधि प्रदर्शनी गरिनेछ । साथै उक्त स्थानमा दैनिक सास्कृतिक कार्यक्रम हुने र अवलोकनकर्ताहरुको लागि खाद्य स्टलको समेत व्यवस्था रहेको जानकारी गराइएको छ ।

भक्तपुरको ४ वटा पोखरीहरुमा पाहुनाहरुको मनोरञ्जनको लागि नौका बिहारको लागि २३ वटा डुड्डा व्यवस्था छ भने नः पुखुमा वाटर साइक्लिड्डको व्यवस्था गरेको छ ।

नगरका दुई स्थानहरु सानो व्यासी र महेश्वरी खेल मैदानमा व्यापार मेलाको व्यवस्था मिलाएका छ । सानो ब्यासीमा आधुनिक डोम स्टलको व्यवस्था मिलाइएकोमा ४० भन्दा बढी स्टलहरुको बुकिड्ड भइसकेको जनाएको छ । महेश्वरी खेल मैदानको व्यापार मेला ९० भन्दा स्टल बुकिड्ड भइसकेको पनि जानकारी गराइएको छ ।

त पुखु र यातु बा¥हे पुखुमा दिपावलीको व्यवस्था मिलाएको छ । भाज्या पुखुको जलेश्वर मन्दिरमा दिपावली हुनेछ । यसका साथै भक्तपुर दरबार क्षेत्रमा मूर्तिकलाका कलाकारहरुबाट विभिन्न मूर्तिहरुको प्रदर्शनीको व्यवस्था मिलाएको छ । भक्तपुर महोत्सव अवलोकनको लागि आउने सम्पूर्ण पाहुनाहरुको लागि नगरका विभिन्न ७ स्थानहरुमा ९क्वाठण्डौ, दत्तात्रय, टौमढी, तालाक्व, खला, रानीपोखरी, कमलपोखरी० महोत्सवलाई लक्षित गरी इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकसग सम्झौता गरी निःशुल्क वाईफाईको व्यवस्था मिलाएको छ ।

महोत्सवमा आउने सम्पूर्ण पाहुनाहरुलाई आवश्यक सेवा सुविधा प्रदान गर्न नगरका विभिन्न १८ स्थानमा सूचना केन्द्र, १४ स्थानमा प्राथमिक उपचार केन्द्र, ३० भन्दा बढी स्थानमा खानेपानी , ३० भन्दा बढी स्थानमा शौचालय सुविधा, २२ वटा पार्किड्ड स्थलको व्यवस्था मिलाएको जनाएको छ । साथै महोत्सवलाई मध्यनजर गरी महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा विहान ९ बजेदेखि साझ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गर्न नगरका विभिन्न १९ स्थानमा प्रवेश निषेधको व्यवस्था मिलाएको छ ।

महोत्सव अवधिभर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर, शसस्त्र प्रहरी बल भक्तपुरलगायतका सुरक्षा निकायहरुसंग समन्वय र सहकार्य भइरहेको जनायो । महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कूल ५७५ जना स्काउटरहरु परिचालन हुने छ । प्रतिदिन २५० जनाका दरले मुख्य गतिविधिहरु हुने स्थानमा स्वयम्सेवा गर्नेछन् । साथै विद्यालय र कलेजका विद्यार्थीहरु र आवश्यकताअनुसार स्वयम्सेवकहरु परिचालनको तयारी भइरहेको जानकारी गराएको छ । महोत्सवको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंबाट हुने पत्रकार सम्मेलनमा आयोजक नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस