कोशीमा भौतिक मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी
०८ कार्तिक २०८१
•
१ मिनेट पाठ
कोशीमा भौतिक मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि दिएका छन्।




मुख्यमन्त्रीको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै पूर्वाधार विकास मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको थियो। तर, कांग्रेसले मन्त्री नपठाउँदा उक्त मन्त्रालय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै सम्हाल्दै आएका थिए। कांग्रेस भित्रको आन्तरिक किचलोका कारण स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्री नियुक्त हुन नसक्दा प्रदेश सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन।

कांग्रेसको संस्थापन पक्ष इतरका नेता डा शेखर कोइराला पक्षको भागमा स्वास्थ्य मन्त्रालय परेको भए पनि डा शेखर कोइरालाले दुई जना मन्त्री नभई सरकारमा कसैलाई नपठाउने अडान लिएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

यता नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदेश सरकारलाई पूर्णता दिनेबारेमा पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्ने बताएका छन्। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा कोइरालाले प्रदेश सरकारका विषयमा  चित्त नबुझेको कुरा पार्टी सभापतिसँग राख्ने बताएका हुन्। 
अर्को समाचार
सुन्दर हरैचामा प्रसूति तथा बालरोग अस्पताल शिलान्यास
०९ साउन २०८२
•
१ मिनेट पाठ
सुन्दर हरैचामा प्रसूति तथा बालरोग अस्पताल शिलान्यास
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की
 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसूति तथा बालरोग अस्पताल शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताए।




देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन गर्न सक्ने अवस्था सिर्जना हुने र यसले विदेशबाट आउने विद्यार्थी आकर्षित गर्न सकिने उल्लेख उनले यसतर्फ पूर्वाञ्चल विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए।  

मुख्यमन्त्री कार्कीले विदेशबाट विद्यार्थीहरू ल्याएर नेपालमा पढाउन सके आर्थिक समुन्नति पनि हुने र पर्यटन प्रवर्धन मा पनि सहयोग पुग्ने पुग्ने चर्चा गरे । पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै स्रोतमा यो अस्पताल निर्माण सुरु गरिएको विश्वविद्यालयका उपकुलपति बिजु थपलियाले जानकारी दिए।  

अहिले पहिलो चरणमा १२ करोड ४ लाखमा लागतमा २०८३ साल पुस महिनामा सक्नेगरी काम सुरु गरिएको जानकारी दिँदै थपलियाले यो अस्पताल पूर्ण निर्माण सम्पन्न गर्न ४३ करोड लागत अनुमान गरिएको बताए।  

उनको  अनुसार सुन्दर हरैचा स्थित विश्वविद्यालय परिसरमा शिलान्यास गरिएको यो अस्पतालको काम पहिलो चरणको सम्पन्न गरेपछि अरू थप निर्माण सुरु गरिनेछ। पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल स्तर उन्नति गर्न लागि यो अस्पताल निर्माण गरेको हो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस