ज्ञानेन्द्रको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति: दाहाल
२३ असोज २०८१
•
४ मिनेट पाठ
ज्ञानेन्द्रको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणलाई ‘आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति’ का रूपमा चित्रण गरेका छन् । 




‘यो पनि आन्तरिक राजनीतिक संकटकै अभिव्यक्ति हो,’ पूर्व प्रधानमन्त्री दाहालले बिहीबार बिहान सम्पादकहरूसँगको कुराकानीका क्रममा भने, ‘त्यहाँ जुन किसिमको स्वागत भयो, त्यो आन्तरिक संकटकै निरन्तरता हो ।’

पूर्व राजा ज्ञानेन्द्रलाई भुटानमा गरिएको स्वागत सत्कारका सम्बन्धमा यस्तो टिप्पणी गरे पनि दाहालले नेपालमा राजतन्त्रको पुनरावृत्तिको सम्भावनालाई भने इन्कार गरे । ‘कतैबाट हेर्दा पनि राजा आउन सक्ने सम्भावना छैन,’ उनले भने, ‘गणतन्त्रबाट राजतन्त्रमा फर्किन सम्भव छैन । तैपनि यसलाई संकटकै अभिव्यक्तिका रूपमा भने लिएको हुँ ।’

भौगोलिक चुनौती

दाहालले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको टिप्पणी गर्दै विज्ञहरूले तेस्रो विश्वयुद्ध सुरु भइसकेको वा हुन लागेको भनी टिप्पणी गरेको समेत बताए । दक्षिण एसियामा सरकार भत्किने र बन्ने गर्नुपछाडि पनि अन्तर्राष्ट्रिय कारणहरू रहेको टिप्पणी उनको थियो । 

नेपालको परिस्थिति भूराजनीतिक कारणले मात्र होइन भौगोलिक परिस्थितिका कारण पनि अप्ठ्यारोमा रहेको उनले बताए । पानीको मौसममा बाढी पहिरो, अरू बेला खडेरी र डढेलोजस्ता समस्याको सामना गर्नुपरेका कारण पनि यसलाई विचार गरी राज्यका नीति बन्नु पर्ने राय दाहालको थियो । 

विकासमा नाममा देशको भौगोलिक अवस्थाको अध्ययन नगरी अघि बढ्दा अहिलेको संकट आएको अध्यक्ष दाहालले उल्लेख गरे । यही असोज १० र ११ गते आएको भारी वर्षा र बाढी पहिरोको कहर पछाडि यहाँ भइरहेको गिट्टी बालुवा उत्खनन लगायतका पक्षसँग पनि जोडेर हेरी अध्ययन गर्नुपर्ने राय दाहालको देखिन्छ । 

‘प्राकृतिक स्रोतको परिचालनमा पनि व्यापक छलफल गर्नु र जनमत बनाउनु आवश्यक देखिएको छ,’ दाहालले भने । 

हालैको बाढी पहिरो सामना गर्न राज्यको तयारी नपुगेको टिप्पणी पनि दाहालले गरे । मौसम विज्ञान विभागले भविष्यवाणी गरेपछि आफूले त्यसको तयारीका निम्ति आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेको उल्लेख गर्दै त्यसमा सरकारको ध्यान नपुगेकोमा आलोचना गरे । 

तर, संकटका बेला सबै मिलेर समस्या समाधान गर्ने यहाँको परम्परा रहेकोतर्फ आफू जानकार रहेको पनि दाहालले बताए ।  २०७२ साल वैशाखमा भूकम्प गएपछि समस्यामा परेका जनतालाई संविधान निर्माणका निम्ति सदै दल अग्रसर भएर शोकलाई शक्तिमा बदलेको इतिहास सम्झाउँदै उनले अहिलेको परिस्थितिमा पनि मिलेर अगाडि बढ्न सकिने उनले बताए । 

अध्यक्ष दाहालले वर्तमान सरकार संविधान संशोधन गर्नेको उद्देश्यका साथ बनेको भने पनि त्यस्तो नभएको उल्लेख गर्दै आफू त्यसका निम्ति तयार भएको बताए । अघिल्ला दुई संविधान संशोधनमा आफैँ प्रस्तावक रहेको इतिहास पनि रहेको भन्दै सम्पादकहरूको ध्यान केन्द्रित गराए । आफूले संविधान संशोधनका निम्ति पहल नगरेको भए मधेसी दललाई राजनीतिमा सहभागी गराउन सम्भव नभएको उनले बताए । 

संकटका कारक

बाढी पहिरोका कारण मुलुक संकटमा परेका बेला आन्तरिक राजनीतिबारे आफू जान नचाहेको दाहालले अभिव्यक्ति दिए । तर, पहिलो (नेपाली कांग्रेस) र दोस्रो (नेकपा एमाले) दल मिलेर सरकार बनाउनु नै संकटको चुरो रहेको दाहालले जिकिर थियो । 

संविधान संशोधनलाई उद्देश्य बनाएर अहिले दुई दलले सरकार बनाएको प्रसङ्ग उल्लेख गर्दै आफू प्रधानमन्त्री रहेका बेला पनि यस विषयमा कुराकानी गर्न मिल्थ्यो भन्ने दाहालको धारणा रह्यो । ‘म सरकारमै हुँदा संविधान संशोधनबारे बताउन मिल्दैनथ्यो र ?’ उनको प्रश्न थियो, ‘यो विषय लुकाउनु पर्ने, लुक्नु पर्ने हुँदैनथ्यो । कुरो त छ्याङ्गै छ नि । संकट छ भन्ने यसैले देखाएको छ ।’

सांसदका दुई ठुला दल मिलेर सरकार नबन्ने उनले बताए । ‘संसदीय लोकतन्त्रमा सरकार यसरी बन्दैन,’ उनले भने, ‘यति धेरै ढाँट छलबाट सरकार बन्दैन, अहिलेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन, यो बहाना मात्र हो ।’

आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध सक्रिय हुन थालेपछि रोक्न नयाँ सरकारको पहल भएको आरोप पनि उनले दोहो¥याए । 

संविधानप्रति एमालेको नकारात्मक रवैया रहेको दाहालले बताए । ‘एमाले नेतृत्वकै साथीहरूलाई यो संविधान घाँडो भएको छ । सुरुदेखि नै उहाँहरूलाई यो मन परेको छैन । यसमा सुरु देखि नै माओवादीको अनुहार उहाँहरूले देख्नु भएको छ ।’

एमालेको चाहना संविधान संविधान संशोधनभन्दा पनि खारेजी रहेको उनले बताए । हिजो दुई पटक प्रतिनिधिसभा विघटन पनि संसद् विघटनभन्दा पनि संविधान विघटनको उद्देश्य रहेको दाहालले उल्लेख गरे । 

‘उहाँहरूलाई यो संविधान मन परेको छैन । समावेशी पनि मन परेको छैन । सङ्घीयता मन पर्ने कुरै भएन,’ दाहालले भने । 

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनआन्दोलन २०६२/६३ मा दिएको अभिव्यक्ति उल्लेख गर्दै भने, ‘ठेल गाडा सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको भित्रभित्रै मन परेको छैन,’ उनले भने, ‘उहाँहरूको टार्जेट (लक्ष्य) चाहिँ अर्कै हो ।’ 

संविधान संशोधनलाई बहाना बनाएर अन्य काम गर्न खोजे त्यसले झनै संकट गहिरिने दाहालले बताए । अहिलेसम्म प्रदेशलाई अधिकार नदिइएको, निजामती र प्रहरी ऐन नबनाइएको पक्षलाई समेत उनले सङ्घीयता कार्यान्वयन गर्ने इच्छा वर्तमान सरकारमा नरहेको तर्फ उनले संकेत गरे । 

अहिले संविधान संशोधनभन्दा पनि यसको इमानदारीपूर्ण कार्यान्वयन आवश्यक रहेको उनले बताए । अहिलेको संविधान वृहत् शान्ति सम्झौताकै अंग रहेको उल्लेख गर्दै यसलाई बिर्सन खोजे संकट अवश्यम्भावी रहेको उनले बताए । 
अर्को समाचार
हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नुहोस् : अध्यक्ष ओली
११ साउन २०८२
•
३ मिनेट पाठ
हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नुहोस् : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन्। शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई यस्तो निर्देशन दिएका हुन्। 




भर्खरै सम्पन्न एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेकोमा धन्यवाद दिँदै अध्यक्ष ओलीले सङ्घर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने स्पष्ट पारे।   

‘सिङ्गो एमाले पार्टी र हामी पार्टीका नेताहरू सङ्घर्षपूर्ण इतिहासमा ठुला–ठुला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौँ’ बैठकमा प्रधानमन्त्री  ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रूपमा समाधान हुन्छ । तपाईँहरू यसमा अलमलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।’

राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरू देखेर अत्तालिएका शक्तिहरूकै कारण पार्टी भित्र अस्थिरताको हावा चलाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिङ्गो एमालेका लागि दुःखद भएको बताएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले जानकारी दिए।  

‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारी देखि सिङ्गो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पुर्वराष्ट्रपति ज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ’, उनले थपे,  ‘लामो समय जारी राजनीतिक सङ्घर्षको उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ।’

देशकै अभिभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण नवौँ केन्द्रीय कमिटी मार्फत एमाले पछिल्लो निर्णयमा पुग्नु परेको बताएका अध्यक्ष ओलीले कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न एक सूत्रीय अर्जुन दृष्टिका साथ लाग्न निर्देशन दिए।  

आफूले पार्टीको नेतृत्व सम्हालेको समय देखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने? कसरी राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने? भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्नु भएका ओलीले एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिए।  

बैठकमा एमाले कर्णालीका नेताहरूले पार्टी अध्यक्ष ओलीसमक्ष कर्णालीको सङ्गठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तुहरू राख्नु भएको एमाले कर्णाली इन्चार्ज बोगटीले जानकारी दिए।  

उनका अनुसार नवौँ केन्द्रीय कमिटी बैठक पछि एकताबद्ध रूपमा पार्टी अध्यक्ष समक्ष गहन छलफल गर्ने पहिलो प्रदेशका रूपमा रहेको कर्णालीले पार्टीलाई एकताबद्ध बनाउदैं मिसन ०८४ मार्फत देशकै पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य भएकोमा जोड दिएको छ। पार्टीको केन्द्रीय कमिटीमा कर्णालीबाट प्रतिनिधित्व गर्ने अधिकांश नेताहरूको उपस्थिति रहेको बैठकको संयोजन प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले गरेका थिए। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस