देउवालाई मधेसका कार्यकर्ताले भने: आउने निर्वाचनमा एक्लै लड्न सरकारको नेतृत्व गर्नुपर्छ
०९ असोज २०८१
•
३ मिनेट पाठ
देउवालाई मधेसका कार्यकर्ताले भने: आउने निर्वाचनमा एक्लै लड्न सरकारको नेतृत्व गर्नुपर्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाली कांग्रेसका ८ वटै जिल्लाका नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न माग गरेका छन्।




बुधबार पर्साको वीरगन्जमा बसेको ८ वटै जिल्लाबाट केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने कांग्रेसका पदाधिकारी, सङ्घीय  प्रतिनिधि सभा सदस्य, मधेस प्रदेशका समितिका पदाधिकारी र प्रदेश सभा सदस्यहरु, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू लगायत नेता कार्यकर्ताहरूले ,सभापति देउवासँग यस्तो माग गरेका हुन्।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले नेपाली कांग्रेसले मधेस प्रदेशमा सरकारको नेतृत्व नगरेर कांग्रेसलाई मधेस प्रदेशमा कमजोर बनाउने कार्य गरेकोले आरोप लगाए।

मधेस प्रदेशमा नेपाली कांग्रेसलाई बलियो बनाउनको लागि सरकारको नेतृत्व आफ्नो हातमा लिनु पर्ने सुझाव समेत उनले  दिए।

कार्यक्रममा बोल्दै पर्साबाट प्रदेश सभा सदस्यमा प्रतिनिधित्व पर्ने श्याम पटेलले मधेस प्रदेशमा मधेसवादी दलहरुलाई मात्रै सरकारको नेतृत्व गर्न दिएको कारणले कांग्रेसका नेता कार्यकर्ताहरूमा निराशा बढेको बताए।

कांग्रेस मधेस प्रदेशका सह–महामन्त्री जयनारायण यादवले मधेस कांग्रेसको गढ मानिँदै आए पनि सरकारको नेतृत्व मधेसवादी दललाई दिएर कांग्रेसले आफ्नै गढलाई कमजोर बनाउने कार्य गर्न लागेको बताए।

आउने निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाने बताएको अवस्थामा मधेस प्रदेशका अधिकांश प्रतिनिधि सभा र प्रदेश सभामा विजयी बन्नको लागि मधेसमा सरकारको नेतृत्व गर्न जरुरी देखिएको यादवले बताए।

मधेसवादी दलहरुको ब्रह्म्लुट रोक्न र मधेसी जनतालाई सरकारको अनुभूति दिलाउन मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नु पर्ने र त्यसको लागि पार्टी सभापतिले पहल गर्नु पर्ने माग यादवले गरे।

कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री बिरेन्द्र सिंहले मधेसवादी दलहरूले मधेस सरकारको नेतृत्व गर्दा विधि प्रक्रिया मिचेर धेरै खर्चहरू गर्ने गरेकोले त्यसलाई रोक्नको लागि पनि अब उनीहरुलाई सरकारको नेतृत्व दिन नहुने बताए।

कांग्रेस मधेस प्रदेशका उपाध्यक्ष चन्द्रशेखर यादवले मधेसमा देखिएका मलका समस्या, सिँचाइका समस्या समाधानको लागि पनि काँग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने माग गरे।

मधेस प्रदेश सभापति कृष्ण यादवले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गरिएमा मधेसवादी दल भन्दा मधेसी जनताहरूको हकमा राम्रो र लोकप्रिय काम गरेर देखाउने बताए।

कांग्रेस सभापति देउवाले  ८ वटै जिल्लाबाट केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने  पदाधिकारी , सङ्घीय प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला सभापति, लगायतका नेता कार्यकताहरुको माग सम्बोधन गर्न आफू प्रतिबद्ध गरेको बताए। कांग्रेसको जड मधेस प्रदेश भएकोले आफुले मधेसमा कांग्रेसलाई बलियो बनाउने कार्यमा लागेको सभापति देउवाले बताए।

देशमा लोकतन्त्र ल्याउनको लागि आफूले पटक पटक मधेसमा आएर कांग्रेसलाई बलियो बनाउने कार्य गरेको सम्झना समेत अहिले आफूसँग रहेको उनले सुनाए।

अब कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने मधेस प्रदेशमा पनि काँग्रेस कै नेतृत्वमा सरकार बनाउने प्रतिबद्धता देउवाले गरे।

मधेस प्रदेश समितिले मधेसमा सरकारको नेतृत्व गर्नको लागि सभापति देउवालाई सुझाव पत्र समेत दिएको दिएको छ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वीरगन्जको दियालो होटलमा मधेस प्रदेशका ८ वटै जिल्लाबाट बोलाएका नेता कार्यकर्ता।
अर्को समाचार
राष्ट्रिय सभामा सरकारले गुमायो बहुमत
३२ असार २०८२
•
२ मिनेट पाठ
राष्ट्रिय सभामा सरकारले गुमायो बहुमत
राष्ट्रिय सभामा सरकारले बहुमत गुमाएको छ। तीन सिट भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै सरकारले बहुमत गुमाएको हो। प्रतिनिधि सभामा झन्डै दुईतिहाइको सरकार राष्ट्रिय सभामा भने निरीह देखिएको छ।




५९ सदस्यीय राष्ट्रिय सभामा अब सरकारसँग २८ सिट (सांसद) मात्रै छ। राष्ट्रिय सभामा सरकारमा सामेल दलहरूमध्ये नेपाली कांग्रेससँग १६, नेकपा (एमाले) सँग ११ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ। यसरी हेर्दा सरकारको पक्षमा २८ सिट मात्रै पुग्छ।

यदि जसपा नेपालले समर्थन फिर्ता नलिएको हुन्थ्यो भने सरकारसँग ३१ सिट पुग्थ्यो। त्यो भनेको ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत हो तर, जसपा नेपालले समर्थन नै फिर्ता लिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको हो।

यता विपक्षमा भने बहुमत पुगेको छ। राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) सँग १७, नेकपा (एकीकृत समाजवादी)सँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि एकीकृत समाजवादी प्रवेश गर्दैछन्। उनको सङ्ख्या एकीकृत समाजवादीमा जोडिँदैछ। राष्ट्रपतिबाट मनोनीत सदस्यको तर्फबाट सरकारको पक्षमा एकभन्दा बढी सङ्ख्या बढ्न सक्ने अवस्था छैन। यसै भए पनि सरकारसँग २९ पुग्छ, त्यो पनि बहुमत होइन।

राष्ट्रिय सभाकै सङ्ख्या-सकसका कारण सरकार पूर्वसमझदारीमा पनि पुग्न सकेको छैन। गत वर्षको असार १७ गते सरकार बनाउने समझदारी गर्दा कांग्रेस-एमालेले संविधान संशोधनको विषयलाई जोडतोडका साथ उठाएका थिए तर, राष्ट्रिय सभामा बहुमत पुर्‍याउन सकस भएकै कारण त्यो अजेन्डा समझदारीमा सीमित बन्न पुगेको छ। जसपा नेपालले पनि हात झिक्दा सरकार झन् कमजोर बनेको छ।

राष्ट्रिय सभाको सङ्ख्या-सकसको कथा सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि संविधान संशोधनको भाखा २०८७ साल पुर्‍याएका छन्। जसको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले भने विरोध गर्दै यही संसदीय कार्यकालभित्र त्यो काम हुनुपर्ने बताउँदै आएको छ। तर, अहिलेसम्म प्रारम्भिक कामसमेत सुरु हुन सकेको छैन। यही पृष्ठभूमिमा जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

यो पनि पढ्नुहोस्

जसपा नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस