मेयर साम्पाङको दाबी: बालेन र मलाई जेल हाल्ने योजना छ
२६ भदौ २०८१
•
१ मिनेट पाठ
मेयर साम्पाङको दाबी: बालेन र मलाई जेल हाल्ने योजना छ
धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफूलाई र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको दाबी गरेका छन्।




बुधबार सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले आफूलाई र मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको बताएका हुन्। 

उनले लेखेका छन्, 'बालेन र मलाई जेल हाल्ने सम्मको योजना छ रे उनेरुको !'

यता काठमाडौं महानगरले नदी तटको मापदण्ड थप २० मिटर कायम गर्न लागेको छ। सर्वोच्च अदालतले नदी तटको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशलाई आधार मानेर उक्त काम गर्न लागेको मेयर साहले बताएका छन्।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वोच्चको फैसलालाई पुनरावलोकन गर्नुपर्ने बताएका थिए। यता मेयर साहले भने तीन वर्षअघिको फैसलालाई सोही समयमा किन पुनरावलोकन नगरेको भन्दै प्रश्न गरेका थिए। 
अर्को समाचार
भगवान् भण्डारीले हटाए सबै स्टाटस, सम्बन्धित पक्षहरूबाट खण्डन
३० जेष्ठ २०८२
•
२ मिनेट पाठ
भगवान् भण्डारीले हटाए सबै स्टाटस, सम्बन्धित पक्षहरूबाट खण्डन
लामो समययता अमेरिका बसेर नेपालको राजनीतिमा चासो राखिरहने कलाकार भगवान् भण्डारीले आफ्ना पछिल्ला सबै फेसबूक स्टाटसहरू हटाएका छन्।




बिहीबार (हिजो) काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितको सहभागितामा गम्भीर राजनीतिक छलफल भएको र सुमना श्रेष्ठको संयोजकत्वमा नयाँ पार्टी बनाउने सहमति भएको दाबी गरेका भण्डारीले त्यसपछि पनि लगातार दुईवटा स्टाटस लेखेका थिए।

तर, उनले ती तीनवटै स्टाटस हटाइसकेका छन्। आफ्नो पहिलो स्टाटसमाथि समाचार बनेपछि उनले हिजै साँझ ६ बजेतिर ‘मिडियाले गलत बुझ्यो’ भनेर अर्को स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले भनेका थिए, ‘मिडियाले गलत बुझ्यो, नयाँ पार्टी खोल्न लागेको होइन, सबै समाहित भएर नयाँ नाम फेर्न खोजेको हो।’

भगवान् भण्डारीको दोस्रो स्टाटस, जुन अहिले हटाएका छन्।
उनको त्यो स्टाटसको पनि तीव्र आलोचना भएको थियो। त्यसपछि उनले शुक्रबार (आज) आज बिहान अर्को स्टाटस लेखेका थिए। जहाँ, उनले रास्वपाकै नाम फेर्नेबारे मात्रै कुरा भएको बताएका थिए। ‘नयाँ पार्टीको कुरा होइन, रास्वपाको नाम फेर्ने अनि बालेन-हर्कहरू जोडिनेबारे छलफल भएको हो,’ उनको तेस्रो स्टाटसमा भनिएको थियो।

तर, अहिले उनले ती सबै स्टाटसहरू हटाइसकेका छन्। सर्वप्रथम: यहीँबाट उनका स्टाटसहरू ‘हावादारी’ रहेछ भन्ने पुष्टि हुन्छ। दोस्रो, उनले स्टाटसमार्फत जे-जे भनेका थिए, ती कुराको सम्बन्धित पक्षहरूले खण्डन गरिसकेका छन्।

भगवान् भण्डारीको पहिलो स्टाटस, जुन अहिले हटाइसकेका छन्।
भण्डारीले गम्भीर छलफल भएको भनेर दाबी गरेकामध्ये हर्क साम्पाङले बिहानै फेसबूक स्टाटसबाटै खण्डन गरेका छन्। ‘हर्क-बालेनसहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रहेछ। त्यस्तो कुनै भर्च्यूअल मीटिङ नबसेको सबैलाई जानकारी गराउँदछु,’ हर्कले भनेका छन्।

यता रास्वपा नेताहरूले पनि यसबारे अनभिज्ञता प्रकट गरेका छन्। रास्वपा नेताहरू डा. तोसिमा कार्की, हरि ढकाललगायतका नेताहरूले यसबारे कुनै जानकारी नभएको भन्दै अनभिज्ञाता प्रकट गरेका छन्। ढकालले भनेका छन्, ‘सुमनाजी र हामी पनि आश्चर्यचकित छौँ। त्यस्तो कुनै कुरा छैन।’ यता बालेनले भने अहिलेसम्म केही भनेका छैनन्।

हर्क साम्पाङले गरेको खण्डारीको स्टाटसको खण्डन।
त्यसो त भण्डारी नेपालमा रहँदासम्म नेकपा (एमाले) निकट भनेर निचिन्थे। तर, पछिल्लो समय भने उनी रास्वपानिकट मानिन्छन्। नेपालका हरेक राजनीतिक घटना र सन्दर्भबारे प्रतिक्रिया ‘जनाउनैपर्ने’ उनको अहिले तीव्र आलोचना भइरहेको छ।

यो पनि पढ्नुहोस्

बालेन-हर्कसहित २० जनाबीच नयाँ पार्टी निर्माणबारे छलफल, सुमना श्रेष्ठ संयोजक बनाउने 'सहमति' !
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस