तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति
२६ भदौ २०८१
•
५ मिनेट पाठ
तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेर मन्त्रालय सम्हालेको दसौं दिन नेपाल छिरेका तीन तिब्बतीमाथि कूटनीतिक राजनीति भएको पाइएको छ।




२०८० चैत २ गते नेपाल आएका ती तीन तिब्बती नागरिकलाई तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले चीन फर्काउन खोज्दा आफ्नो कार्यक्षेत्र मिचिएको भन्दै नेपालमै शरणार्थी बनाएर राख्न खोजिँदा कूटनीतिक राजनीति भएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ।

प्रहरीको उच्च स्रोतले उपलब्ध गराएको घटना विवरणअनुसार गत चैत २ गते नेपाल छिरेका तिब्बती नागरिकलाई चीन फिर्ता गराउन नेपालस्थित चिनियाँ राजदूतले तत्कालीन परराष्ट्रमन्त्री श्रेष्ठमार्फत कूटनीतिक पहल गरेका थिए। श्रेष्ठले पनि नेपाल प्रहरीको उच्च नेतृत्वलाई ती तिब्बतीलाई तुरुन्तै ‘डिपोर्ट’ प्रक्रिया पूरा गराउन अध्यागमन विभाग पठाउन निर्देशन दिए। स्वयम्भू प्रहरी वृत्तमा रहेका ती तिब्बती नागरिकलाई अध्यागमन विभाग पठाइयो।

यो विषय नेपालस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) ले जानकारी पायो। युएनएचसिआरले तुरुन्तै तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेसमक्ष ती तीन चिनियाँ आफूलाई जिम्मा दिन आग्रह गर्‍यो। आफू भर्खरै गृहमन्त्री भएको र आफ्नो कार्यक्षेत्रमा श्रेष्ठले हस्तक्षेप गरेको भन्दै डिपोर्ट नगर्न तत्कालीन गृहमन्त्री लामिछानेले आदेश दिए। त्यसबीचमा श्रेष्ठ र लामिछानेबीच लामो संवादसमेत भएको थियो। 

गृह मन्त्रालयका केही अधिकारीहरू र चिनियाँ लबिङका केही माओवादी नेताहरूले समेत उनीहरूलाई चीन नै फिर्ता गराउन ठुलै कासरत गरेका थिए। तर लामिछानेले कुनै हालतमा त्यसो नगर्न प्रहरीलाई एकहोरो दबाब दिइरहे। प्रहरीले पनि नयाँ आएका गृहमन्त्रीको आदेशलाई नकार्न सकेन। अध्यागमन विभागमा पुर्‍याइएका तीन तिब्बती नागरिकलाई लामिछानेले नेपाल प्रहरीका उच्च अधिकारीलाई फोनमार्फत फिर्ता गर्न आदेश दिए। 

अध्यागमन ल्याइसकेका शरणार्थीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पुनः स्वयम्भू वृत्तमा पठायो। त्यसपछि उक्त वृत्तले ती नागरिकलाई युएनसिएचआरको जिम्मा लगाएको थियो। उनीहरूलाई पक्राउ भने काठमाडौं प्रहरी परिसरको सादा पोसाकको टोलीले गरेको थियो। ‘सादा पोसाकको टोलीले जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग हुँदै स्वयम्भू वृत्तमार्फत युएनएचसिआरको जिम्मा लगाएको थियो,’ स्रोतले भन्यो।

२०८० फागुन २३ गते श्रेष्ठलाई परराष्ट्रमन्त्री र लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । उनीहरू मन्त्री भएको १०औं दिनमै शरणार्थीलाई डिपोर्ट गर्ने कि राख्ने भन्नेमा विवाद भएको थियो। साथै हालका मुख्यसचिव एकनारायण अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई दिन मात्रै भएको थियो। यसको असर श्रेष्ठ र लामिछानेबीच चार महिनासम्म एउटै मन्त्रिपरिषद्मा रहँदा बोलचालसमेत बन्द भएको थियो। यो विषयमा के भएको थियो भनेर तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई सोध्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन।

उता यो विषयमा तत्कालीन गृहमन्त्री रवि लािमछानेको सचिवालयले याद नभएको जनायो । लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा कार्यरत प्रतिमा रावलले सो विषयमा जानकारी नभएको बताएकी हुन्। ‘गृह मन्त्रालयमा मैले सम्पर्क गरें। यो विषय आएको छैन, डिपोर्ट गर्ने प्रक्रिया परराष्ट्रको होइन भन्ने जवाफ पाएँ । साथै मैले सभापतिज्यूसँग पनि कुरा गरें। उहाँलाई यो विषयमा जानकारी छैन। प्रहरीले गर्ने काम भएकाले गृहमन्त्रीले हेरिरहनुपर्दैन,’ लामिछानेको भनाइ उद्धृत गर्दै रावलले भनिन्।

त्यस दिनको घटना सम्झँदै एक प्रहरी अधिकारीले भने हाम्रो विदेश नीतिप्रति नेताहरू गैरजिम्मेवार भएको बताए। ‘थेग्न नसक्ने गरी फोन आएको थियो, डिपोर्ट गर्नुपर्छ भन्नेको लामो संख्या थियो, त्यो समूहले धेरै पछिसम्म पनि पछ्यायो। अर्कातर्फ गृहका केही कर्मचारी पनि फिर्ता गर्ने पक्षमा देखिए,’ अप्रेसनमा संलग्न रहेका ती प्रहरी अधिकारीको भनाइ छ। उनका अनुसार त्यसको असर निकै लामो समय रह्यो। चीनले खुब दबाब दिइरहेको थियो।

नेपालले एक चीन नीति अख्तियार गरिरहेको छ । लामो समयदेखि नेपाल सरकारले चीनसमक्ष आफू एक चीन नीतिप्रति कटिबद्ध रहेको जनाउँदै आएको छ। त्यसकै आधारमा चिनियाँ राजदूतले नेपाल छिरेका तीन तिब्बती नागरिकलाई डिपोर्ट गराउने प्रयास गरेका थिए। तर शरणार्थीका रूपमा नेपाल आएपछि उनीहरूले शरण पाउने प्रावधान भएकाले उनीहरूको डिपोर्ट रोक्न संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय नै लागिपरेको थियो।

‘तत्कालीन परराष्ट्रमन्त्रीको दबाबले डिपोर्ट गर्न खोजेको थाहा पाएपछि गृहमन्त्रीमार्फत उनीहरूलाई शरणार्थी बनाएर नेपालमै राखिएको हो। उनीहरूको नाम पनि गोप्य राखिएको छ। चिनियाँ भाषामा लेखिएको नाम मात्रै सार्वजनिक भएको छ,’ स्रोतले भन्यो। अहिलेसम्म उनीहरूको नाम गोप्य रहेको स्रोतको दाबी छ।

यही क्रममा पछिल्लो पटक २०८१ असार ४ मा चीनको सिचुवान प्रान्तका उपगभर्नर ये हनविङले प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण नै रद्द गरेका थिए। प्रहरी प्रधान कार्यालयमा जाने कार्यतालिका रहेकोमा त्यहाँ नगई उनी रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको भ्रमणमा पुगेका थिए। 

त्यतिबेला उपगभर्नर ये हनविङ गृह मन्त्रालयमा गृहमन्त्री लामिछाने र गृहसचिवलाई भेटघाट गरी सुरक्षा क्षेत्रमा सामूहिक सहभागिता, विपद् जोखिम न्यूनीकरण र पूर्वाधार क्षेत्रमाथि काम गर्ने बताएका थिए। त्यसपछि उनको कार्यक्रम प्रहरी प्रधान कार्यालको अवलोकन भ्रमण थियो। उनको सो भ्रमण अचानक स्थगित भएको जानकारी नेपालस्थित चिनियाँ दूतावासले जानकारी गराएको थियो। 

त्यसपछि सो कार्यक्रम उपत्यका प्रहरी कार्यालयमा जाने जानकारी गराइएको थियो। ‘प्रहरी महानिरीक्षक वसन्त कुँवरका कारण आफ्ना नागरिक डिपोर्ट हुन नसकेको भन्ने सूचना भएकै कारणले प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण रद्द भएको रहेछ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।
अर्को समाचार
पत्रकार पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको माओवादी नेता श्रेष्ठद्वारा भर्त्सना
२८ जेष्ठ २०८२
•
१ मिनेट पाठ
पत्रकार पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको माओवादी नेता श्रेष्ठद्वारा भर्त्सना
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको भर्त्सना गरेका छन्।




प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा-पुत्र जयवीर देउवा र काठमाडौंको हिल्टन होटलसम्बन्धी एक भिडिओ बनाएको कारण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

यसको विरोध गर्दै श्रेष्ठले भनेका छन्, 'समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु हुँदैन, निरङ्कुश ,असहिष्णु , प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यता विरोधी निन्दनीय कार्य हो। यसको म तीव्र भर्त्सना गर्दछु र यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु।'

गलत सूचना दिने पत्रकारितालाई सच्याउनुपर्ने आवश्यकता भए पनि पक्राउ पुर्जी जारी गरिनु भने लोकतान्त्रिक नभएको भनाइ श्रेष्ठको छ। 'सञ्चारमाध्यममा कतिपय बेला अत्यन्त निराधार, गलत र गैरजिम्मेवार समाचार पनि प्रसारण हुने गरेका छन् र त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी छ। त्यस्ता पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ। तर, सम्बन्धित समाचार गलत हो र त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पकाउ पूर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन सकिँदैन। यस्ता कार्य बन्द गरियोस्,' उनले फेसबूकमा लेखेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस