‘नेता हुँ, आफैँ छाउपडी पीडित छु’
२९ असार २०८१
•
२ मिनेट पाठ
‘नेता हुँ, आफैँ छाउपडी पीडित छु’
'मेरो घर बाजुरा हो। राजनीतिमा लागेको दशक बित्यो। हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छु। चेतनशील छु। थाहा छ, ममाथि विभेद भएको छ। तथापि विभेद भोग्न बाध्य छु। घरमा म अहिले पनि महिनावारी भएको सात दिन सम्म छाउकोठामा बस्नुपर्छ। अहिले गाँउमा छाउगोठ हटाएर छाउकोठा बनाइएको छ। घरदेखि केही पर छाउकोठा बनाइएको छ। महिनावारी हुँदा त्यहीँ बस्नुपर्छ। परिवारले सुन्दैनन्। म आफैँ कुप्रथाबाट पीडित छु।'




आज आयोजित एक कार्यक्रममा राजनीतिमा सक्रिय नेता विद्या तिमिल्सिनाले आफू छाउपडी पीडित भएको गुनासो यसरी पोखिन्। छाउपडीविरुद्ध छलफलमा जुटेका महिला सांसद र अधिकारकर्मी उहाँको वेदना सुनेर भावुक भएका थिए।  उनीहरूले छाउपडी प्रथा निर्मूल गर्न सबै राजनीतिक दल, तिनका भ्रातृसङ्गठन र सङ्घसंस्था एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

जनसङ्ख्या र विकासको लागि सांसदहरुको राष्ट्रिय मञ्चको सहकार्यमा नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले ‘छाउपडी कुप्रथा र विभेद अन्त्यको साझा अभियान’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्य डा। विन्दा पाण्डेले बाजुराको बुढीनन्दा, हिमाली र स्वामीकार्तिक पालिकाका एक सय जनामा गरिएको सर्वेक्षणमा आधारित कार्यपत्र प्रस्तुत गरिन्।

कार्यपत्रमा उजले महिनावारी हुँदा छाउगोठमा ५२ प्रतिशत, छाउघरमा २३ प्रतिशत, भुइँतलामा १८ प्रतिशत र आफ्नै कोठामा ७ प्रतिशत बस्ने गरेका उल्लेख गरिन्। छाउगोठमा बस्दा एक्लै सुत्ने महिलाको सङ्ख्या ५७ प्रतिशत, साथीसँग २१ प्रतिशत, आमासित २१ प्रतिशत र दिदिबहिनी सँग १६ प्रतिशत सुत्ने गरेका छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ कार्यान्वयन नहुँदा कुप्रथा हटाउन नसकिएको डा. पाण्डेको तर्क छ। राजनीतिक दल, शैक्षिक क्षेत्र  र स्थानीय सरकारले छाउपडीको अन्त्यका लागि काम गर्नुपर्नेमा जोड दिएकी छिन्।

जाजरकोट घर भएकी प्रतिनिधिसभा सदस्य मैना कार्कीले छाउपडीको पीडाबाट आफू पनि पीडित भएको बताइन्। उनले महिनावारी भएदेखि नै भोग्दै आएको छाउपडीबाट सांसद हुँदासम्म पनि पीडित र प्रताडित भएको दुखेसो सुनाइन्। छाउपडीकै कारण गोठमा बलात्कार, सर्प र जनावरले मार्ने त्रास हुने उनले बताइन्।

अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष शर्मिला कार्कीले छाउपडी प्रथा उन्मूलन निर्देशिका कार्यान्वयन गर्न सरकार उदासीन भएको आरोप लगाइन्। उनले यो कुप्रथा निर्मूल गर्न बजेट जरुरी भएको र महिला मन्त्रालयले यसको अन्त्यका निम्ति नेतृत्व लिनुपर्छ भनिन्।

नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले स्थानीय तहको सहयोगमा यो कुप्रथा हटाउनुपर्ने सुझाव दिइन्। 
अर्को समाचार
अझै उस्तै छाउपडी
१२ भदौ २०८१
•
४ मिनेट पाठ
अझै उस्तै छाउपडी
कालीकोटको नरहरिनाथ गाउँपालिका लालुकी मनशोभा उपाध्याय महिनावारी हुँदा बस्ने ठाउँ मात्रै फेरिएको बताउँछिन्। ‘महिनावारी भएको समयमा बस्न बनाइएको गोठ भत्काइए पनि गाइगोठ र बाख्रा खोरमा बस्नुपरिरहेको छ,’ उनले भनिन्, ‘वर्षौंदेखि जरा गाडेर रहेको कुसंस्कार गोठ भत्काएर मात्रै हट्दो रहेनछ।’ कालीकोटमा अधिकांश घरमा देवताका मन्दिर र माडु छन्। त्यसैले पनि महिनावारी भएका महिलालाई घरभित्र राख्दैनन्।




संघीय संरचनाअघि नै तत्कालीन कतिपय गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको थियो। त्यसमध्येको एक हो मान्म गाविस। २०७१ सालमै मान्म छाउगोठमुक्त घोषणा गरिसकिएको हो। मान्म कालीकोटको जिल्ला सदरमुकाम पनि हो । १० वर्षअघि छाउगोठमुक्त भएकै ठाउँमा अहिले पनि छाउगोठहरू छन्, जहाँ महिनावारी हुँदा सात दिनसम्म महिला गोठमा बस्छन्।

खाँडाचक्र नगरपालिका–६ की देवीसरा विकले छाउपडी कुप्रथा अन्त्य गर्न तामझाम गरेर मात्रै नहुने बताउँछिन्। ‘हामीलाई त घरभित्रै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन्, ‘सासू–ससुरा पहिलादेखि चलेको चलन बिग्रियो भने देउता रिसाउँछन् भन्नुहुन्छ अनि बाहिर बस्न बाध्य हुन्छौं।’

खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले छाउपडी समस्या विकराल रहेको बताउँदै यसको अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। नयाँ पुस्ताले परिवर्तन चाहे पनि पुरानो पुस्ताले नमानेकाले समस्या भइरहेको बताए। छाउगोठ भत्काउने अभियानमा स्थानीयको सहभागिता भएन। संघीय सरकारको नीतिलाई जनप्रतिनिधिले साथ नदिँदा पनि अभियान प्रभावकारी हुन सकेन। वर्षौंदेखि समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथा एकैपटक प्रहरी–प्रशासन लगाएर अन्त्य गर्न सम्भव नरहेको दलित महिला हजा सुनारले बताइन्।

पाँच वर्षअघि कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सुर्खेतमा एक हजार नौ सय २४, दैलेखमा दुई सय ५९, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएका थिए। रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु र हुम्लामा छाउगोठ छैनन्।

कालीकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकामा धेरै गैरसरकारी संस्थाहरूले छाउगोठ भत्काउने अभियान चलाए। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा कालीकोटमा २० छाउगोठ भत्काइए।

खाँडाचक्र नगरपालिका–६ दाहाँकी मनशोभा शाहीले आफू महिनावारी हुँदा घरभित्र बस्ने मन हुँदाहुँदै पनि देउताको डरले बाहिर बस्नुपरेको बताइन्। उनी मात्र होइन, दाहाँ गाउँका धेरैजसो महिला छाउपडी गोठमा बस्ने गरेका छन्। देउता रिसाउने डरले आफूहरू छाउगोठमै बस्ने गरेको नरहरिनाथ गाउँपालिकाकी विमला शाहीले बताइन् । ‘सरकारले गोठ भत्काएपछि खुला ठाउँमा रात बिताउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘नबारे देउता रिसाउँछन्, घरपरिवारमा बिसन्चो हुन्छ।’

कालीकोटमा छाउगोठको कुरा कम रहेको बुझेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। उनले भने, ‘परम्परागत मूल्यमान्यताले गर्दा केही ठाउँमा गोठ बनाएर बस्ने गरेका हुनसक्छन्। बाकी गाईवस्तुको दुध खाएपछि बिरामी हुने, देउता रिसाउने कुरा भनेको कहिलेकाहीं संयोग मात्र हो।’

कर्णालीका १० वटै जिल्लामा २०७६ पुसमा तामझामका साथ छाउगोठ भत्काउने अभियान चल्यो । सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरूको सक्रियतामा सबै स्थानीय तहका धेरै छाउगोठ भत्काइए । त्यसअघि नै स्थानीय निकाय हुँदा पनि यहाँका प्रायः साविकका गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको थियो ।

बेलाबखतमा छाउगोठमुक्त घोषणा गरिएका साबिकका गाउँ विकास समितिहरूमा अहिले छाउगोठका स्वरूप फेरिएका छन्। पहिला छाउगोठ नै अलगै बनाएर बसिन्थ्यो भने अहिले प्रहरी प्रशासनलाई छल्नका लागि कुखुरा र बाख्राको खोरमा समेत छाउगोठ बनेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रहरीले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र कालीकोटमा दुई हजार २३५ छाउगोठ भत्काएको थियो। जसअन्तर्गत सुर्खेतमा एक हजार ९२४, दैलेखमा २५९, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुई ओटा छाउगोठ भत्काइएका थिए। तर प्रहरी, प्रशासनले छाउगोठ भत्काए पनि देवताको डरले महिला र किशोरीहरू त्यसको वैकल्पिक छाउगोठमा बस्न थालेका हुन्।

प्रहरीले छाउगोठ भत्काए पनि देवता रिसाउने डरले फेरि अस्थायी गोठ बनाएर बस्नुपर्ने बाध्यता रहेको नरहरिनाथ गाउँपालिकाकी पिरिङका बोहोराले बताइन्। ‘बाहिर गोठ बनाए प्रहरीले भत्काइहाल्छ । घरभित्र बसे देवता लाग्ने डर छ। त्यसपछि घरको छेउमै रहेको बाख्राको खोरमा बस्ने गरेकी छु,’ उनले भनिन्, ‘गोठ भत्काएर के गर्नु ? मान्छेको परम्परागत सोच भत्किन सकेन। हामी त मारमा छौं।’

ढोका नभएको घरको एउटा कोठामा बस्दै आए पनि घरमा कसैको अलिकति टाउको दुखे पनि छोइछाइ भएर देउता बिगारी भन्ने आरोपसमेत खेप्नु परेको शुभकालिकाकी डोल्मा शाहीको गुनासो छ। गाउँका अधिकांश महिला छाउगोठमै सुत्ने गरेको उनले बताइन्। 

पहिलेजस्तो छुट्टै गोठ निर्माण नभए पनि बाख्राको खोर, गाइगोठलगायतमा महिलाले महिनावारीका पाँच दिन गुजार्नुपरेको उनको भनाइ छ। महिनावारी भएका बेला घरभन्दा टाढा एक्लै छाउगोठमा बस्दा बलात्कार र दुव्र्यवहारको सिकार हुनुका साथै सर्पले टोकेर, निसास्सिएर र चिसोले मृत्युसम्मका घटना कर्णालीमा हुँदै आएका छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस