प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएपछि राष्ट्रिय राजनीति तरङ्गित भइरहेका बेला मंगलबार प्रधानमन्त्री दाहाल कांग्रेसको कार्यालय पुगेका हुन्।
सानेपामा पूर्व प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीका अवसरमा कांग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ। सोही कार्यक्रम अवलोकन गर्न प्रधानमन्त्री दाहाल सानेपा पुगेका हुन्।
सानेपामा कांग्रेसले कोइरालाको जन्म दिवसका अवसरमा मंगलबार ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा जन्म शताब्दी मनाइरहेको छ। जहाँ कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् भने केही प्यानल डिस्कसनहरू भइरहेका छन्।
तस्बिर प्रदर्शनीबाहेक कांग्रेसले तीन वटा बहस कार्यक्रम पनि राखेको छ। ‘क्रान्तिदेखि शान्तिसम्म’, ‘समुन्नतिको दोस्रो जग’जस्ता शीर्षकमा बहस भइरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत 'श्रम र उत्पादनमा वाइसिएल अभियान' को औपचारिक उद्घाटन गरे।
कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे।
उनले भने, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ। त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाइसिएललाई धन्यवाद दिन चाहन्छु।”
सम्बोधनका क्रममा दाहालले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे। संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उनले भने, “यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ।”
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...