कोशीमा ३५ अर्बको बजेट ल्याउने तयारी
०१ असार २०८१
•
२ मिनेट पाठ
कोशीमा ३५ अर्बको बजेट ल्याउने तयारी
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ।  सरकारले आगामी आर्थिक वर्षका लागि ३५  अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।




आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले ३५ अर्बको बजेट ल्याउने तयारी गरिएको जानकारी दिए। ‘३५ अर्बको बजेट ल्याउने तयारी गरेका छौँ ’ मन्त्री रानाले भने     ‘बजेटको अन्तिम तयारी भइरहेको छ । भोली बजेट ल्याउन बजेट भाषणसमेत तयार भइरहेको छ।’ ठूलो आकारको बजेट ल्याउँदा स्रोतको अभाव भई कार्यान्वयनमा समस्या आउने भएका कारण गत वर्षको भन्दा थोरै घटाएर बजेट ल्याउने तयारी भइरहेको रानाले बताए।

प्रदेश सरकारको पुरानै दायित्व धेरै भएकाले नयाँ र महत्त्वाकाङ्क्षी योजना खासै नआउने रानाले स्पष्ट पारे। रानाले भने, ‘पूर्वाधार आयोजनाहरूमा ९ अर्ब जति पुरानै दायित्व भएकाले नयाँ योजना खासै ल्याउन सक्ने अवस्था छैन।’ रानाले मापदण्ड तोकेर साना आयोजनाहरू पालिकालाई हस्तान्तरण गर्ने र प्रदेश स्तरीय आयोजनाहरूलाई स्तरीकरण गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको बताए। मन्त्री रानाले आगामी आर्थिक वर्षको बजेट पूर्वाधारमा केन्द्रित रहेको पनि बताए।

उनले भने, ‘बजेटले पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई दिएको छ। त्यसपछि कृषि, पर्यटन र सामाजिक विकास रहेको छ।’ यता अघिल्लो सरकारले सुरू गरेको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था भने आगामी आर्थिक वर्षको बजेटमा नसमेटिने मन्त्री रानाले बताए। उनले भने, ‘अघिल्लो सरकारले ल्याएको योजनालाई निरन्तरता दिन डेढ देखि  २ अर्ब जति बजेट आवश्यक पर्ने देखिएको र स्रोत सुनिश्चित हुने अवस्था नरहेका कारण उक्त योजनालाई निरन्तरता दिन सक्ने अवस्था देखिएको छैन।’

मन्त्री रानाले बालबालिकाको निःशुल्क उपचार र कडा रोगका बिरामीलाई दिने सहायताको कार्यक्रममा विषयमा थप अध्ययन गरी कसरी उपलब्ध गराउने भन्ने मापदण्ड निक्यौल गरेर मात्रै कार्यान्वयनमा जाने सरकारको योजना रहेको बताए। उनका अनुसार कडा रोगका बिरामीका लागि सहायता दिन चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ छु¥याएकोमा उक्त बजेट अपुग भएको छ। जसका कारण निवेदन दिएका  धेरै बिरामीहरूले उपचार खर्च पाउन नसकेको मन्त्री रानाले बताए।

यस्तै १० वर्ष मुनिका बालबालिकाको उपचारका लागि पनि ५ करोड रुपैयाँ बजेट छु¥याएकोमा उक्त बजेट पनि खर्च भइसकेका कारण थप बजेट सरकारले दिन सक्ने अवस्था नभएकाले स्रोतको अभावकै कारण दुबै कार्यक्रमलाई निरन्तरता दिन गाह्रो भएको मन्त्री रानाले बताए। उनले दुबै कार्यक्रमका विषयमा थप अध्ययन गरेर मात्रै सरकारले  आवश्यक निर्णय गर्ने  जानकारी दिए।

चालु आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालु तर्फ १४ अर्ब  ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको थियो। वित्तीय व्यवस्थापन तर्फ १ करोड  र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार विनियोजन गरिएको थियो। 
अर्को समाचार
कोशीमा बजेटबारे पूर्व छलफल, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी
२६ वैशाख २०८१
•
२ मिनेट पाठ
कोशीमा बजेटबारे पूर्व छलफल, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तिव्र पारेको छ।




पूर्वबजेट तयारीका सम्बन्धमा मंगलवार प्रदेश सरकारका सचिवहरूसँग भएको छलफलमा झन्डै २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको बुझिएको छ।

कोशीमा चालु आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट सार्वजनिक गरेका थिए।

उक्त बजेट अध्यादेश संसदमा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे सुुरु भएको थियो।

१२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रोपटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याएका थिए। सो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पेस गरेको प्रतिस्थापन विधेयक, २०८० मंसिर १३ गते पारित भएको थियो।

कोशी प्रदेशको राजनीतिक चलखेलका कारण यस वर्ष उही अवस्था हुँदैन भन्न नसकिने स्थिति छ। अब आगामी आर्थिक वर्षका लागि २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि पहिलो चौमासिक सकिएपछि कोशी प्रदेश सरकारले ३६ अर्ब ७४ करोड बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो। तर, आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा केही सानो हुने प्रदेश सरकारका सचिवहरूको धारणा छ।

आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावटका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाउने तयारी भइरहेको छ। बजेट निमार्णका लागि मन्त्रालयहरूलाई पनि सोहीअनुसारको सिलिङ उपलब्ध गराइएको छ। प्रदेशको राजश्व संकलन बढाउन भने आगामी आर्थिक वर्षदेखि नीतिगत व्यवस्था बमोजिम आवश्यक कामकारबाही अघि बढाउने गृहकार्य भइरहेको सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बताए।

आगामी आर्थिक वर्षका लागि भने पूर्वाधार विकासका क्षेत्रमा प्रदेशको प्रगति देखिने गरी बजेट निमार्ण भइरहेको बताइएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस