चितवन आएर ओलीले भने- रामको जन्म माडीको अयोध्यापुरीमै भएको हो
२५ जेष्ठ २०८१
•
३ मिनेट पाठ
चितवन आएर ओलीले भने- रामको जन्म माडीको अयोध्यापुरीमै भएको हो
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएका छन्। नेकपा (एमाले) चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्। ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो’, उनले भने, ‘शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन्।’




२०७ औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा ओलीको यो अभिव्यक्ति राष्ट्रिय बहसकै विषय बनेको थियो। चितवन आएका ओलीले विभिन्न किम्वदन्तीमा उल्लेख गरेको समेत बताए।

‘रामले अश्वमेध यज्ञका लागि छाडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समाते। फैजावादवाला अयोध्याबाट छाड्दा त दिल्लीतिर पो जान्छ त कहाँ यहाँ वाल्मीकि आश्रममा ? वाल्मीकि आश्रम त्यति छिटो त्यो घोडा आइ पनि पुग्दैन, जति समयमा यहाँ लवकुशले घोडा समातेका छन्। पश्चिमतिर गयो, पश्चिमतिरै समातियो वाल्मीकि आश्रममा। लवकुशले समाते। छिटै संवाद भयो। लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो। त्यो घोडा छोडाउनका लागि त्यहाँ खबर गर्दा उनीहरूले अलिकति तेजस्वी, ओजस्वीजस्तो कुरा गरे’, उनले भने।

उनले वाल्मीकि आश्रम, सीता अन्तध्र्यान भएको देवघाट आदि ठाउँमा यहाँका नदीनालाका नाममा यहाँको स्थान यी सबै कुरालाई अध्ययन गर्दै राम जन्मभूमि अयोध्यापुरी भएको निष्कर्ष निकालेको समेत बताए। राम र सीतालाई मिलाउनका लागि वाल्मीकिले दुवैलाई देवघाटसमेत बोलाएको बताए।

‘राम र सीतालाई मिलाउनका लागि वाल्मीकिले, सीता भएका ठाउँमा राम जान तयार नभएका र सीता आफूलाई निकालिएको घरमा गएर वार्ता गर्न तयार नभएको अवस्थामा एउटा बिचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि स्थल देवघाटलाई छानेर वाल्मीकिले म सीतालाई लिएर आउँछु, राम अयोध्याबाट देवघाटमा आऊ भने। बाँकी रामलाई देवघाटमा बोलाउने कुनै अर्थ हुँदैनथ्यो। यहींका रामलाई त्यहाँ देवघाटमा बोलाएको हो’,उनले भने। ओलीले रामको जन्म र त्यसताकाको पृष्ठभूमिका बारेमा लामो स्पष्टीकरण दिएका थिए।

‘वीरगञ्जभन्दा पश्चिम, वालम्किीबाट पूर्व,  ठोरीको आसपास, यहींनेर पर्छ, जहाँ अयोध्या भनिन्छ, जहाँ विभिन्न अयोध्या, त्रेतायुगसँग सम्बन्धित, दशरथ रामको समयसँग सम्बन्धी अनेक कुरा यहाँ उपलब्ध छन्। शास्त्रमा वर्णन गरेका कुरा विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर रामलाई शिक्षादीक्षा दिए भन्ने कुरा, त्यसले पश्चिमतिर आएर शिक्षादीक्षा दिएर, त्यो पश्चिम कता हुनुपर्छ?’ आफैं प्रश्न गर्दै ओलीले भने, ‘शास्त्रमा रामको जन्म नेपाल हो भन्ने प्रमाण प्रशस्त उल्लेख गरिएको छ।’

रामको जन्मभूमि र अयोध्याको विवाद भारतमा नौलो होइन, तर यहाँ नेपालीले रामको जन्मभूमि भारतकै उत्तर प्रदेशमा रहेको अयोध्यालाई मान्दै आएका छन्, तर आलीले माडीमा मन्दिर बनाएर लगाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याएका थिए।

यसैबिच अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठप्रति लक्षित गरेर आफूले कुनै अभिव्यक्ति नदिएको स्पष्टीकरण दिएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा अध्यक्ष ओलीलाई सञ्चारकर्मीले दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए। ओलीले शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएका बेला मन्त्री भएको भन्ने अभिव्यक्ति दिएका थिए।

उनले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ दिएका छन्।

ओलीले मेयर बालेनको टिप्पणीलाई ‘भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै’ भन्ने टिप्पणी गरेका हुन्। उनले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउनुपर्ने बताए।
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
९ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस