राजदरबार हत्याकाण्डः विधिसम्मत् अनुसन्धान किन भएन?
१९ जेष्ठ २०८१
•
५ मिनेट पाठ
राजदरबार हत्याकाण्डः विधिसम्मत् अनुसन्धान किन भएन?
१९ जेठ २०५८ अर्थात् २३ वर्षअघिको आजकै दिन १ यो दिन नेपाली राजनीतिक इतिहासमा निकै दर्दनाक दिनका रूपमा चित्रण भएको छ। आधुनिक युगमा बाक्लो सुरक्षा घेरासहित बन्द दरबारभित्र रमाइरहेका एक राष्ट्रप्रमुखको सपरिवार कत्लेआम हत्या हुन्छ।




प्रशंग तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप पार्नेगरी भएको नारायणी राजदरबार हत्याकाण्डकै हो। उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायत १० जनाको हत्या भएको थियो।  

हत्याकाण्डपछि दरबारले दोषजति आफै मारिएका युवराज दीपेन्द्रको टाउकामा थोपर्‍यो। जसलाई आजपर्यन्त न नेपाली जनता र विश्व समुदायले विश्वास गर्न सकेका छन्, न कुनै तथ्यगत गहिराइमा पुग्नेगरी अनुसन्धान नै भएको छ।

झण्डै अढाई शताब्दीको विरासत बोकेको वंश परम्परामा दाजुको वंशनास भएपछि गद्दीको विरासत सम्हाल्न आएका ज्ञानेन्द्र शाह त्यसपछि झण्डै सात वर्ष सिंहासनमा बसे। उनले यस क्रममा आफ्नै कुलको हत्यासँग जोडिएको घटनाको गहिरो अनुसन्धानमा कुनै तदारुकता देखाएनन्। जसको उपज उनैलाई हत्याकाण्डको आरोप लगाउने जमात पनि छ। सोही आरोप र लोकतन्त्रमाथि पटकपटक हमला गरेको आरोपित भएका ज्ञानेन्द्रविरुद्ध सिर्जना भएको जनआन्दोलन २०६२/०६३ले उनलाई सत्ताच्युत गरिदियो। अहिले मुलुकमा गणतन्त्र स्थापना भएको पनि १६ वर्ष पुगिसक्यो । गणतान्त्रिक सरकारहरूले पनि उक्त हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउने तदारुकता देखाएका छैनन्।

उच्चस्तरीय समितिको अधुरो अनुसन्धान

जेठ १९ को गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको राति नै वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको थियो। उनीसहित रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायत आठ जनाले राति नै ज्यान गुमाइसकेका थिए।

त्यसपछि युवराज दीपेन्द्र र धीरेन्द्र भने गम्भीर घाइते भन्दै अस्पतालमा राखियो। दीपेन्द्रलाई राजा घोषित गरियो। कतिपयले त्यसपछिको प्रतिक्रिया बुझ्न मृत्यु भइसकेका दीपेन्द्रलाई राजा बनाएको भन्ने टिकाटिप्पणी गर्दै छन्। तर, राजा बनाएको केही घण्टामै जेठ २२ गते बिहान दीपेन्द्रको पनि मृत्यु घोषणा भयो। धीरेन्द्र पनि सोहीदिन बेलुकी मृत घोषित भए।

दीपेन्द्रको मृत्यु घोषणा भइसकेपछि ज्ञानेन्द्र राजा घोषित भए। राजा घोषित भएलगत्तै उनले तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय समितिको घोषणा गरे।

समितिको सदस्यमा प्रतिनिधिसभाका तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता माधवकुमार नेपाल सदस्य बनाइयो। नेपालले उक्त समितिको सदस्यबाट नाम फिर्ता लिए। सुरुमा आफै बस्ने चाहना राखेका नेपालले पछि एकाएक राजीनामा दिएको तत्कालीन सभामुख रानाभाटले बताउने गरेका छन्।

उक्त समितिलाई घटनास्थलको अवलोकन गर्ने र घटनास्थलको तस्वीरसहितको विवरण संकलन गर्ने, घटनास्थलमा जमघटका लागि उपस्थित पारिवारिक सदस्यहरू तथा अन्य व्यक्तिहरू, राजपरिवारको सुरक्षा एवं सेवामा खटिएका व्यक्तिहरू, उपचारमा संलग्न रहेका चिकित्सकहरू एवं परिचारिकाहरू तथा समितिले आवश्यक देखेका अन्य व्यक्तिहरूबाट जानकारी लिन सक्ने र सो घटनासँग सम्बन्धित हतियार, गोली लगायतका अन्य चिज वस्तुको संकलन र जाँच गर्न सक्ने एवं घटनाका सम्बन्धमा अस्पतालबाट भएको जाँच परीक्षणको विवरण प्राप्त गर्न सक्ने अधिकार दिइएको थियो।

जसका लागि घटनाको सम्बन्धमा विशेषज्ञहरूको आवश्यक सहयोग लिन सक्ने र समितिले आफ्नो कार्य सम्पादन गर्न आवस्यक व्यक्तिहरूको सहयोग लिन सक्ने पनि अधिकार दिइएको थियो।

यो कामका लागि सुरुमा तीन दिनको समय दिइएको थियो । जसअनुसार दुई जनाको समितिले जेठ २६ गतेबाट आफ्नो काम सुरु गर्‍यो। ३ दिनमा काम नसकिएकाले तत्कालीन राजा ज्ञानेन्द्रबाट जेठ ३२ गतेसम्म समय थपियो।

सो अवधिमा काम सकेर उक्त समितिले सर्जमिन मुचुल्काजस्तो प्रतिवेदन तत्कालीन राजा ज्ञानेन्द्रलाई बुझायो। तीन भागमा बाँडिएको प्रतिवेदनको तेस्रो भागमा ‘घटनाको यथार्थ विवरण’ भनेर सर्जमिन मुचुल्का जस्तै गरी प्रत्यक्षदर्शी भनिएका व्यक्तिहरूसँग बयान पनि समावेश गरिएको छ। बयानमा समेटिएका व्यक्तिहरूले नशामा रहेका युवराज दीपेन्द्रले गोलि चलाएर घटना घटाएको भनेका छन्।

ज्ञानेन्द्रले प्रतिवेदन बुझेर तत्कालै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाए। त्यसपछि उक्त घटनाबारे थप कुनै अनुसन्धान भएन।

उक्त समितिका सदस्य रहेका तत्कालीन सभामुख रानाभाटले पछिल्ला केही अन्तर्वार्तामा समितिलाई प्रदान गरिएको अधिकार अनुसारको काम मात्रै भएको बताएका छन्।

‘सत्यतथ्य के हो कानुन प्रयोग गर्न पाइयो भने पो निस्कन्छ, हामीलाई कानुन प्रयोग गर्ने अधिकार थिएन, हामीलाई दिइएको कार्यादेशमा कानुन प्रयोग गरेर छिनोफानो गर्ने अधिकार थिएन, फेरि त्यो पनि निर्णय हुनुपथ्र्यो,’ एक अन्तर्वार्तामा उनले भनेका छन्,‘हामीले कानुनको प्रयोग गर्नै पाएनौं, त्यतिबेलाको संवेदनशील स्थितिमा सरकारले पनि आफू फुत्कने, आफु कर्तव्यच्युत भएको हो भन्ने नपार्न मात्र समिति बनाएजस्तो लाग्छ मलाई त।’

सरकारले उक्त घटनाको अनुसन्धान गर्न प्रहरीलाई किन रोकेको भन्ने प्रश्न अहिले पनि जीवित रहेको रानाभाटले त्यो अन्तर्वार्तामा भनेका छन्। ‘सरकारले हामीलाई काम गर्न जुन ढंगले कार्यादेश दियो त्यसरी नै कानुन कार्यान्वयन गर्न पनि प्रहरीलाई तुरुन्त लगाइदिएको भए सिद्धिन्थ्यो,’ उनले अगाडि भनेका छन्,‘पुलिसलाई किन रोकेको, त्यत्रो दुर्घटना भयो, हत्याकाण्ड भयो त्यो काण्डमा राज्यको कानुन किन प्रभावित भएन? सरकार किन अन्देखा भयो, तीन जनाको आयोग बनाएर घटनास्थलको प्रकृति विवरण र त्यहाँ देखिजान्नेहरूले के भन्छन् त्यो बुझ किन भनेको? सँगसँगै कानुन प्रयोग गर्नु पर्थ्याे नि, सरकारले किन गरेन, अझै पनि सरकारले गरे हुन्छ।’
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२८ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस