विकासमा राजनीति गर्नु हुँदैनः उपप्रधानमन्त्री महासेठ
२९ वैशाख २०८१
•
१ मिनेट पाठ
विकासमा राजनीति गर्नु हुँदैनः उपप्रधानमन्त्री महासेठ
फाइल।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्।




शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा भने विकास निर्माणमा लाग्नुपर्ने बताएका हुन्।

उनले संघ प्रदेश र स्थानीय तहको निर्वाचन ताका राजनीति गरेर अन्य समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गरे।

उनले भने, ‘यहाँ एउटै विचारका साथीहरु हुनुहुन्न। विभिन्न विचारका साथीहरु हुनुहुन्छ। विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ। राजनीति हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ। संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय तहको निर्वाचनको बेलामा ४ महिना। बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ। हामीले काम गर्दा हुन्छ। पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन।’

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भुमिका महत्वपूर्ण हुने र नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे।

‘हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर जब हामी सोच्दैनौँ, देश अघि बढाउन सक्दैनौँ। हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ। दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु। कामको गति बढाउँदैछौँ। विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ।’

उनले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे। पार्टीका नेताहरुलाई गाली गरेर मात्रै आत्मसन्तुष्टि लिनु भन्दा साँच्चिकै विकास भएको छ की छैन ? भन्ने बारेमा सत्य जानकारी प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियाे।
अर्को समाचार
यातायातमन्त्री महासेठमाथि सांसदहरुको कटाक्षः तपाईं देशको मन्त्री कि धनुषा र झापाको ?
०५ असार २०८१
•
४ मिनेट पाठ
यातायातमन्त्री महासेठमाथि सांसदहरुको कटाक्षः तपाईं देशको मन्त्री कि धनुषा र झापाको ?
प्रतिनिधि सभाको मंगलबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित शीर्षकमाथि छलफल भयो। छलफलमा सहभागी सांसदहरुले मन्त्रालयको बजेटमाथि तीव्र असन्तुष्टि जनाएका छन्।




बजेटको ठूलो अंश आफ्नै निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित गरेको भन्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठविरुद्ध सांसदहरु उत्रिए।

नेकपा (एमाले) कै सांसद रघुजी पन्तले भौतिक योजना मन्त्रालयबारे धेरै टिप्पणी गर्न नचाहेको बताउँदै मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै नभएर ऊ सिंगो देशको हुने बताए।

‘म भौतिक योजना मन्त्रालयबारे धेरै टिप्पणी गर्न चाहान्नँ, सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले धेरै कुरा भनि नै सक्नुभएको छ,’ पन्तले भने, ‘म एउटै मात्र कुरा भन्न चाहन्छु, मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै हुँदैन, ऊ सिंगो देशको हुन्छ।’

त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्याते।

प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्। उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए।
पुस्तिका च्यातेर हु¥याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहु¥याउने उनको भनाइ थियो।

‘जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा प¥यो, त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर हुत्याउने मन छ,  तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर जहाँ हुत्याउनु पर्ने त्यहाँ चाहिँ मैले नहु¥याएर यहाँ राख्छु,’ लिङ्देनले भने, ‘यो मेरो मात्रै मनको कुरा होइन। यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चारवटा निर्वाचन क्षेत्र बाहेकका सबै प्रतिनिधि सभा सदस्यहरूको मनको कुरा हो यो।’

त्यसो त लिङदेनले बजेट पुस्तिका च्यातेको विषयमा नेपाली कांग्रेसकी एक सांसद्ले पनि समर्थन जनाइन्। कांग्रेसकी सांसद चन्दा चौधरीले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेको विषयमा समर्थन जनाएकी हुन्।

‘पीडा छ। यो चाहीँ नगरौँ। संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो ? यो राम्रो होइन,’ सांसद चौधरीले भनिन्, ‘तर उहाँको पीडा छ च्यात्नुहुन्छ। च्यातेकोमा म समर्थन गर्छु, किनभने यो च्यात्नुपर्छ। तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’

मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्री बनेको हो ? भन्ने उनको प्रश्न थियो। ‘के यसले देशको विकास हुन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो? भनी प्रश्न गरे। उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएकोमा कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्नसक्ने चेतावनी दिए। उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको बताए।
उनले भने, ‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो? म आज सभामुखलाई भन्न चाहान्छु, यो भाषा कर्णालीको हो। यो भाषा संसदमा नबोल्नुस्। संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईहरुले आफ्नो भाषा निर्माण गर्नुस्।’

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि बजेटमा साङ्केतिक असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा चलिरहेको बजेटमाथिको छलफलमा प्रमुख सचेतक सन्तोष परियारले अप्रत्यक्षरूपमा असन्तुष्टि जनाएका हुन्।

‘अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ,’ प्रमुख सचेतक परियारले भने, ‘एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त। कानुन तर्जुमा गर्न सकिन्छ होला नि त।’

त्यसो त जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेका छन्।

सांसद खाणले सो मन्त्रालयको बजेट नेतामुखि भएकाले पनि त्यसलाई पुनर्लेखन गरेर अघि बढाउन उपयुक्त हुने सुझाव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दिए।

उनले भने, ‘भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखि भएको देखिन्छ। केही क्षेत्र र केही जिल्लाहरुमा सीमित देखिन्छ। तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी। यसरी भएन। राष्ट्रिय योजना आयोगको अदुरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भईराखेको छैन।’
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस